Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

सुर्खेतको कांक्रेबिहार - जीवनकुमार शाक्य

नेपाल मध्य-पश्चिमान्चलको केन्द्र बिन्दु भेरी अन्चल सुर्खेत जिल्लाको सदरमुकाम तत्कालिन बाईसे चौबिसे राज्यको अवस्थामा दुल्लु राज्य अन्तरगत थियो पछि सुर्खेत उपत्यकाको लाटीकोईली गा.बि.स अन्तरगत पुर्व पश्चिम लम्पसार परेको जंङ्गल भित्र रहेको भग्नावशेष शिखर शैलीको भग्नावशेष सम्भवतः नेपालको सबै भन्दा ठूलो बौद्ध बिहारको भग्नावशेष हो । यस्मा कुनै दुइमत छैन । सुर्खेत जिल्लाको मात्रै नभएर नेपालकै ऐतिहांसिक पुरातात्विक सम्पदा मान्नुमा कुनै अत्युक्ति नहोला । शिखर शैली भएकै कारणले यो हिन्दु मन्दिर हो भन्ने विवादले गर्दा यस्को पुनरनिर्माण हुन अवरोध भैरहेकोछ । यो कसरी हिन्दु मन्दिर हुन सक्छ त भन्दा केहि हिन्दु मानसिकता बोकेका पुरातत्वविदहरुले आफ्नो तर्क राखेका हुन् । भग्नावशेषमा केहि देवीका मूर्ति हुनु, शिखर शैलीको मन्दिर हुनु, हिन्दु मन्दिर नै हुनुपर्छ त्यसो भए गौतम बुद्धको आमा महामाया गौतमीलाई मायांदेवी भनेर चर्चा चलाएर मायादेवी मन्दिर भनेकोले त्यो हिन्दु मन्दिर भयो -भग्नावशेषमा केहि बांदर, सिंह, हात्तिको मूर्ति भेट्टनिुले हिन्दु मन्दिर हुनु पर्ने यदि हिन्दु मन्दिर भएकोभए किन भग्नावशेष अवस्था भयो त कस्ले भत्कायो कस्ले काट्यो?

statue of lord buddha यथार्थता यस्तो हो थुप्रै त्यस्ता बौद्ध बिहारहरु शिखर शैलीका छन् भारतमा भएको बौद्ध तिर्थस्थल बोधगयामा भएको गन्धकुटी मन्दिर शिखर शैलीको छ ।  मन्दिर भनिए तापनि ति बौद्ध मन्दिर हुन । अर्को कुरा बौद्ध ग्रन्थमा सिंहलाई बुद्धको प्रतिकको रुपमा पनि मानिन्छ र हात्ति पनि महामायां गर्भ प्रवेषमा सेतो हात्तीको चर्चा छ भने धेरै ठाउंमा हात्तिले जङ्गलमा ध्यानको अवस्थामा संरक्षण र फलफूलको व्यवस्था  गरेको पाईन्छ भने बांदरहरुले बुद्धलाई मौरीको मह भोजनको रुपमा समर्पण गरेका हुन् भन्ने बौद्ध ग्रन्थमा उल्लेख गरेको पाईन्छ । बांदर देखिएकोलाई हनुमान भन्ने मानसिकताले गर्दा कतिपय विव्दान अबुझहरुले यसो भन्ने गरेको पाईन्छ । शिखरशैली भएका बौद्ध मन्दिरहरु हिन्दु मन्दिर भन्नु कस्तो मनस्थिति होला आफै बिचार गरौ वास्तवमा कर्णाली क्षेत्र भनेकै बौद्ध क्षेत्र हो यस क्षेत्रमा थुप्रै बौद्ध राजाहरुले राज्य गरेको इतिहांसले प्रमाणित गरेकोछ । यसै क्षेत्रका एक हिन्दु विव्दान मानिने योगी नरहरिनाथले पनि कनकपत्र, शिलापत्र, सन्धीपत्र, वंशावली, लोक संस्कृति, भाषाको बिषयमा उल्लेख  गरिएको पाईन्छ । भाषा संस्कृतिको आदि श्रोत कर्णाली प्रदेश हो भन्ने निर्विवाद छ । खस जातीहरु कर्णाली प्रदेशको सर्वाधिक पुरानो जाती मानिन्छ । त्यसैले पनि नेपाली भाषालाई खस भाषा भन्ने पनि चलन रहेकोछ । उनिहरुले त्यस जातिलाई अवैदिक आर्य भनेर बणन गरेको पाईन्छ । शासन सत्ताको हिसाबले कर्णाली प्रदेशका सबैभन्दा पुरानो राजा नागराज मानिएको छ । उनले स्थापना गरेको राज्यमा चाप, चपिल्ल, चल्ल, मल्ल र बर्माहरुले राज्य गरेका थिए भनिएकोछ । दैलेख दुल्लुको किर्ति स्तम्भले पनि तिव्बतको खारी प्रदेशबाट आएको बताएकोछ । त्यस अभिलेखको आधारमा गढवाल बाराहाटको एउटा मूर्तिमा तिव्बती भाषामा र लिपिमा भट्टारक नागराज मुनिको कृति भनिएको छ र बौद्ध धर्मावलम्बी भएका र अभिलेखमा पनि बुद्धमूर्ति अंकित गरिएकोले उनि पक्कै बौद्ध धर्मावलम्बी भएको प्रष्ट हुन्छ । कर्णाली प्रदेश ठूलो क्षेत्रमा फैलिएको थियो । राज्य फैलिए जस्तै त्यति बखत निर्माण गरिएका बौद्ध स्मारकहरु पनि यत्र तत्र देखिन्छन् । अछामको कूची बिहार स्तूप, दैलेख बिनायकको पन्चदेवल, मान्म कालिकोटको पन्चदेवल, दुल्लु पाथरनाउली माथिको पन्च देवल, दैलेख पादुका स्थानमा रहेको बुद्धमूर्ति अंकित अभिलेख, सिंजा लामाथाडामा प्राप्त बुद्धमूर्ति अंकित माटा चक्कीहरु ले पनि प्रमाणित गरेकोछ ।


Main gate of kakrebihar खस साम्राज्यकोर् इतिहांस राज्य व्यवस्था पृष्ठ ९० मा राजा बोधिसत्ववतारका रुपमा भनेर यसरी उल्लेख गरेकोछः खारी प्रदेशमा तिव्बती बौद्ध विव्दानहरुको सम्पर्कमा आएपछि खस राजाहरुले् बौद्ध धर्म अपनाएका थिए । बौद्ध         परम्परामा राजालाई बोधिसत्वको अवतार मानिन्छ । राजा क्राचल्ल, अशोकचल्ल, पुण्यमल्ल, पृथ्वीमल्ल आदिले आफूलाई सोझै "अभिनवबोधिसत्वावतार" भनेर लेखाएकाछन् । अभिसमयालंकार नाम बौद्धग्रन्थको पुष्पिकावाक्यमा रिपुमल्ललाई  राजराजेश्वर लोकेश्वर भनिएकोछ । यस प्रकार खस राजाहरुलाई हिन्दू तथा बौद्ध मान्यताअनुरुप आ-आफ्नै ढङ्गले बिशेषण दिएर उनिहरुको महत्ता दर्शाईएकोछ ।"

सुर्खेत उपत्यका पनि र्बौद्ध धर्म क्षेत्रको रुपमा महत्वपुर्ण स्थल थियो भनेर अनुमान गर्न सकिन्छ । सुर्खेतबाट बि.सं १३७० सारेर लगिएको "अभिसमयालङ्कार" हस्त लिखित बौद्धग्रन्थ तिव्बतको स्पोनकाङ्ग गुम्बामा पाईएकोछ । यो कसरी त्यहां पुग्यो सुर्खेतमा प्राप्त वि.सं १३४९ को शिलालेखबाट आसा साहु र रुद्रादेवीले त्यहां एक देवल बनाएको बुझिएकोछ र सुर्खेतमा प्राप्त बुद्ध, मैत्रेय, लोकेश्वर, ताराका मूर्तिहरु कला र शिपको उच्च नमुना मानिन्छ । त्यहां भएका ढुङ्गाका सुन्दर मूर्तिहरु हेरेर नै मन न लोभिने बिरलै भेट्टएिला । यो क्षेत्र  बौद्ध क्षेत्र मान्निछ भने यहि बाटो भएर गुरु पद्मसम्भव आफ्ना चेलाहरुको साथमा तिव्बत प्रस्थान गरेका थिए जस्ले सम्झना स्वरुप बिभिन्न स्थानमा स्तम्भहरु निर्माण गर्दै गए भन्ने अनुमान पनि गर्नसकिन्छ । यसबाट कांक्रेबिहारको निर्माण ७०० बर्षअघि भएको अनुमान गर्न सकिन्छ ।

