Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

बागीना समुह बाजा गीत नाट्य

बागीना समुह मध्यपश्चिमााचल क्षेत्रको सन्दर्भमा कला क्षेत्रको पर्यायवाची नाम । कला र साहित्य बिनाको मानिस पशु सरह हुन्छ भन्ने पुर्विय दर्शनको युक्तिलाई आत्मसाथ गर्दै यस क्षेत्रको समग्र कला र साहित्यको उत्थानमा लागि परेको बागीना समुहसंग सायद विरलै मात्र अपरिचीत होलान् । कुनै पनि समाजको सभ्यताको परिचय त्यहांको कला र संस्कृति नै हो । यस मानेमा पनि मध्यपश्चिम क्षेत्रको कलालाई राष्ट्रिय स्तरमै परिचीत बनाउन लागि परेको समग्र कलाकारको साझा माच बागीना समुह । वि।सं। २०५२ सालमा समग्र कला क्षेत्रको उत्थान गर्ने उद्देश्य बोकी स्थापना भयो । बागीना समुह जसले बाध्य गित तथा नाट्य गरी कलाका यी पाटाहरुलाई समेट्न प्रयासरत रह्यो । स्थापना कालमा योगदान दिने कलाकारहरुमा गणेश गौतम गंगा के।सी। प्रेमदेव गिरी राम के।सी। खेम कार्की कृष्ण प्रसाद देवकोटा कुलमान नेपाली ज्ञान बहादुर नेपाली ललित िसंजाली लगायतका थिए ।

bagina1बागीनाले खोपीराम लम्सालद्धारा लिखित मातृभुमीको ब्यथा नामक नाटकबाट आफ्नो यात्रा शुरु गर्यो । जुन नाटक जि।वि।स।sाे हलमा टिकट सो गरिएको थियो र कलाकारहरुमा प्रेमदेव गिरी गणेश गौतम ललित िसंजाली ज्योति सारु केशव ढकाल खम्बराज गिरी ज्ञान बहादुर नेपाली मीना आले धर्मराज वि।s। लगायत रहेका थिए ।

त्यस समयमा कलाकारहरु पेशागत रुपमा यस क्षेत्रमा नलागेका र आफ्नो कला प्रस्फुटित गर्न नपाएकालाई पनि एउटा अवसर दिलायो बागीना समुहले । नाच्न गाउन नाटक खेल्न भने पछि राम्रो दृष्टिकोणले हेरिदैनथ्यो । घरका तन्ना ल्याएर स्टेज सजाउने मन्दिरका बाजा तबला हार्मोनियम खोजी खोजी ल्याएर कार्यक्रम गर्ने गर्दथे । धेरै संघर्ष पश्चात् बागीनाले आफ्नो एउटा छुट्टै छवि कायम गर्न सफल भएको छ ।

वि।सं। २०५३ सालको प्रजातन्त्र दिवसको अवसर पारी जि।वि।स।sाे सहयोगमा बागीना महोत्सव गर्यो । जुन कार्यक्रममा विभिन्न मनोराजनका कृयाकलापहरु प्रस्तुत भए र अति सफल पनि भयो । यस कार्यक्रमले गर्दा खुला माच स्थायी माचको रुपमा स्थापीत भयो ।

bagina2२०५९ साल माघ १९ गते शहिद दिवसको दिन नेपालमै पहिलो पटक राउटे जातिको प्ले कार्ड सहितको र् याली निकाल्नमा बागीना समुहले योगदान दियो । राउटेहरुले बैशाली नाच माचमा प्रस्तुत पनि गरे जस वापत उनीहरुलाई खसी चामल तथा नगद उपहार दिइएको थियो ।

महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा आडम्बरी तथा विकृति विसंगति विरुद्ध तीज सद्भावना मेला गर्दै आइरहेको छ । जसका लागि वीरेन्द्रनगरका व्यापारीहरुले बस्तु तथा सेवा उपहार स्वरुप प्रदान गर्ने गर्दछन् । त्यस्तै गरि लोप हुन थालेको लाखे नाचलाई जोगाउन बागीनाले ठुलै लगानी गरेको छ ।

क्षेत्रिय स्तर सरह केन्द्रिय स्तरमा पनि बागीना एकदमै प्रचलित छ । सर्व प्रथम केन्द्रमा सम्बन्ध स्थापना गराइदिने व्यक्ति बन्धु पन्त सन्तोष पन्तका पिता हुन्। केन्द्रिय स्तरमा पहिलो पटक १४ अंचल व्यापी राष्ट्रिय प्रतियोगितामा सहभागी भयो र गायन नृत्य तथा बाधनमा उत्कृष्ट पनि भयो । जसका कारण सुर्खेती कलाकारहरु गोपाल बस्नेत प्रेमदेव गिरी र टेकराज भारतीले राष्ट्रिय नाच घरमा जागिर पनि पाए । यी तीन जना महान् कलाकार नै थिए जसले नेपालमा िसंगारु र झ्याउरे नाचलाई परिचित बनाए ।

