Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

लाटीकोईली सुर्खेत जिल्ला महत्वपूर्ण गा.वि.स.

आज मैल लाटीकोईलीको बारेमा बयान गर्न बसेकोछु । पढनेलाई अचम्म लाग्ला यो लेखकले तात्तो न छारोको लाटीकोईली चरीको बारेमा केको बयान गर्न लागेको होला भनेर । तर सांच्चै हो यो कुनै चराको नाम नभएर एउटा बिशेष ठाउंको नाम हो । यद्यपि अहिले सम्म कोईली चरी लाटी हुन्छ भन्ने सुनिएको छैन र देखिएको पनि छैन । तर किम्बदन्ति भनाई अनुसार  कोईली नाम गरेको केटी लाटी भएकोले लाटीकोईली भनिएको भनिन्छ तिनै लाटी केटीको नाम बाट यो ठाउंको नाम रहेको भन्ने सुनिन्छ ।

Bulbule Gate, Surkhet नामको बारेमा किन चर्चा गर्न लागें आंखिर के महत्व छ र चर्चा गर्नुपर्ने यसो हेरौं न त । यो एउटा गाउं बिकास समितिको नाम हो । नेपालको मध्य पश्चिमान्चल क्षेत्र भित्र भेरी अंचल सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं.२ अन्तरगत पर्ने गाँउ विकास समितिको नाम हो । यो गा.बि.स.जिल्लाको १८ खण्डाल मध्य सबै भन्दा ठूलो खण्डाल अर्थात उपत्यका भित्र रहेको मात्रै नभएर नेपालकै ऐतिहांसिक महत्वपूर्ण गा.बि.स.हरु मध्य पर्दछ भन्दा अत्युक्ति नहोला । उपत्यका भित्र रहेको यो गा.बि.स.को २०५८ सालको जनगणना अनुसार जनसंख्या पुरुष ६४१७ महिला ६६०६ गरि जम्मा १३०२३ रहेकोथियो । २०४९ सालको निर्वाचनमा जनसंख्या ९७०६ रहेको थियो । तत्कालिन गा.बि.स.अध्यक्ष नेपाली कांग्रेसबाट डम्मरबहादुर जि.सी.हुनुहुन्थ्यो यो गा.बि.स.मा प्रतिबर्ष२.८ प्रतिशतका दरले जनसंख्या बृद्धि भएको देखिन्छ अरु गा.बि.स.को अनुपातमा सबै भन्दा धेरै जनसंख्या भएको गा.बि.स. हो । उक्त जन संख्या मध्य आदिवासी जनजातीहरुको कूल संख्या ३०३० रहेको पाईन्छ । जस्मा सबै भन्दा बढी थारुहरुको २१४४ देखिन्छ । यस गा.बि.स.मा नेवार जाती र खाम्पा जाती पनि रहेकोछ । यस्को सिमाना पूर्व र दक्षिणमा भेरी नदीले घेरेकोछ । उत्तरमा नगरपालिका र जर्बुटा गाविस पश्चिममा उत्तरगंगा गाविसको सिमाना रहेकोछ । यो गा.बि.स. नमुनाको रुपमा बहुजाती बहुभाषी बहुधार्मिक रहेको पाईन्छ । सबै भन्दा बढी बुद्धिजिविहरुले प्रतिनिधित्व पनि रहेकोछ । सुर्खेत उपत्यका प्रवेशद्वार पनि यहि गा.बि.स. हो । उपत्यकाको प्रवेश द्वार सुव्बाकुना हो  प्रवेष गर्ने बित्तिकै लाटीकोईलीको फांटहरु Deuti Murtiदेखिन्छन् । यहि गाबि.स.मा देशको चर्चित ऐतिहांसिक कांक्रेबिहार जंङ्गलको थुम्कोमा बौद्ध भग्नावशेष बिहार रहेकोछ । यो गाबिसलाई उपत्यकाको अन्न भण्डार पनि भनिन्छ । सुन्दर मनोरम दृष्यहरुले भरिपूर्ण यहां सुर्खेत उपत्यकालाई आवाद गर्ने थारुहरुको बाक्लो बस्ति रहेकोछ । शिक्षाको सबै भन्दा पूरानो १ शिव उच्च माध्यमिक विद्यालय, निजी अंग्रेजी माध्यमको विद्यालय शिब बिहार बोर्डिङ्ग स्कूल, ब्राईटल्याण्ड एकेडेमी, इम्मानुयल बोर्डिङ्ग स्कूल, आदर्शराज मेमोरियल इङ्गलिस स्कूल रहेकोछ भने २०६४ बैशाख देखि नवज्योती केन्द्र द्वारा विद्यालय संचालन भएकोछ ।  