Wheel कांक्रेबिहार भग्नावशेषमा भएको बिशाल भग्नावशेष । यो चारसय फिटको परिधिमा फैलिएको २०फिटजति अग्लो थियो भनिन्छ । कांक्रेबिहार परिसरमा एउटा नलंकर बिहार थियो त्यसैको नामबाट कांक्रेबिहार नाम भएको हो भनेर पातालगङ्गाका पुराना बृद्ध थारुहरुले भन्दछन् । धेरै बर्षपहिला यहां हात्तिकिल्ला पनि थियो र हामीले हात्ती लिदि पनि देखेका हौं भन्दछन् । त्यस स्थानमा खपडाका केहि अंशहरु अहिले पनि भेटिन्छन् । यस बिहारलाई अध्ययन गर्दा सुर्खेत उपत्यकामा उच्चकोटीको सभ्यताको विकसित भएको थियो र कांक्रेबिहार बौद्ध धर्मको प्रसिद्ध केन्द्र मानिन्थ्यो भन्ने प्रष्ट हुन्छ । भनेर खस साम्राज्यकोर् इतिहांसमा उल्लेख गरेकोछ । सोहि पुस्तकमा भनिएको लामाका चार स्थानहरु पुण्य मल्लको वि.सं. १३९४को दान पात्रमा "चत्वारि लवंपादानं स्थानानि"-लामाका चार स्थान लाई पनि राक्षी राखखिएको छ-.असं.२७) लामाका चार स्थान कुन-कुन थिए प्रष्ट छैन । तिनिहरु लुम्बिनी, कपिलवस्तु, सारनाथ, बोधगया हुन सक्छन अथवा लुम्बिनी, कांक्रेबिहार, खोजरनाथ र शाक्य बिहारलाई लिईएको पनि संभवछ । राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तुको तीर्थ यात्रा गरेकाथिए ......आदित्य मल्लले बाल्यकालमा यही शाक्य बिहारमा गई बौद्ध शिक्षा ग्रहण गरेका थिए ।" भनेर उल्लेख गरेको छ । यस सम्बन्धमा प्राध्यापक अधिकारीज्यूले बोद्ध दर्शन पनि अध्ययन गर्नु भएको भए यस्तो कुरा उल्लेख हुने थिएन किनकि चार स्थान लामा अथवा बौद्धहरुको तीर्थ स्थल चार छन ति कुन भने लुम्बिनी मेरो जन्मस्थल, बोधगया ज्ञान लाभ, सारनाथ धर्मचक्र प्रवर्तन स्थल र कुशिनगर निर्वाण प्राप्त स्थान हुन भनेर ललितबिस्तरमा भगवान बुद्ध स्वयम्ले भन्नु भएको उल्लेख गरेकोछ । यस्मा बौद्ध दर्शन अध्ययन गर्नेहरुले अन्यौलमा पर्नुपर्दैन । र सहायक तीर्थ स्थलका रुपमा बौद्धहरुले कपिलवस्तु आफ्नो घर, देवदह-मावल, भारतको श्रावस्ति जहां भगवान बुद्धले उपदेश दिने क्रममा र्सबाधिक बर्षास गरेको स्थान हो । बिहार शव्दलाई बिश्लेषण र अध्ययनको जानकारी हुन पनि आवश्यक छ केहो त बिहार भनेको - पौणाणिक समयमा देवताहरु घुमफिर गरेकोलाई पनि बिहार गरेको भनिएको पाईन्छ । बौद्ध ग्रन्थमा बुद्धले बिहार गर्नुभएको अवस्था भनिएको पाईन्छ अर्थात बुद्ध आएर बस्नु भएको अवस्थामा भनिन्छ भने भारत श्रावस्तीका अनाथ पिण्डकले जेतवन बिहार भिक्षुहरुलाई आरामपुर्वक बस्ने स्थानको रुपमा दान दिएको भनिएकोछ अर्थात भिक्षुहरु बस्ने स्थान जहां बुद्धको आराधना ध्यान पनि गरिन्छ । अतः सुर्खेतको कांक्रेबिहारमा त्यतिबखत कुनै बौद्ध राजाले बोधिसत्वको रुपमा आएको अवस्था र केहि बौद्ध भिक्षुहरु बसेको कारणले बिहार भनिएको हुनुपर्छ । कांक्रेबिहारको सन्दर्भ खस साम्राज्यकोर् इतिहांसमा पृष्ठ १४६को ४ मा यसरी उल्लेख गरिएकोछ "मन्दिरको मूर्तिकला र वास्तुशिल्पलाई दृष्टिगत गर्दा मध्यकालिन प्रस्तर कृतिहरुमा यस भेकमा अतुलनीय देखिएकोछ । स्व. योगी नरहरिनाथले त्यस्को तुलनामा पाटनको कृष्ण मन्दिरले व्दादशंस होला, कला दृष्टिले शतांश पनि छ कि छैन । