s Namaste Surkhet- Redefining People and Places

Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

छाला तथा अनुहारलाई राम्रो बनाउने घरेलु तरिका

प्रत्येक मानिस सुन्दर हुन चाहन्छ । किनभने मानिस कसैसंग भेट गरिसके पछि आफ्ना साथीसंगी संग पहिलो पटक भेटको सुन्दर अनुहारको बयान गर्न थाल्दछ । त्यसैले प्रत्येक मानिस सुन्दर हुन चाहन्छ । यहाँ हामीले तपाईका लागि सरल घरेलु तरिकाले आफ्नो छाला तथा अनुहारलाई कसरी सुन्दर र सफा बनाउने तरिकाहरु दिएका छौ ।


१– अनुहारको छालालाई सफा र स्वच्छका लागि दैनिकरुपमा क्लिजिङ्ग विहान बेलुका गर्नुपर्छ भने टोनिक मोस्टराइजिङ्गको पनि आवाश्यक हुन्छ भने छाला अनुसार घरमा बसेर पनि घरेलु फेश प्याक बनाएर हप्तामा २ देखी ३ दिन सम्म लगाउन सकिन्छ । महिनामा एक पटक १ पटक स्क्रिन, व्लिच,  फेशिलयल र स्क्रब गरेमा राम्रो हुन्छ ।

झुरीया हटाउन फेशियल माक्सका लाग घरेलु प्रविधी
क– चार वटा अण्डाको सेतो भाग
ख– आठग्राम बदामको तेल
ग– २५ मिलिलिटर गुलाब जल
घ– १२ ग्राम फिटकिरी पाउडर

बनाउने तरिका
अण्डाको सेतो भागलाइ एउटा सिसाको भाँडामा गुलाब जल मिसाइ फिट्ने यो प्रक्रिया कडा नहुन्जेल सम्म गर्ने त्यस पछि आधा घण्टा सम्स उमाल्ने र बदामको तेल र फिटकिरी पाउडर मिक्स गरेर एउटा सिसीमा भरेर राख्ने र आवश्यकता अनुसार अनुहारमा लगाउने यसरी झुरीयाबाट मुक्त भईन्छ ।

२– त्यसैगरी हामीहरुको घरमा रहेको भेजीटेवलहरुबाट पनि अनुहारलाई सफा राख्ने विभिन्न चिजहरु बनाउन सकिन्छ ।

क– मुला
यसमा व्लिचिङ्गको गुण हुन्छ । त्यसका लागि पहिला मुलालाई कुट्ने र सुन्तलाको रसमा मिक्स गरेर पेष्ट बनाउने । यसपछि यसलाई अनुहारमा लेप लगाउने करिब २० मिनेट पछि यो सुके पछि साधा चिसो पानीले अनुहार पखाल्ने यसो गर्दा अनुहारमा भएको चाँया पोतो हटाउन मद्दत गर्दछ ।

ख– दहि
दहिलाई हामीले फेशियल माक्सको रुपमा प्रयोग गर्न सक्छौ । त्यसका लागि दहीलाई फेटेर पुरै अनुहार भरि लगाउने र करिब २० मिनेट सम्म सुक्न दिने र मन तातो पानीले पखाल्ने यसो गर्दा छाला नरम र स्वस्थ हुन्छ ।

ग– आलु
काँचो आलु पनि अनुहारको सुन्दरताको लागि उतिउपयोगी हुन्छ । त्यसका लागि काँचो आलुलाई गोलो चक्का बनाई काट्ने र आँखामा राख्ने यसो गरेमा आँखाको कालो जान मद्दत गर्छ ।
आलुमा धेरै माड भएको कारणले यस्मा छाला तन्काउन गुण हुन्छ । काँचो आलुको रसलाई छालामा लगाउने र सुके पछि पखाल्ने यसो गर्दा स्किन टोनरको काम पनि गर्छ । त्यसै गरि काँचो आलुलाई मसिनो गरेर पिस्ने र दुध, कागती र मुल्तानी माटो मिसाई क्लिजिङ्ग माक्स बनाउन सकिन्छ ।

घ– केरा
केरालाई मसिनो गरि मिचेर त्यसमा २,४ थोपा कागतीको रस राखेर लेप बनाउने र त्यसलाई प्याकको रुपमा प्रयोग गरेमा अनुहारको तिलकोठी हराउनुको साथै अनुहार चम्किलो बनाई दिन्छ ।

ङ– अंगुर र काँक्रो
अंगुर काँक्रोको रसलाई मिसाएर नियमित रुपमा लेप लगाएमा अनुहारको छाला गोरो र चमकदार हुन्छ ।

च– ओखर
ओखरलाई दुधमा पिसेर अनुहारमा फेस प्याकको रुपमा लगाउदा अनुहारको दाग जानुको साथै चम्किलो पनि देखिन्छ र ओखरको पातले दाँत माझेमा दाँत चम्किलो हुन्छ । केशमा कण्डिसनको काम गर्नुका साथै केशको चाँया पनि हराउदै जान्छ ।
घरैमा बसेर क्लिजिङ्ग गर्ने तरिका
काँचो दुधमा १ चिम्टी नुन राखेर अनुहारमा लगाउने र हातले हल्का रिङ्ग रिङ्ग गरि २ देखि ४ मिनेट सम्म मसाज गर्ने र चिसो पानीले धुने । यसरी पनि क्लिजिङ्ग गर्न सकिन्छ ।

 

pramiनामः प्रमी खड्का (शाक्य)
बुवाः जीवनकुमार शाक्य
आमाः रमादेवी शाक्य
पेशाः ब्यूटी पार्लर
जन्मः ५ भाद्र २०३६ बाँके
ठेगानाः वीरेन्द्रनगर–५ सुर्खेत
अनुभवः २०५८ सालमा बुटवलमा ६ महिने ब्यूटीसिएन तालिम पश्चात सोही सालमै सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजार स्थित मोन्टी ब्यूटी पार्लर संचालन गरेको । हाल सम्म करिब ५ दर्जनलाई ब्यूटीसिएन तालिम दिई सकेको ।