बागीनाबाट उत्पादित कलाकारहरु राष्ट्रिय तथा अन्त राष्ट्रिय स्तरमा स्थापित भइसकेको छन् । कलाकारहरु आफ्नो सफल जीवन बिताइरहेका छन् ।

स्थपना देखि हालसम्मको अध्यक्षहरुbagina3

  • ललित िसंजाली २०५२
  • गणेश गौतम २०५२ देखि २०५८ सम्म
  • कुलमान नेपाली २०५९ देखि २०६१ सम्म
  • गंगा के।सी। २०६१ देखि २०६३
  • गोबिन्द कोइराला २०६४ देखि हालसम्म
  • बागीनाको आफ्नै नाममा वीरेन्द्रनगर ७ सुर्खेत इत्राममा २ कठ्ठा जग्गा रहेको छ ।

भावी योजना

  • बागीना बहुउद्देश्यीय सहकारी संस्था स्थापना भईसकेको
  • कलाकारहरुलाई उचयाभककष्यलबि बनाउन विविध गतिविधीहरु भइरहेको
  • उमेर छउाजेलको लागि बसि बियांलो रमित मात्र भन्ने सोचलाई परिवर्तन गराउन प्रयास
  • प्रस्तावित कला क्याम्पसका लागि छलफल भइरहेको
  • त्रिभुवन विश्व विद्यालय सुर्खेतमा पुरा रुपमा आउने भएमा त्यहि संलग्न गरी यो क्षेत्रलाई अघि बढाउने
  • स्थानीय सरकार बनीसके पछि ग्रामिण र सान्त स्थानमा ५० रोपनी जति जग्गा माग गरी साधना कला केन्द्र स्थापना गर्ने योजना
  • रेकर्डिङ्ग स्टुडीयो अडियो तथा भिज्योल स्थापनाको प्रकृयामा
  • निरन्तर सबै प्रकारका मनोराजनका टिकट सो कार्यक्रम गर्ने
  • Expression Methodology को रुपमा सम्पुर्ण क्षेत्र चित्रकला हस्तकला मुर्तीकला आदि समेट्नलाई प्रयास भइरहेको
 हाल संचालित कृयाकलापहरुbagina4