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव -धरहरा) भन्दा अग्लो हुंदो हो । टुटेफुटेका लूप्तशेष इनै ढुङ्गा जोरेपनि शय हात अग्लो हुनेछ" भनी २०१२-१३सालतिर टिप्पणी गरेका थिए ।"

Statue at kakrebihar कांक्रेबिहार भग्नावशेष केहि महत्वपुर्ण कलात्मक मूर्तिहरु संरक्षणको लागि क्षेत्रीय संग्राहालयमा राखिएकोछ भने हाल कांक्रेबिहार भग्नावशेष स्थलमा पनि टहरा बनाएर घाम पानीले सुरक्षित गर्ने व्यवस्था गरेकोछ । जस्मा मायादेवी र सानो भग्नमूर्ति नवजात शिशु सिर्द्धार्थको मानिएको लुम्बिनी वनमा बुद्ध जन्मेको घटना संग सम्बन्ध देखिएकोले पनि यो भग्नावशेष बौद्ध बिहार नै हो भनेर ठोकुवा गर्न सकिन्छ । कांक्रेबिहारमा भएका बिशाल ढुङ्गाहरु कहांको हो त भनेर खोज गर्दा सुर्खेतको चारकुनेको भन्ने अनुमान अलि नमिलेको देखिन्छ किनकि चारकुनेको ढुङ्गा अलि कमजोर देखिन्छ यद्यपि हाल पुनर्निर्माण गर्न चारकुनेको ढुङ्गालाई प्रयोग गरिएकोछ । मैले  (लेखक) गरेको अनुमान सुन्दर ढुंङ्गाका कलात्मक मुर्तिहरु भारतमा कलाकारहरु द्वारा कुंदेर हात्तीबाट ल्याईएको अनुमान मिल्न गएको देखिन्छ । जंगलमा भएको ढुङ्गा सोही स्थलको हुनुपर्छ । यस प्रकार अनुमान गर्नुको कारण त्यस जङ्गलमा ढुङ्गामा मुर्ति कुदने कलाकारहरु धेरै समय सम्म बस्ने व्यवस्था हुन नसक्ने भएकोले भारत बाटै कुंदेर ल्याएको हुन सक्छ । पातालगङ्गा तिर हात्तिको लिदि देखिनु हात्ति किल्ला हुनुले बिशाल ढुङ्गाहरु हात्तीमा लादेर नदीको बाटो हुंदै कांक्रेबिहार निर्माणको लागि ल्याएको हुनु पर्छ भन्ने अनुमान गलत हो भन्न नमिल्ने देखिन्छ । यि बिहार कसरी भग्नावशेषमा परिणत भए त भनिन्छ ९० सालको महा भूकम्पमा भत्कीएको भन्ने अनुमान गरेको पनि पाईन्छ त्यो अनुमानलाई पनि मान्न नसकिने अवस्था कसरी देखिन्छ भने ८५ बर्षनाघेका लाटीकाईली पातालगङ्गाका बृद्ध थारुले आफ्नो बुवाको पालामा पनि यस्तै अवस्थाको थियो भन्दछन् । मूर्तिहरुको अवस्था हेर्दा धारीलो हतियार प्रयोग गरेर काटेको जस्तो देखिन्छ भने केहि मूर्तिहरुलाई घनले फोडेको जस्तो पनि देखिन्छ । यस्ले के अनुमान गर्न सकिन्छ कि हिन्दु धर्मका रक्षक मानिने जगतगुरु शंकराचार्यले धार्मिक यात्रा अभियान गर्दा उत्तराखण्डको यात्रा गरेका थिए । यसै सर्न्दर्भमा भारतबाट बौद्ध बिहारहरु भत्काउंदै र बौद्ध भिक्षुहरुको संहार गर्दै हिंड्दा सुर्खेतको बाटो हुंदै कर्णाली प्रदेश  बाटो भएर तिव्बत प्रस्थान