स्वास्थ्य सुबिधाको लागि एक इलाका स्वास्थ्य चौकी छ । सहकारी संस्थाहरुमा बौद्ध ग्रामिण, शिवविहार सहकारी र हिमाली बचत सकृय अवस्थामा रहेको देखिन्छ । खोर्के खोला र इत्राम खोला मिसिएर निकास हुंदै भेरीमा मिसिएकोछ । निकास सुर्खेत उपत्यका को सम्पूर्ण पानीको निकासहुने स्थल हो । परापूर्वकालमा यो सुर्खेत उपत्यका एउटा ठूलै ताल हुनुपर्छ भन्ने भुगोलविदहरु अनुमान गर्दछन् । जुन पानीलाई निकास भएर निकास गरेको भनिन्छ । यदि यो निकास थुन्नीयो भने सुर्खेत थुनिने निर्विवाद सत्य पनि देखिन्छ । यहां Bulbule Taal हिन्दुको आराध्य मन्दिर ऐतिहांसिक शिवालय, ऐतिहांसिक शक्ती पीठ देउती मन्दिर, बौद्ध गुम्बा , मुस्लिमहरुको मश्जिद र क्रिश्चियनको चर्च समेत रहेकोछ  भने नेपालमै चर्चित निरन्तर दश धारा बगिरहने चर्चित बुलबुले ताल पनि रहेकोछ । बुलबुले ताल वीरेन्द्रनगर नगरयोजना आरम्भ भएपछि यस्को स्वरुप फेरिएको हो । नत्र कुवां स्यानो पोखरी जस्तो पानीको बुलबुल चोबिसै घण्टा निरन्तर निस्किरहने भएकोले बुलबुले नाम रहन गएको हो । यो बुलबुलेको पानी जाडो याममा नुहाउंदा तातो भएको हुन्छ । यो पानी सिंचाईको लागि पनि लाटीकोईली गाउंलाई ठूलै सहयोग भएकोछ । लाटीकोईली गा.बि.स.को वडा नं.९ मा अवस्थित गङ्गामाला देउती बज्यैको प्रसङ्ग राजी जाती संग जोडिएको पाईन्छ । राजी जाती यस जिल्लाको आदिवासी जनजाती  हुन्  । बिक्रम सम्बत सातौ शताव्दी तिर यस जिल्लामा यिनिहरुको राज्य थियो । बाह्य मुलुकबाट आक्रमण गरेर पराजित भएपछि  जङ्गल पसेर कन्दमूलले जीवन निर्वाह गरेर बस्न थालेकाहुन् । काठको डुङ्गा बनाएर नदीमा डुङ्गा खियाएर मानिस तार्ने अनि माछा मारेर जीवकोपार्जन गर्न थाले । यिनिहरु बस्ने बिशेष गरि सुवाघाटहो । राजाराजीको रुपमा राज्य संचालन हुनेगथ्र्यो पछि आएर राजीको रुपमा परिवर्तन भयो । वास्तवमा राजीहरु बोटे जस्तो नभएर क्षेत्री हुन् भनिन्छ । २०६४सालको संबिधान सभा सदस्य निर्वाचन मतादाता नामावली अनुसार जम्मा २४ जना   राजी जाती देखिएकोछ ।


Deuti Bajai देउती बज्यैको उत्पत्तीको बारेमा किम्बदन्ती र जनश्रुतिको चलन अनुसार कुनै एक राजी नदीमा जाल खेलिरहेका बखत एक ब्राम्हणी कन्या  नदीले बगाएर ल्याएको जालमा परेर तिनलाई राजीले उद्दार गरि आफ्नो घरमै पालेर हुर्काए । ठूली भएपछि बिहे गरिदिन लाग्दा नमानेर अग्नीमा प्रवेष गरेर देह त्याग गरिन् । राजीलाई सपनामा आफु गङ्गामाला देवीको रुप धारण गरेको बताईन रे । गङ्गामालाको सात दिदी बहिनीछन् । गंङ्गामाला नयांगाउं पिपिरा सुर्खेत । बि.सं १९८६सालमा  भुरा राजी नामक पुजारीले पुजा गर्न थालेपछि थानी ब्राम्हणहरुले पाठो बली दिन थालेकोले पछि स्थानान्तरण गरेर पिपिरामा सारेको भनिन्छ । यस्ता थुप्रै भनाई जनश्रुति पाईन्छन् । यस बारेमा राजी पुजारी यसरी व्यक्त गर्नुहुन्छ । भेरी नदीमा माछा मार्न जांदा एउटी महिला जालमा पर्छ बिउंझेपछि म गङ्गामाला देउती हुं मलाई देउतीको रुपमा मन्दिरमा पुजा आराधना गरि भाकल गरेमा मनोकामना पूरा गरि दिन्छु भनेकाले राजीले पुजारी भई देउतीको सेवा गर्दै आएको हुँ ।