  • आधारभुत तालिम - नाच नाटक बाध्य मादल हार्मोनियम र उद्घोषण
  • प्राइभेट स्कुलहरुमा प्रशिक्षण
  • विभिन्न संघ संस्थाहरुको सहयोगमा च्यारिटी सो हरु सडक नाटक माच प्रोग्राम
  • विभिन्न संघ संस्थाहरु तथा विद्यालयहरुको वार्षिक कार्यक्रम तथा अन्य कृयाकलापहरुमा संलग्नता
 सहकार्य गरेका संस्थाहरु
  • CHDP (Community Health Development Program
  • CIDA (Canadian International Development Program)
  • DFID
  • UNDP (United Nation Dev Program)bagina5
  • DHSP
  • UNICEF
  • SCDP (Capacity 21), Surkhet
  • Saathi Sanstha, Surkhet
  • Awaj Sanstha, Surkhet
  • SAC Nepal, Surkhet
  • Dalit Welfare Organization, Surkhet
  • Search for Common Ground Nepal
  • Nepal Safer Motherhood Project
  • Safe Society, Surkhet
  • FPAN
  • Nepal Redcross Society
  • GTZ
  • District Dev Committee, Surkhet
  • Birendranagar Municipality, Surkhet
  • Regional Health Directorate, Surkhet (Mid West)bagina6
  • District Health Office, Surkhet
  • Regional Education Directorate, Surkhet
  • District Education Office, Surkhet
  • Beautiful Nepal Association, Surkhet
  • Environmental Development Society, Surkhet
  • Ministry of Environment, Kathmandu
  • Election Office, Surkhet
  • WAM, Surkhet
  • NARMSAP/DANIDA
  • District Forest Office, Surkhet
  • RRN
  • RUPP, Surkhet
  • Women Dev Office, Surkhet
  • Heralo Pratisthan, Pokhara
  • Out Reach Pvt Ltd., Kathmandu
  • Sincro Media Pvt Ltd, Kathmandu
  • Rima Digital Recording Studio, Kathmandu
  • Surkheti Welfare Society, Kathmandu
  • यस बाहेक बागीनाले आफ्नो हल भाडामा दिएर पनि आम्दानी गरिरहेको छ ।
  • यी विभिन्न संस्थाहरुले नाटक सडक रेडियो माच नृत्य गीत दोहोरी गीत नष्लनभि उत्पादन प्रदर्शन तथा प्रशिक्षण्का लागि सहयोग गरेका छन् ।
 पुरस्कारहरु
  • २०५५ सालमा भएको राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम - काठमाण्डौ आयोजक नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान
  • २०६१ सालमा भएको लोक नृत्य प्रतियोगितामा प्रथम - काठमाण्डौ आयोजक नेपाल पर्यटन बोर्ड नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान
  • २०५८ सालमा भएको लोक नृत्य प्रतियोगितामा द्धितिय - काठमाण्डौ
  • २०६४ सालमा भएको क्षेत्रिय लोक नृत्य प्रतियोगितामा प्रथम आयोजक सांस्कृतिक संस्थान
  • २०५७ सालमा उद्योग वाणिज्य संघ नेपालगाजमा लोक नृत्य प्रतियोगितामा द्धितिय नेपालगाज आयोजक उद्योग वाणिज्य संघ
  • २०६० साल माघमा नेपालगाज भएको लोक नृत्यमा प्रथम नेपाल उद्योग वाणिज्य संघ नेपालगंज
  • २०५६ सालमा लोक नृत्यमा प्रथम काठमाण्डौ आयोजक नेपाल पर्यटन वोर्ड नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान
  • २०५७ सालमा लोक नृत्यमा सर्वोत्कृष्ट पोखरा आयोजक हेरालो प्रतिष्ठान
  • २०५७ सालमा नाटकमा टि।एन।एन। त्रिवेणी पुरस्कार आयोजक थियटर नेटवर्क त्रिवेणी कल्चर सेन्टर काठमाण्डौ
  • २०६४ सालमा अन्तराष्ट्रिय संगीत दिवसमा विविध कार्यक्रम आयोजक सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर काठमाण्डौ
  • २०६२ राष्ट्रिय नाटक महोत्सव उत्कृष्ट प्रशंसा पत्र
  • २०५४ राष्ट्रिय नाटक महोत्सव प्रशंसा पत्र
  • २०६१ सम्मान पत्र होराइजन एकाडेमी सुर्खेत
  • २०६४ प्रशंसा पत्र एमनेष्टी इन्टरनेशनल
  • २०६४ आरोहण राष्ट्रिय नाटक महोत्सव गुरुकुल काठमाण्डौ
  • २०५७ क्षेत्रिय नाटक उत्सव कदर पत्र
  • २०६५ सम्मान पत्र जिल्ला शिक्षा कार्यालय सुर्खेत
  • २०५४ मध्यपश्चिम क्षेत्र स्तरीय नाटक प्रथम सांस्कृतिक संस्थान काठमाण्डौ
  • यस बाहेक विभिन्न कार्यक्रममा संलग्नता भएर थुपै्र कदर तथा सम्मान पत्र प्राप्त गरेको छ ।
 बागिनाले आफ्ना अग्रज कलाकारहरुलाई पुरस्कृत गर्ने गरेको छ जसमा विभिन्न पुरस्कारहरु छन् । कुनै पनि बिधामा योग्य सफल र संस्थाको लागि विशिष्ट योगदान गर्नेहरुलाई यी पुरस्कारहरु दिइन्छ ।
  • भीम बहादुर कार्की बागीना गायन पुरस्कार
  • गंगा बहादुर कार्की बागीना संगीत पुरस्कार
  • प्रेमदेव गिरी बागीना बादन पुरस्कार
  • टेकराज भारती बागीना नृत्य पुरस्कार
  • बागीना नाटक पुरस्कार
  • बागीना श्री पुरस्कार
  • मुकुन्दश्याम गिरी बागीना गीत पुरस्कार को शुरुवात हुंदैछ यसको लागि मुकुन्दश्याम गिरीबाट नगद रु।२१००० प्राप्त भइसकेको छ
कमजोरीहरु तथा सामाजिक दृष्टिकोण
  • बागीनालाई राम्रो रुपमा नहेरेको
  • पढेलेखेका तथा बाहुन क्षेत्री परिवारको प्रतिनिधित्व कम
  • कलाकारको व्यक्तिगत तथा नराम्रा आचरणलाई बागीनासंग जोड्ने
  • दलित जनजातीको संलग्नता बिढ
  • घर परिवार बिग्रीएका तथा मन सान्त गर्न कोहि व्यक्ति बागीनामा संलग्न भएमा त्यसलाई विभिन्न लााछना लगाउने
  • सामान्य मोजमस्ती मात्र ठान्ने
  • कला क्षेत्र परिवर्तनको बाहक हो भन्ने कुरा नबुझ्ने
  • सरकारी निकायले बजेट नछुट्याएको
  • पार्टीका मानिसहरुले पनि बागीनालाई वर्गिय संगठनको रुपमा हेर्ने गरेको
  • तर अहिले बिस्तारै सामाजिक दृष्टिकोणमा फरक पर्दै आएको छ ।
  • केन्द्र स्तरमा समेत बागीनाको चर्चा परिचर्चा चल्छ।
कला समाजको दर्पण हो, यो आफैंमा कहिल्यै पनि खराब हुदैन । यसलाई हेर्ने दृष्टिकोण र ग्रहण गर्ने तरिका खराब भएमा मात्र यो क्षेत्र खराब लाग्न सक्छ । तसर्थ बागीनाले समग्र कला क्षेत्रको उत्थानका लागि थालेको यो पहल आफैंमा अपर्याप्त हुन सक्छ । यसका लागि सम्पूर्ण कलाप्रेमीहरुको सहयोगको खांचो छ।

Written By: Kanti Adhikari