बागीना समुह बाजा गीत नाट्य
बागीना समुह मध्यपश्चिमााचल क्षेत्रको सन्दर्भमा कला क्षेत्रको पर्यायवाची नाम । कला र साहित्य बिनाको मानिस पशु सरह हुन्छ भन्ने पुर्विय दर्शनको युक्तिलाई आत्मसाथ गर्दै यस क्षेत्रको समग्र कला र साहित्यको उत्थानमा लागि परेको बागीना समुहसंग सायद विरलै मात्र अपरिचीत होलान् । कुनै पनि समाजको सभ्यताको परिचय त्यहांको कला र संस्कृति नै हो । यस मानेमा पनि मध्यपश्चिम क्षेत्रको कलालाई राष्ट्रिय स्तरमै परिचीत बनाउन लागि परेको समग्र कलाकारको साझा माच बागीना समुह । वि।सं। २०५२ सालमा समग्र कला क्षेत्रको उत्थान गर्ने उद्देश्य बोकी स्थापना भयो । बागीना समुह जसले बाध्य गित तथा नाट्य गरी कलाका यी पाटाहरुलाई समेट्न प्रयासरत रह्यो । स्थापना कालमा योगदान दिने कलाकारहरुमा गणेश गौतम गंगा के।सी। प्रेमदेव गिरी राम के।सी। खेम कार्की कृष्ण प्रसाद देवकोटा कुलमान नेपाली ज्ञान बहादुर नेपाली ललित िसंजाली लगायतका थिए ।
बागीनाले खोपीराम लम्सालद्धारा लिखित मातृभुमीको ब्यथा नामक नाटकबाट आफ्नो यात्रा शुरु गर्यो । जुन नाटक जि।वि।स।sाे हलमा टिकट सो गरिएको थियो र कलाकारहरुमा प्रेमदेव गिरी गणेश गौतम ललित िसंजाली ज्योति सारु केशव ढकाल खम्बराज गिरी ज्ञान बहादुर नेपाली मीना आले धर्मराज वि।s। लगायत रहेका थिए ।
त्यस समयमा कलाकारहरु पेशागत रुपमा यस क्षेत्रमा नलागेका र आफ्नो कला प्रस्फुटित गर्न नपाएकालाई पनि एउटा अवसर दिलायो बागीना समुहले । नाच्न गाउन नाटक खेल्न भने पछि राम्रो दृष्टिकोणले हेरिदैनथ्यो । घरका तन्ना ल्याएर स्टेज सजाउने मन्दिरका बाजा तबला हार्मोनियम खोजी खोजी ल्याएर कार्यक्रम गर्ने गर्दथे । धेरै संघर्ष पश्चात् बागीनाले आफ्नो एउटा छुट्टै छवि कायम गर्न सफल भएको छ ।
वि।सं। २०५३ सालको प्रजातन्त्र दिवसको अवसर पारी जि।वि।स।sाे सहयोगमा बागीना महोत्सव गर्यो । जुन कार्यक्रममा विभिन्न मनोराजनका कृयाकलापहरु प्रस्तुत भए र अति सफल पनि भयो । यस कार्यक्रमले गर्दा खुला माच स्थायी माचको रुपमा स्थापीत भयो ।
२०५९ साल माघ १९ गते शहिद दिवसको दिन नेपालमै पहिलो पटक राउटे जातिको प्ले कार्ड सहितको र् याली निकाल्नमा बागीना समुहले योगदान दियो । राउटेहरुले बैशाली नाच माचमा प्रस्तुत पनि गरे जस वापत उनीहरुलाई खसी चामल तथा नगद उपहार दिइएको थियो ।
महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा आडम्बरी तथा विकृति विसंगति विरुद्ध तीज सद्भावना मेला गर्दै आइरहेको छ । जसका लागि वीरेन्द्रनगरका व्यापारीहरुले बस्तु तथा सेवा उपहार स्वरुप प्रदान गर्ने गर्दछन् । त्यस्तै गरि लोप हुन थालेको लाखे नाचलाई जोगाउन बागीनाले ठुलै लगानी गरेको छ ।
क्षेत्रिय स्तर सरह केन्द्रिय स्तरमा पनि बागीना एकदमै प्रचलित छ । सर्व प्रथम केन्द्रमा सम्बन्ध स्थापना गराइदिने व्यक्ति बन्धु पन्त सन्तोष पन्तका पिता हुन्। केन्द्रिय स्तरमा पहिलो पटक १४ अंचल व्यापी राष्ट्रिय प्रतियोगितामा सहभागी भयो र गायन नृत्य तथा बाधनमा उत्कृष्ट पनि भयो । जसका कारण सुर्खेती कलाकारहरु गोपाल बस्नेत प्रेमदेव गिरी र टेकराज भारतीले राष्ट्रिय नाच घरमा जागिर पनि पाए । यी तीन जना महान् कलाकार नै थिए जसले नेपालमा िसंगारु र झ्याउरे नाचलाई परिचित बनाए ।
बागीनाबाट उत्पादित कलाकारहरु राष्ट्रिय तथा अन्त राष्ट्रिय स्तरमा स्थापित भइसकेको छन् । कलाकारहरु आफ्नो सफल जीवन बिताइरहेका छन् ।
