Welcome To Surkhet Valley
Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.
Surkhet, young and dynamic state is moving
Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".
Kanti Adhikari

मध्यपश्चिम धार्मिक ऐतिहासिक, साँस्कृतिक र पर्यटकिय दृष्टीले सम्पन्न छ । विविधतामा एकता यहाँको महत्वपूर्ण संस्कार मान्न सकिन्छ । तराई, पहाड र हिमाल तिनै वटा क्षेत्रले छुनु यहाँको अर्को महत्वपूर्ण पक्ष हो । हिमालका भोटे वा तराईका थारु, हिमालका बौद्ध धर्मालम्वी तराई पहाडका हिन्दु, मुस्लिम क्रिश्चियन र शिख यहाँको धार्मिक एकताको नमुना सहिष्णु एवं सभ्य समाजको परिचय हो । विगत लामो समय देखी मध्यपश्चिम क्षेत्र राजनीतिको उपेक्षाको शिकार बनेको छ । फलतः यो विविधता सम्पन्नतालाई चिन्नेरहरुमा कमी छ । शिक्षा, स्वास्थ, रोजगारी, खानेपानी लगाएतका विकास निर्माण हुन नसक्नु यसका लागि राज्य उदासिन देखिनु निश्चित पनि राम्रो पक्ष होइन । कर्णाली सर्वाधिक विकट क्षेत्र हो । कर्णाली पिछडीएका, अशिक्षित, रोगी, वेरोजगारी, आभावै आभावमा जिवन चलाउनेहरुको क्षेत्र हो । कर्णाली, सर्वाधिक भु–विकटता/ट्रयाक खोलिएको बाटो बाहेक सडकले राम्ररी फेरा नहालेको क्षेत
रारा, कर्णाली, भेरी, जलस्रोतको अपार धनी जीवन बुटीका कुरा त उल्लेख गर्न बाँकी छ । जुनकुरा अन्यक्षेत्रमा छैन त्यो चिज कर्णालीमा छ । तर दुर्भाग्य यस क्षेत्रको विकासकालागी कसैले चासो दिएको छैन् । बरु यसको स्वरुपमा विगार्नमा प्रयन्न भएका छन् । मध्यपश्चिमको इज्जत साच्चैनै सुर्खेतले बचाई दिनुपर्ने परिस्थिती छ । सुर्खेत मध्यपश्चिमको सदरमुकाम हो । सबैलाई जानकारी छ । सुर्खेतमा ऐतिहासिक तथ पर्यटकिय स्थलहरुपनि छन् । जसलाई सुनेर यो क्षेत्रमा पाइला टेक्नेहरुको संख्यामा पनि कमी छैन् । उपत्यका सानो हुनु, विच केन्द्रको अग्लो ठाँउमा काँक्रेविहार भग्नावशेषश, शिव मन्दिर हुनु । बुलबुले ताल, घण्टाघर अनी प्रवेशद्वारमै देउती बज्यै मन्दिर हुन । मनोरम दृष्यले लोभ्याउने सुर्खेतको गतिलो शक्ती बनेको छ । उपत्यका बाहिरका पर्यटकिय स्थलका प्रसंगलाई कोट्याउनै गाह्रो छ । उपत्यकाका कुरा लेखेरै सकिदैन । यो स्थान धार्मिक पर्यटकिय दृष्यले जती महत्वपूर्ण छ शैक्षिक दृष्टकोणले उत्तिकै महत्वपूर्ण छ ।
मध्यपश्चिममा शिक्षाको ज्योती फैलाउन ठूलो भुमिका निभाउने स्वामी चेतानन्दको नारायण मन्दिर लाटीकोईलीको बसाईले इतिहास साक्षी बनाएको छ । यो जिल्ला विभिन्न स्थानबाट उच्चशिक्षा हासिल गर्न आउने स्थान बनेको छ । अझ मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना हुने निर्णयले शिक्षाक्षेत्रको केन्द्र मात्र होइन अनुसन्धान केन्द्रपनि बन्दैछ । मैले मध्यपश्चिमलाई जोडेर सुर्खेतका बारेमा केही लेखे । तर दुर्भाग्यको कुरा हामीमा सुर्खेतका लागि वा यो क्षेत्रका लागि केही गर्ने नयाँ सोच छैन् । भए पनि गर्ने जोश जागर छैन् । भनै पर्छ सकारात्मक सोचको आभाव छ । बुलबुले ताल महत्वपूर्ण पर्यटकिय र अनुसन्धान केन्द्र बन्न सक्छ । काँक्रेविहार इतिहासको अभिलेख हो । मानव इतिहासलाई साक्षी राख्ने स्थान हो । देउती बज्यै मात्र होइन यहाका गुम्वा देखि चर्च सम्म धार्मिक बोधको पहिचान हुन् । घण्टघर समयको
सूचकमात्र होइन यसको अर्कै महत्वपूर्ण पक्ष हो । यस्ता हाम्रा सम्पतिको संरक्षण र पुननिर्माण हुन सकिरहेको छैन् । काँक्रेविहारको पुननिर्माण हुन नसक्नु समग्र मध्यपश्चिमलाई क्षतिहुन हो । बुलबुले ताललाई उचित व्यवस्थापन गरी संचालन गर्न नसक्नु भएको स्वरुपलाई विर्गानु हो । हामीले जानेर पनि बुझ पचाएका छौ । सुर्खेतको वीरेन्द्रनगर सानो उपत्यका हो । उपत्यकाको जमिन उर्वर छ । उत्पादन राम्रो हुन्छ । आजभोली शहरीकरण बढी रहेको छ । त्योपनि खेत तीर अर्थात उब्जनी क्षेत्र तीर । हरेकदिन उत्पादनशिल जमिनमा घर बन्न थाले भने एकदिन उपत्यकामा घरैघर हुनेछन् । खाद्य वस्तु उत्पादनमा कमी हुनेछ । यतिवेला हाम्रोपुस्ताले सोचेन भने पछिल्लो पुस्ताले हामीलाई सराप्ने छ । मैले यहाँ उठाउन खोजेको कुरा बजार व्यवस्थापन पनि हो । समयमानै बजार व्यवस्थापनको कुनै पहल नगर्ने हो भने त्यो दुखको दिन आउने छ । सबै घर मात्रै हुने हुन् भने खानेकुराको अभावले पगरी बाध्ने छ । हरेक कुराको धनी क्षेत्र हुदाँ हुदै हामीले आफ्नै
लागि केही गर्न सकिरहेको छैनौ । युवामा यो कुराको बोध हुन जरुरी छ । स्वच्छ, सफा राख्नु, इतिहास बचाउनु, धार्मिकस्थलको संरक्षण गर्नु आर्थिक दृष्टीले सम्पन्न हुनलाई मात्र होइन मानव जीवनयापन सहिसुष्ण रहनु र पर्यावरणीय रुप सफा रही आफु इकोसिष्टम अनुरुप बाच्नकालागि पनि यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने वेला भएको छ । सरकारी निकायको मुख ताकेर वस्नु भनेको यस्ता स्थललाई कुरुप बनाउनु र समयलाई बर्वाद बनाउनु हो । अर्काले गरिदेला भन्नु मुर्खता मात्र हो । त्यसैले भ्रमण गर्न बाहिर जानु भन्दा आफ्नै भ्रमण स्थलको उचित मर्मत सम्भार गरि अरुलाई भ्रमण गर्न भित्र्याउनु यो क्षेत्रको विकासका लागि टेवा पुर्याउने माध्यम बन्न सक्छ । समयमै नयाँ पिढीको ध्यान पुगोस ।
Written By: सुशील शर्मा