यस गाबिसको महत्वपूर्ण ऐतिहांसिक  पहिचान कांक्रेबिहार बारेः
Kakrebihaar Murti मध्यपश्चिमान्चल को सुर्खेत जिल्ला लाटीकोईली गा.बि.स. भित्र पर्ने सबै भन्दा उचाईमा अवस्थित कांक्रेबिहार उत्खनन्को समयमा लगभग ४०० फिटको परिधिमा फैलिएको २० फिट जति अग्लो थियो । यस कांक्रेबिहार परिसरमा एउटा नलंकर नामको बिहार थियो भनिन्छ । त्यसैको नाम बाट यो कांक्रेबिहार भएको भनाई रहेकोछ । २०६० सालमा पुरातत्व बिभाग द्वारा उत्खनन् गरिएको थियो । यो उत्खननको बेला स्थानीय व्यक्तिको रोहवरमा गर्नु पर्ने थियो तर त्यसो भएन । खास गरि २०२९ सालमा स्व.राजा वीरेन्द्रको सवारी भएपछि यस्को महत्व बढेको हो । त्यसपछि मात्रै यस्को संरक्षण तर्फ ध्यान गएको हो । १) यस भग्नावशेष बिहारमा शिखरयुक्त उतुङ्ग बौद्ध मन्दिर निर्मित भएको महसुस हुन्छ । त्यहां आमलकयुक्त स साना शिखर आकृतिका पाईएकाछन् । प्रा.डा. सूर्यमणी अधिकारी खस साम्राज्यको इतिहांस पृष्ठ१४६ - तर हिन्दुको मन्दिर, मुश्लिमको मश्जिद र इशाईको चर्च भने झै बौद्धको गुम्बा र बिहार हुन्छ । गुम्बा आकारको भएमा गुम्बा र भिक्षुहरुको आवास स्थान भएकोलाई बिहार भनिन्छ विद्वान पुरातत्वविदहरुले यस तर्फविचार पुगाउनु पर्नेहो । उक्त मन्दिरको जगको क्षेत्रफल ७२x७०.५,०४० बर्गफिट हुंदा त्य ठूलै मन्दिर  (बिहार) भग्नावशेष प्रतित हुन्छ । (हुन्छ होईन, हो) यस्ता ढुङ्गाको खानी नजिकमा कतै छैन भएपनि चारकुने भन्ने ठाउंमा छ तर त्यहां भएको ढुङ्गा संग मेल खांदैन –ले.मन्दिरको सिलिङ्गको बुट्टेदार प्रस्तर खण्ड पाईएकोछ त्यहांका प्रस्तर खण्डमा बुद्ध बोधिसत्व, देव, दानव पशुपंछी र सरिसृपका सुन्दरआकृत आलक तथा आमलक, चक्र, कलश, तोरणफूल लहरा, रथको पांग्रा उत्कृष्ट बुट्टाहरुले शोभायमान देखिन्छ । जोसुकै नव आगन्तुकहरुको लागि यो एउटा आर्श्चर्य लाग्ने सुन्दर कलात्मक मुर्तिहरुको दर्शन गर्न पाईन्छ । योगी नरहरिनाथले त्यसको तुलनामा पाटनको "कृष्ण मन्दिर शिलादृष्टिले व्दादशांश होला, Kakrebihar Murtiकलाकृतिले शतांश पनि छ कि छैन । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव (धरहरा) भन्दा अग्लो हुंदो हो । टुटे फुटेका लुप्तशेषर् इनै ढुङ्गा जोरे पनि आज शय हात अग्लो हुने ।
सयकडौं गजमा जग छ। वरिपरि मन्दिरोपकरण विशाल शिलाराशि थुप्रिएकोछ " भनि २०१२(१३ सालतिर टिप्पणी गरेका थिए । जहांसम्म मन्दिर (बिहारको) अनुमानित उंचाईको कुरा छ त्यो धरहरा जत्रो वा शयहात अग्लो नभएर जगको परिधि अलि बढी भएर पांच शिखरमध्य मुख्य शिखरको उंचाई लगभग ६५ फिटको हुन सक्ने देखिन्छ । यो भग्नावशेष उत्खनन् गर्दा केहि नभेटिनु अचम्म लाग्दो कुरा हो । यहां कुनै अभिलेख पाईएन भनिएको छ धेरै ठाउंमा अभिलेख चोरी भए झै यहांको पनि चोरी नभएको होला भन्न सकिन्न खस राज्यमा बौद्ध धर्म चरम उत्कर्षा थियो राजा क्रचल्ल वि.सं.१२६४(८०) र अशोकचल्ल-वि.सं.१३१२(३५)ले बौद्ध धर्म सम्बन्धि धेरै कार्यहरु गरेका थिए । बौद्ध धर्मलाई बदनाम गर्ने मटियामेट गर्ने कार्य बुद्धको शासन कालमा पनि बैदिकहरुले गरेका थिए प्रशस्त सताउने काम गरेका थिए । भनिन्छ अभिसमयालङ्का नामको बौद्धग्रन्थ सुर्खेत बाटै प्रतिलिपि गरिएको थियो भनिन्छ तर्सथ कांक्रेबिहार तेहा्रै शताव्दीमा संभवतः अशोकचल्लको राज्यकालमा वि.स.१३१२(३५)का गौरवपूर्ण दिनहरुमा निर्माण गरिएको थियो ।"-प्रा.डा.सूर्यमणी उपाध्याय (खस साम्राज्यको इतिहांस) एउटा मनन् योग्य कुरा के भने माथि जुन बौद्ध ग्रन्थकाको कुरा उल्लेख गरिएको छ त्यो त्रिपिटक वा अन्य कुनै ग्रन्थमा यस्को उल्लेख भएको पाईंदैन तर लङ्कावतार सुत्र भने अवश्य छ ।

