Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

दुर्व्यसनलाई समाजबाटै टाढा राख्नौं

सुर्खेतमा दुर्व्यसनीको लतमा फस्नेहरुको संख्या दिनानुदिन बढी रहेको छ । दिन प्रतिदिन यसमा प्रत्यक्ष र अप्रत्यक्ष धेरै मानिसहरु संलग्न हुने गरेका छन् । यसका लागि सुर्खेतबासी नै सजग भई आजै देखी सोच्नु पर्‍यो कि । ''यस्ता कुराहरु नराम्रा हुन् । यिनी कुराहरुले नराम्रो नतिजा ल्याउने छन् । अनि ल्याई रहेका छन् । यसलाई हामीले समाज देखी नै विकर्षित गर्नुपर्ने छ । यसले हाम्रो गाउँठाउँलाई मात्र नभएर सिंगो समाज अनि राष्ट्रलाई नराम्रो दलदलमा फसाउने छ ।" त्यसैले आजै देखी बुझौं कि यस विषयमा अरु भन्दा पनि हामी सुर्खेतबासी नै जिम्मेवारी बन्नुपर्ने देखिन्छ । सुर्खेतमा विशेष गरि दुर्व्यसनमा प्रत्यक्ष असर पारेको युवा पिढी नै हो ।

  सुर्खेतमा यसका कारणहरु त धेरै नै छन् । त्यसमा पनि जस्तैः वेरोजगारी, पछौटेपन, प्रेमपिडा, देखासिखी संगत आदी यसमा अझ विशेषत बेरोजगारी नै अगाडी छ । जागिर छैन कमाई पनी छैन् । धेरै लगानी गरि, ऋण गरि पढ्यो । भने जस्तो काम पाईएन, त्यहि पढेको ऋण पनि तिर्न सकिन्न । अनि यसको एउटा उपचार बनेको छ ''दुर्व्यसन" । न त आफ्नो घरमा आम्दानीको श्रोत छ नत आङ्खनो । नत सरकारले ध्यान दिन्छ न अरु कसैले नै । यसैगरी हाम्रो समाजमा प्रेमपिडा पनि एक मुख्य कारणको रुपमा गनिएको छ । उमेरको बृद्धी अनि मानसिक बृद्धि संगै युवाहरु अथवा हामीहरु आफ्नो मनमिल्ने साथी वा विपरित लिङ्गी संग प्रेम गर्न चाहन्छौं । अनि यसैक्रममा प्रेममा फसिन्छ । कुनै न कुनै दिन त्यस प्रेममा वादल लाग्यो भने वा चोखो प्रेम नै भएपनि धोका भएमा अनि साथी वन्छ यहि दुर्व्यसन अनि वितेका पलहरु याद आउँदा भुलाउनलाई आज चुरोट भोली जाड रक्सी, पर्सी गाजा, भाङ अनि विभिन्न थरिका लागु औषधहरु प्रयोग गर्ने गर्छन वा गछौं । अनि यसै गरी समाज नै जेलियो यसै दुर्व्यसनले हाम्रो गाउँठाउँमा के पनि छ भने कुने काम गरियो समाजलाई नपच्ने । कुनै नयाँ काम गर्दा काम पूरा होला जस्तो भएन 'आ'सकिन्न भनि त्यसकामबाट पन्छिने यसले पनि दुर्व्यसन निम्त्याउने गर्छ । कसैकसैको के बानी छ भने देखासिखी गर्ने । कसैले चुरोट पियो,जाड खायो हल्लियो सान देखायो । अनि हामी पनि के कम चुरोट खान्छौं सान देखाउछौं तर यसो होइन, नराम्रो काममा किन सान अनि देखासिखी गर्ने राम्रो कामका लागी देखासिखी गर्नु पर्‍यो । जस्तै उ फस्ट भयो म पनि के म फस्ट हुन्छु । उसले प्रगति गर्‍यो म पनि गर्छु । त्यसैले देखासिखी गर्नुस तर राम्रो काममा मात्र । अर्को एउटा मुख्य कारण के छ भने संगतः कुनै मान्छे जंडिया छ उसको साथी पनि उस्तै हुन्छ । कुनै मान्छे पढ्नमा अलिक जान्ने छ उसको साथी पनि जान्ने नै हुन्छ । त्यसैले संगत ले पनि धेरै असर गर्छ । दुर्व्यसनलाई त्यसकारण ''संगत राम्रो मान्छेसित गरौ दुर्व्यसन र दुर्व्यसनी सित हैन् । 