गर्दा यहां भएको कांक्रेबिहार बिहार नष्ट गरेको अनुमान गरिन्छ । किनकि उन्ले यस यात्रा अभियानमा बौद्ध धर्मको प्रभाव भएको स्थान कुमाउ गढवाल भेकलाई बौद्धमार्गीहरुलाई पराजित गर्दै नेपाल उपत्यकामा प्रवेष गरेका थिए भनेर खस साम्राज्यकोर् इतिहांसमा धार्मिक अवस्थामा उल्लेख गरेकोछ । यहां विव्दान लेखकले लेख्नमा सत्यतथ्य लुकाएको स्थिति देखिन्छ । यद्यपि उहां अहिले यस संसारमा हुनुहन्न  ) किनिकि उहां स्वयम एउटा  हिन्दु ब्राम्हण भएकोले लेखेको पक्कै हुनुपर्छ । अधिकांश ब्राम्हण लेखकहरुले या त बौद्ध धर्ममा बिकृति आउने गरि लेखेकोछ या सत्य तथ्य लुकाएको अवस्था देखिन्छ । शंकराचार्यले बोद्ध भिक्षु भिक्षुणीलाई जबरजस्ती विवाह गर्राई गृहस्थी बनाईयो भनेर पनि उल्लेख गरेकोछ । उन्को अर्को आतंकारी कार्य ८४ हजार बौद्धग्रन्थ जलाउन लगाएको कुरा नेपालको भाषा वंशावलीमा उल्लेख गरेकोछ भनिएकोछ । वास्तवमा यहांनिर निष्पक्ष भएर सोंच्नुपर्ने कुरा के छ भने बौद्ध भिक्षुहरुलाई शस्त्रअस्त्र देखाएर डर त्रास देखाई बलपुर्वक बौद्ध धर्म त्याग्न लगाएको थियो । यसको अर्थ हिन्दु धर्मको व्यापकताले हिन्दु धर्मको प्रायः लोपहुने अवस्थालाई बचाएका थिए । शंकराचार्यको आगमन पहिले हिन्दु चारधाम मध्य बद्नीनाथ र केदारनाथमा बौद्धमार्गी पुजारी थिए र तिनको सट्टा आफु संगै आएका दक्षिण भारतीय ब्रम्हणहरुलाई बदरीनाथका नारायण र केदारनाथका शिवका पुजारी बनाए भन्नेको तार्त्पर्य त्यो स्थान बौद्ध मन्दिरलाई हिन्दु मन्दिर बनाएको हुनुपर्छ । त्यसै गरेर जुम्लाको चन्दनाथ मन्दिरलाई पनि बौद्ध बिहारबाट हिन्दु मन्दिरमा परिवर्तन गरिएको थियो । त्यसैले पनि कांक्रेबिहारलाई शंकराचार्यले नष्ट गरेको भन्ने अनुमानलाई गलत भन्न मिल्दैन ।बाईसे  राज्यको समयमा कर्णाली प्रदेशमा खस राज्य थियो भन्ने इतिहांस साक्षी छ । अधिकांश बाईसे राज्यका साझा पुर्खा यशोवर्मा, मलय वर्माहरुले बौर्द्धधर्मलाई मानेको वा उच्च सम्मान गरेको अवस्था पाईन्छ । एउटा अभिलेखमा यशोवर्मालाई "बुद्धकुलावतार" भनेको पाईन्छ मलयवर्माले खोजरनाथमा १८गुम्बाको बौद्ध बिहार बनाउन लगाएको बताए अनुसार निजले सुर्खेतमा पनि नबनाएको भन्न सकिन्न । मलयवर्माको कालिकोट रैकासांघु अभिलेखमा बौद्धमन्त्र "ॐ मणि पद्मे हूं" अंकित गरिएकोछ । तथापी खस साम्राज्यको बिघटनपछि बौर्द्धधर्मले मुस्ताङ्ग बाहेक अरु कुनैपनि राज्यमा राजकीय मर्यादा मात्रै नभएर संरक्षण सम्म पनि पाउन सकको देखिंदैन । खस राज्यको समाप्ती संगै बौद्ध धर्म माथि सांस्कृतिक आक्रमण गरेर हिन्दु मन्दिर बौद्ध धर्मावलम्बिहरुलाई जन्यौ धारण गर्न लगाएर हिन्दुमा परिवर्तन गरेको अनुमान गर्न सकिन्छ । किनकि यस क्षेत्रमा भएका थुप्रै चैत्यहरु देवलहरुलाई हिन्दुवादीहरुले पांचपाण्डवले निर्माण गरेको भन्ने गरेको पाईएकोले के त यसै क्षेत्रबाट पांच पाण्डवले कुरुक्षेत्रबाट कौरबहरुको आक्रमण वा सताएबाट भागेर आएका हुन त जुम्लाको मिचागाउंका बौद्ध स्तुपहरु जुम्ला राज्यको समयमा निर्मित भएका हुन तिनिहरु मध्य एउटाको निर्माण वि.