Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

सुर्खेती संचार माध्यम र महिला पत्रकारीता

आजको युग सूचना प्रविधिको युग । विना सूचना अर्थात् विना संचार हामी वर्तमान विश्वलाई एक सेकेण्ड मात्र सम्म पनि कल्पना गर्न सक्दैनौं । सूचना र संचारको यो युगलाई अझैं सार्थक बनाउने मुख्य देन संचार माध्यम र पत्रकारीताको रहेको छ ।

पत्रकारीता र संचार माध्यमद्धारा नै विश्वका कुना कन्दरामा भए गरेका घटनाहरु हामी तत्कालै थाहा पाउन सक्छौं । संचार क्षेत्रको महत्वपूर्ण अङ्ग पत्रकारीता हो पत्रकारीताले समाचारको खेती मात्रै गर्दैन की सूचना मनोराजन विज्ञान-प्रविधि लगायतका क्षेत्रमा भइरहेका गतिविधिहरुको जानकारी पनि गराउंदछ ।

Ms Dipa Koirala from Radio Bheri FM reading NEWS नेपालको सन्दर्भमा पत्रकारीताको इतिहास हेर्ने हो भने शुरुवातमा कुनै एक पक्ष विशेष गरी शासक पक्षले आफ्ना कुराहरु जनता समक्ष पुर् याउनका लागि प्रयोग गरिएको साधन थियो । पञ्चायत कालमा पत्रकारीता राजनीतिक अभिष्ट पुरा गर्नका लागि प्रयोग गरियो जसलाई मीसन जर्नालीज्म पनि भनियो । तर वि।सं। २०४७ साल पछि नेपालमा पत्रकारीताले व्यावसायीक रुप धारण गरेको छ यद्यपी यो अझैंसम्म बहसको विषय भने छंदैछ ।

सुर्खेतको सन्दर्भमा कुरा गर्दा सय भन्दा बढि पत्रकारहरु नेपाल पत्रकार महासंघसंग आवद्ध भए पनि २०० भन्दा बढि पत्रकारहरु कुनै न कुनै रुपमा कुनै न कुनै संचार माध्यमसंग आवद्ध रहेका छन् । हाल सुर्खेतमा सन्चालित ५ वटा एफ.एम. रेडियो स्टेशन एउटा रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र ४ वटा दैनिक पत्रिका ३ वटा साप्ताहीक पत्रिका र शिघ्र प्रसारणका क्रममा रहेको रारा टेलिभिजन गरी जम्मा १४ वटा संचार माध्यममा गरी करिब ४ दर्जन मात्र महिला संचारकर्मी रहेका छन् । संख्याको हिसाबले ४ दर्जन महिलाहरु संचार क्षेत्रसंग आवद्ध रहे पनि पत्रकारीता गर्नेहरु भने पुग नपुग २ दर्जन मात्रै छन् । त्यसमा पनि पत्रिकामा त ज्यादै न्युन रहेका छन् ।

Tila Bhandari writing reports लामो समयदेखि पत्रकारीता समेत गर्दै आउनु भएका सुर्खेत क्याम्पस शिक्षाका पूर्व क्याम्पस प्रमुख पिताम्बर ढकालका अनुसार पत्रकारीता क्षेत्रमा महिलाहरुको आकर्षण राम्रै भए पनि सुरक्षाको समस्या जागीरको ग्यारेन्टी नभए पछि अधिकांश विवाह पश्चात् यस क्षेत्रबाट पलायन हुने गर्दछन् र बचेका केहिले भने अत्यन्त लगावका साथ काम गरेका छन् । त्यसो त सुर्खेती पत्रकारीता क्षेत्रमा महिलाहरु संवाददाता मात्र नभई सम्पादक समेत भएर पत्रिका चलाएको पाइन्छ । बालकुमारी पन्तको सम्पादकत्वमा वि.सं. २०५६-०५८ ताका आर्तनाद नामक मासिक पत्रिका समेत निस्किने गर्दथ्यो तर त्यसले व्यावसायीक गति भने लिन सकेन । त्यसै गरी शोभा रेग्मी निर्मला रेग्मी लगायतका पुराना महिला पत्रकारहरु समेत व्यावसायीक रुपमा पत्रकारीता क्षेत्रबाट पलायन भइसकेका छन् ।