स्थपना देखि हालसम्मको अध्यक्षहरु
- ललित िसंजाली २०५२
- गणेश गौतम २०५२ देखि २०५८ सम्म
- कुलमान नेपाली २०५९ देखि २०६१ सम्म
- गंगा के।सी। २०६१ देखि २०६३
- गोबिन्द कोइराला २०६४ देखि हालसम्म
- बागीनाको आफ्नै नाममा वीरेन्द्रनगर ७ सुर्खेत इत्राममा २ कठ्ठा जग्गा रहेको छ ।
भावी योजना
- बागीना बहुउद्देश्यीय सहकारी संस्था स्थापना भईसकेको
- कलाकारहरुलाई उचयाभककष्यलबि बनाउन विविध गतिविधीहरु भइरहेको
- उमेर छउाजेलको लागि बसि बियांलो रमित मात्र भन्ने सोचलाई परिवर्तन गराउन प्रयास
- प्रस्तावित कला क्याम्पसका लागि छलफल भइरहेको
- त्रिभुवन विश्व विद्यालय सुर्खेतमा पुरा रुपमा आउने भएमा त्यहि संलग्न गरी यो क्षेत्रलाई अघि बढाउने
- स्थानीय सरकार बनीसके पछि ग्रामिण र सान्त स्थानमा ५० रोपनी जति जग्गा माग गरी साधना कला केन्द्र स्थापना गर्ने योजना
- रेकर्डिङ्ग स्टुडीयो अडियो तथा भिज्योल स्थापनाको प्रकृयामा
- निरन्तर सबै प्रकारका मनोराजनका टिकट सो कार्यक्रम गर्ने
- Expression Methodology को रुपमा सम्पुर्ण क्षेत्र चित्रकला हस्तकला मुर्तीकला आदि समेट्नलाई प्रयास भइरहेको
हाल संचालित कृयाकलापहरु
- आधारभुत तालिम - नाच नाटक बाध्य मादल हार्मोनियम र उद्घोषण
- प्राइभेट स्कुलहरुमा प्रशिक्षण
- विभिन्न संघ संस्थाहरुको सहयोगमा च्यारिटी सो हरु सडक नाटक माच प्रोग्राम
- विभिन्न संघ संस्थाहरु तथा विद्यालयहरुको वार्षिक कार्यक्रम तथा अन्य कृयाकलापहरुमा संलग्नता
सहकार्य गरेका संस्थाहरु- CHDP (Community Health Development Program
- CIDA (Canadian International Development Program)
- DFID
- UNDP (United Nation Dev Program)

- DHSP
- UNICEF
- SCDP (Capacity 21), Surkhet
- Saathi Sanstha, Surkhet
- Awaj Sanstha, Surkhet
- SAC Nepal, Surkhet
- Dalit Welfare Organization, Surkhet
- Search for Common Ground Nepal
- Nepal Safer Motherhood Project
- Safe Society, Surkhet
- FPAN
- Nepal Redcross Society
- GTZ
- District Dev Committee, Surkhet
- Birendranagar Municipality, Surkhet
- Regional Health Directorate, Surkhet (Mid West)

- District Health Office, Surkhet
- Regional Education Directorate, Surkhet
- District Education Office, Surkhet
- Beautiful Nepal Association, Surkhet
- Environmental Development Society, Surkhet
- Ministry of Environment, Kathmandu
- Election Office, Surkhet
- WAM, Surkhet
- NARMSAP/DANIDA
- District Forest Office, Surkhet
- RRN
- RUPP, Surkhet
- Women Dev Office, Surkhet
- Heralo Pratisthan, Pokhara
- Out Reach Pvt Ltd., Kathmandu
- Sincro Media Pvt Ltd, Kathmandu
- Rima Digital Recording Studio, Kathmandu
- Surkheti Welfare Society, Kathmandu
- यस बाहेक बागीनाले आफ्नो हल भाडामा दिएर पनि आम्दानी गरिरहेको छ ।
- यी विभिन्न संस्थाहरुले नाटक सडक रेडियो माच नृत्य गीत दोहोरी गीत नष्लनभि उत्पादन प्रदर्शन तथा प्रशिक्षण्का लागि सहयोग गरेका छन् ।
पुरस्कारहरु- २०५५ सालमा भएको राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम - काठमाण्डौ आयोजक नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान
- २०६१ सालमा भएको लोक नृत्य प्रतियोगितामा प्रथम - काठमाण्डौ आयोजक नेपाल पर्यटन बोर्ड नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान
- २०५८ सालमा भएको लोक नृत्य प्रतियोगितामा द्धितिय - काठमाण्डौ
- २०६४ सालमा भएको क्षेत्रिय लोक नृत्य प्रतियोगितामा प्रथम आयोजक सांस्कृतिक संस्थान
- २०५७ सालमा उद्योग वाणिज्य संघ नेपालगाजमा लोक नृत्य प्रतियोगितामा द्धितिय नेपालगाज आयोजक उद्योग वाणिज्य संघ
- २०६० साल माघमा नेपालगाज भएको लोक नृत्यमा प्रथम नेपाल उद्योग वाणिज्य संघ नेपालगंज
- २०५६ सालमा लोक नृत्यमा प्रथम काठमाण्डौ आयोजक नेपाल पर्यटन वोर्ड नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान
- २०५७ सालमा लोक नृत्यमा सर्वोत्कृष्ट पोखरा आयोजक हेरालो प्रतिष्ठान
- २०५७ सालमा नाटकमा टि।एन।एन। त्रिवेणी पुरस्कार आयोजक थियटर नेटवर्क त्रिवेणी कल्चर सेन्टर काठमाण्डौ
- २०६४ सालमा अन्तराष्ट्रिय संगीत दिवसमा विविध कार्यक्रम आयोजक सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर काठमाण्डौ
- २०६२ राष्ट्रिय नाटक महोत्सव उत्कृष्ट प्रशंसा पत्र
- २०५४ राष्ट्रिय नाटक महोत्सव प्रशंसा पत्र
- २०६१ सम्मान पत्र होराइजन एकाडेमी सुर्खेत
- २०६४ प्रशंसा पत्र एमनेष्टी इन्टरनेशनल
- २०६४ आरोहण राष्ट्रिय नाटक महोत्सव गुरुकुल काठमाण्डौ
- २०५७ क्षेत्रिय नाटक उत्सव कदर पत्र
- २०६५ सम्मान पत्र जिल्ला शिक्षा कार्यालय सुर्खेत
- २०५४ मध्यपश्चिम क्षेत्र स्तरीय नाटक प्रथम सांस्कृतिक संस्थान काठमाण्डौ
- यस बाहेक विभिन्न कार्यक्रममा संलग्नता भएर थुपै्र कदर तथा सम्मान पत्र प्राप्त गरेको छ ।
बागिनाले आफ्ना अग्रज कलाकारहरुलाई पुरस्कृत गर्ने गरेको छ जसमा विभिन्न पुरस्कारहरु छन् । कुनै पनि बिधामा योग्य सफल र संस्थाको लागि विशिष्ट योगदान गर्नेहरुलाई यी पुरस्कारहरु दिइन्छ ।- भीम बहादुर कार्की बागीना गायन पुरस्कार
- गंगा बहादुर कार्की बागीना संगीत पुरस्कार
- प्रेमदेव गिरी बागीना बादन पुरस्कार
- टेकराज भारती बागीना नृत्य पुरस्कार
- बागीना नाटक पुरस्कार
- बागीना श्री पुरस्कार
- मुकुन्दश्याम गिरी बागीना गीत पुरस्कार को शुरुवात हुंदैछ यसको लागि मुकुन्दश्याम गिरीबाट नगद रु।२१००० प्राप्त भइसकेको छ
कमजोरीहरु तथा सामाजिक दृष्टिकोण- बागीनालाई राम्रो रुपमा नहेरेको
- पढेलेखेका तथा बाहुन क्षेत्री परिवारको प्रतिनिधित्व कम
- कलाकारको व्यक्तिगत तथा नराम्रा आचरणलाई बागीनासंग जोड्ने
- दलित जनजातीको संलग्नता बिढ
- घर परिवार बिग्रीएका तथा मन सान्त गर्न कोहि व्यक्ति बागीनामा संलग्न भएमा त्यसलाई विभिन्न लााछना लगाउने
- सामान्य मोजमस्ती मात्र ठान्ने
- कला क्षेत्र परिवर्तनको बाहक हो भन्ने कुरा नबुझ्ने
- सरकारी निकायले बजेट नछुट्याएको
- पार्टीका मानिसहरुले पनि बागीनालाई वर्गिय संगठनको रुपमा हेर्ने गरेको
- तर अहिले बिस्तारै सामाजिक दृष्टिकोणमा फरक पर्दै आएको छ ।
- केन्द्र स्तरमा समेत बागीनाको चर्चा परिचर्चा चल्छ।
कला समाजको दर्पण हो, यो आफैंमा कहिल्यै पनि खराब हुदैन । यसलाई हेर्ने दृष्टिकोण र ग्रहण गर्ने तरिका खराब भएमा मात्र यो क्षेत्र खराब लाग्न सक्छ । तसर्थ बागीनाले समग्र कला क्षेत्रको उत्थानका लागि थालेको यो पहल आफैंमा अपर्याप्त हुन सक्छ । यसका लागि सम्पूर्ण कलाप्रेमीहरुको सहयोगको खांचो छ।
Written By: Kanti Adhikari