सं १५३९ मा हमिरु रावल र शिलमाला देवीले गराएको थियो अर्को बि.सं.१५५८मा हितु रावलले बनाउन लगाएका थिए भनेर प्रा.डा. सुर्यमणि अधिकारीको बाईसे राज्यकोर् इतिहांस मूर्तिहरुको अवस्था शिर्षको बौद्ध धर्मको अवस्था पृष्ठ ३१३मा उल्लेख    गरेअनुसार कांक्रेबिहारको निर्माण ५०० बर्षअघिको हुनुपर्छ भन्ने अनुमान गरिएकोछ । यस क्षेत्रको ऐतिहांसिक शिलालेखहरु, ताम्रपत्रहरु बिदेशीएको अवस्थालाई बिचारगर्दा यस क्षेत्रकार् इतिहांसविद अन्वेषक योगी नरहरिनाथको कैफियत छैन भन्न मिल्ने अवस्था देखिंदैन । यस क्षेत्रको  दुल्लु पाथरनाउलीको देववर्माको शाके १२७६ शिलालेख अभिलेख,अछामको जयगढस्थित यशोवर्माको शिलालेखहरुमा,दुल्लु दुल्लभेश्वरको शाक्य १२७७ को जयसिंहको शिलाललेख,अछाम घोडासैन स्थित तारादेवीको शिलालेखमा "ॐ मणी पद्मे हू" दुल्लु पादुका स्थानमा बुद्ध मूर्ति अंकित धर्म स्तम्भको शिरोभागमा अशोक चल्लका पालामा सउना कार्कीको स्तम्भ लेख मा "ॐ नमोवुद्धयेः । स्री ...उल्लेख गरेकालाई अध्ययन गर्दा केवल उच्च सम्मान गरेको नभै त्यस बखत बौद्ध धर्मावलम्बि राजा भएकैले पनि ति सबै बेपत्ता पारिएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । २०६४ सालमा त्रिभूवन विश्व विद्यालय एशियाली अनुसन्धान केन्द्रका तर्फबाट एउटा अनुसन्धान टोली टी. हार्वड र प्रा.डा.टेकबहादुर श्रेष्ठको टोलीमा मैले पनि सहभागि भएर अनुसन्धानमा आफ्नो विचार राख्ने मौका पाएको थिए । निज व्यक्ति टी हार्वाड २०६५ सालको कार्त्तिक महिनामा पनि आएर अनुसन्धान गरेर गएकाछन् ।

अन्तमा  मैले माथिको कुरालाई बर्णनगर्नुको तात्पर्य यो सुर्खेत उपत्यका क्षेत्र बौद्ध धर्मावलम्बीहरुको वस्ति थियो भन्ने र कांक्रेबिहार बौद्ध भग्नावशेष हो भन्ने प्रमाण देखाउन मगज खियाएको हुं । जे भए पनि सुर्खेत उपत्यकाको ऐतिहांसिक सम्पदा जिल्लाको मात्रै नभएर देशकै सम्पदा हो भनेमा अत्युक्ति नहोला ।  यस्को सरंक्षण सम्बर्धन गर्न सुर्खेतवासीले पनि सकृय हुनुपर्छ  । यस्को पुनरनिर्माण गरे पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके नयां नेपाल बनाउन थप योगदान हुने थियो । यो धर्म निरपेक्ष लोक तान्त्रिक गणतन्त्रिक सरकारले यस तर्फध्यान देओस भन्ने अपील गर्दछु । सुर्खेतमा पाल्नुहुने सम्पुर्ण श्रद्धालु महानुभावहरुले यस्को पुनरनिर्माणको लागि आवश्यक ठान्नुभएमा यथासक्य दान गर्नुभएमा अवश्य सफल हुने विश्वास गरिएकोछ ।

Written By: जीवनकुमार शाक्य