कांक्रेविहार दैनिकका सम्पादक सूर्यमणी गौतमको भनाई अनुसार विद्युतीय संचार माध्यमको तुलनामा छापा साचार माध्यममा ग्ल्यामर नहुने दुःख बढि हुने हुंदा यस तर्फ महिलाको आकर्षण कम हुने गरेको हो ।

Sagun Thapa from Surkhet FM editing program रा.स.स की सुर्खेत सम्वाददाता यामु कंडेल, जागरण एफ.एम की क्षितीजा जि.एम. र झुपा वि.क ३ जनाले महिलाका विषयमा संचार माध्यममा सवाल उठाउने संस्था अस्मिता महिला साचार गृहका लागि सुर्खेतबाट काम समेत गर्ने गर्दछन् ।

छापा माध्यमको तुलनामा विद्युतीय संचार माध्यम खास गरी एफ.एम, रेडियोमा काम गर्ने महिला पत्रकारहरुको संख्या भने केहि उल्लेख्य रहेको छ । रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र सहित ५ वटै एफ.एम. मा कार्यरत करीब ४० जना महिला संचारकर्मी मध्ये २० भन्दा बढि समाचारकै क्षेत्रमा काम गर्ने अर्थात पत्रकारहरु नै छन् । करीब ५ वर्ष अघि स्थापना संगसंगै काम गर्न शुरु गरेकी रेडियो भेरीकी पत्रकार दिपा कोइरालाका अनुसार पत्रकारीतामा आर्थिक लाभ भन्दा बढि चुनौती हुने हुंदा चुनौतीसंग खेल्नु नै यसको रमाइलो पक्ष हो । जागरण एफ.एम. की विद्या खरेल भने पैसा कम भएपनि धेरैले चिन्ने आत्म विश्वास बढ्ने र रमाइलो हुने हुंदा यस तर्फ आफ्नो रुची बढेको बताउंछीन् । विद्युतीय संचार माध्यममा पत्रकारको रुपमा मात्र नभई केहिने भने अन्य क्षेत्रमा समेत हात हालेका छन् । सुर्खेत एफ.एम. मा सगुन थापाले प्राविधीकका रुपमा काम गर्छिन् ।

Jayanti Subedi from RaRa TV पत्रकारीता क्षेत्रमा महिलाहरुको रुचीलाई ध्यानमा राख्दै पत्रकार महासंघ सुर्खेत शाखाले बेला बेलामा तालीम समेत गर्दै आएको छ । त्यसै गरी सुर्खेती माटोमा बढ्दै गरेका संचार माध्यम र व्यावसायीक पत्रकारीताको अभावलाई मध्य नजर गर्दै गत वर्ष देखि जनसेवा उ.मा.वि. घुस्राबाट यसको औपचारीक शिक्षाको समेत थालनी भएको छ । जनसेवा उ.मा.वि. घुस्रा श्री कृष्ण संस्कृत उ.मा.वि. इत्राम अमर ज्योति उ.मा.वि. नेवारे र उषा बाल बाटिका उ.मा.वि. विरेन्द्रनगर गरी जम्मा ४ वटा विद्यालयले आम संचार र पत्रकारीताको +२ कक्षा संचालन गरेका छन् । श्री कृष्ण संस्कृत उ.मा.वि. इत्रामका प्राचार्य गेहेन्द्र दाहालका अनुसार पत्रकारीताको औपचारीक अध्ययनमा पुरुषको भन्दा महिला विद्यार्थीको संख्या उल्लेख्य रहेको छ ।

Trainee of RaRa TV विगतका दिनको तुलनामा पत्रकारीतामा पछिल्ला दिनहरुमा महिलाहरुको उपस्थिति उल्लेख्य रहेको छ । तथापी व्यावसायीक रुपमा उनीहरुको यस क्षेत्रमा दिर्घकालीन उपस्थिति भने अझैं पनि राम्रोसंग हुन सकेको छैन । तसर्थ यस क्षेत्रलाई अझैं पस्किृत र व्यावसायीक बनाई महिलाहरुको समेत यस क्षेत्रमा राम्रो उपस्थिति गराउन जरुरी देखिन्छ ।

Written By: Kanti Adhikari