कांक्रेबिहारका बौद्ध मुर्तिहरुः
यस कांक्रेबिहार बौद्ध भग्नावशेष बिहारका प्रस्तरखण्डमा अनगिन्ती बुद्धमुर्तिहरु कलाकृतिहरु उल्लेखनीयछन् लोकेश्वरहरु, बौद्ध चिन्ह, अष्टमङ्गल, बुद्धमुर्ति निकट हात्ती र बाघ समेत दर्शाईएको र ठूलो मूर्ति मायांदेवी र सानो मूर्ति नवजात शिशु शिद्धार्थको मानिएमा लुम्बिनी बनमा बुद्ध जन्मेको घटनासंग यसले तादम्य राख्ने देखिन्छ । अर्को एउटा प्रस्तरखण्डमा अंकित मूर्तिहरु बुद्धको "मारविजय"घटनासंग सम्बन्ध राख्दछन् अर्को शिलाखण्डमा सरस्वतीका पांच प्रतिमा अंकित गरिएकाछन् सरस्वतीलाई बुद्ध धर्ममा प्रज्ञापारमिता मानिन्छ । प्रज्ञापारमिता नभएर मन्जुश्री बोधिसत्व हुनुपर्नेहो किनकि प्रज्ञापारमिता भनेको एउटा ग्रन्थहो एउटा बोधिसत्वहरुको अभ्यास स्तर हो शाक्यमुनी बुद्धले १० पारमिता पार गर्नु भए पछि बुद्धको स्थितिमा पुगेकाहुन् ।

Surkhet Valley यस स्थान बाट सुर्खेत उपत्यकाको मनोरम दृष्यावलोकन राम्रो सित हेर्न सकिन्छ यो कून समयमा निर्माण भएको हो ऐतिहांसिक प्रमाण नभेटीएको पनिछैन लगभग ७०० बर्षअघिको भन्ने अनुमान गरिएकोछ ।
यस क्षेत्रमा क्रकुछन्द बुद्धले पदार्पण गरेको हुंदा क्रकुछन्द बिहार भएको हुनपर्छ भन्ने बौद्ध मत मान्नेहरुको भनाई रहेको छ ।

 

भवतु सब्ब मंगलम् ।

Written By: जीवनकुमार शाक्य, सुर्खेत