  यही बढ्दो दुर्व्यसनिलाई रोक्न विगत केही वर्षेदेखी सुर्खेतको भैरवस्थानमा केही युवाहरुको पहलमा सुधार गृह सञ्चालन पनि गरिएको छ । वीरेन्द्रनगरका केही आर्थिक हैसियत बढी भएका (विदेशमा कमाइ गर्नेहरु) का छोराछोरीहरुले निम्त्याएको यो दुर्व्यसनिको कारण उनिहरुकै तलमा लाग्ने अन्य सामान्य युवा युवतिहरु पनि अहिले यसको शिकार बनिरहेका छन् । खासगरी राजधानीका महंगा बोर्डिङ्ग, कलेजमा पढ्ने केटाकेटीहरुको माध्यमले समेत भित्रिएको यो दुर्व्यसनिले सुर्खेतका धेरै युवायुवतीहरु नजानिदो रुपमा कुलतमा फस्नु हामी सबैका लागि लाजमर्दो कुरा हो । आफ्ना केटाकेटीहरुको दिनचर्या कसरी बित्दै छ र उ कहाँ जान्छ ? के गर्छ ? कस्को संगतमा छ । भन्ने कुरामा अभिभावक तथा बाबुआमाले पटक्कै ध्यान नदिँदा केटाकेटीहरु यसरी छाडा भएका हुन् तर पनि अझै पनि ती आमाबुवाहरुलाई पटक्कै पछुतो भएको कुरा चाँही दुर्व्यसनिका बाबुआमाबाट कही कतै आउने गरेको छैन् त्यसैले पनि यो संख्यामा वृद्धि हुँदै गइरहेको हो । दुर्व्यसनमा फस्नु केही मात्रामा बेरोजगारीको पनि हात रहेको छ । बेरोजगारहरुको जमात र उनीहरुको मानसिकताको उपज अरु केही नभएर चरेस, गाँजा, ब्राउनसुगर, लागूपदार्थ औषधी, इन्जेक्सन बन्न पुग्दा युवायुवतीहरु यो कुलतमा फसेको देखिन्छ । दुर्व्यसनमा पस्न सजिलो छ तर उम्कन र निस्कन साहै गाह्रो छ । त्यसैले भनिन्छ नि ''रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी मानिन्छ ।" त्यसैले हामी आजै देखी सचेत हुनुपर्छ । यो दुर्व्यसन  भन्ने शब्द नै शब्दकोषबाट हटाउनुपर्छ ।

  दुर्व्यसनले हामिलाई प्रत्यक्ष होस या अप्रत्यक्ष दुवै रुपमा धेरै नै असर पारेको छ । साना साना वालकहरु देखी लिएर ठुला बडा बुढापाका सबैलाई असर गरेको छ । दुर्व्यसनले धनि गरिव भन्दैन । ठुला साना भन्दैन सवैलाई सबै ठाउमा उत्तिकै असर गरेको छ । यसले समाजमा विभिन्न प्राणघातक रोगहरु निम्त्याउछ । झैझगडा, कलह, मनमुटाव, दोषारोपण आदि सबै यसैले निम्त्याउने गर्छ । अझ यसले त झन दुर्व्यवहारको विउको रुपमा काम गरेको छ । यसले हामीलाई मात्र होइन, हाम्रा भावि पूस्ताहरुलाई पनि अध्यारो वाटो, अप्ठयारो बाटो देखाउने छ ।       त्यसैले सबै सजग हुन अति आवश्यक छ । यसमा हामी सबै यूवाहरु मिलेर एकजुट भई अगाडी बढ्नुपर्छ । त्यसमा सवैले जोस जाँगरका साथ लाग्नु पर्छ सवैले होस्टेमा हैसे गर्नु पर्छ । गरेपछि के हुन्छ र हैन साथी हो । त्यसैले यसमा जोस जागर थप्ने धेरै संघ संस्थाहरु छन् । त्यसमा तपाईहरुले सहयोग गर्न सक्नुहुन्छ । कुलतमा लागेकाहरुलाई सुधार गृहमा राखेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन देशका विभिन्न ठाउँमा सुधार गृह राखेर युवायुवतीहरुलाई कुलतबाट छुटकारा दिलाउन धेरै प्रयत्न गरिएका छन् र यसले केही सकारात्मक परिणाम पनि दिएको छ । सुर्खेतमा चारजना व्यक्तिबाट सञ्चालन गरिएको सुधार गृहमा अहिले १८ जनाको संख्यामा सुधार गृहमा रहेका र ९० जनाले उपचार लिएर गएको सुधार गृहको रेकर्डले जनाउँछ । त्यसरी उपचार गराएर गएकाहरु सुधार गृहले राखेको लक्ष्य अनुसार पूर्णरुपमा सामान्य नागरिकको जीवन विताउँदैछन् कि पुन उही अवस्थामा फर्केका छन् । त्यतातिर पनि बेलाबेलामा अनुगमन गरी सुधार गृहको प्रयत्न कस्तो भयो भन्ने कुराको जानकारी राखेर सुधार गृहमा नयाँ आउने दुर्व्यसनिहरुलाई कुलतबाट छुटाउन अझ के कस्ता कार्यक्रमहरु ल्याउनुपर्छ भन्ने कुराको पहिचान गर्न सके अनाहकमा आफ्नो जीवन नष्ट गरेर हिड्नेहरुलाई पनि सही बाटोमा डोर्‍याउन सकिन्थ्यो । त्यसैले दुर्व्यसनीहरुको जीवन सुधार्ने लक्ष्यमा लागेका व्यक्तिहरुबाट सुधार गृहमा बसेर फर्के पछि पुनः कुलतमा फस्न नसक्ने बनाउन सके सबैभन्दा महत्वपूर्ण उपलब्धि पनि त्यही हुनेछ ।

     अवको चुनौती भनेको कुलतमै फस्न नपाउने वातावरणको सिर्जना केटाकेटीका आमाबाबु र अभिभावकले गर्नसके सबैभन्दा ठूलो उपलब्धि त्यही ठहर्न सक्दछ । अभिभावकहरुले धेरै पैसा खर्चेर महँगा स्कूलमा पढाएर ढुक्क भएर बस्न हुदैन । त्यो पैसा कहाँ उपयोग भएको छ भनि मुल्याकंन गरि जिम्मेवार हुन आवश्यक छ । त्यसैले हरेक अभिभावकले आफ्नो छोराछोरी कस्को संगतमा छन्, के गर्छन, के खान्छन् यी सबैकुराको हेक्का राखी उनीहरुलाई कुलतमा लाग्ने अवसरै नदिने हो भने आगामी दिनमा यो समस्या बढ्न सक्ने सम्भावना रहन सक्दैन । त्यसैले सबैले यस विषयमा गम्भिरतापूर्वक सोच्न जरुरी छ ।

Written By: अम्मर जि.सी. सुर्खेत