Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

सुर्खेती खेलकूदमा निराशाको वादल

केहि वर्षअघिसम्म खेलकूद र खेलाडीहरुको उर्वर भूमि मानिने सुर्खेतमा पछिल्ला केहि वर्ष यता खडेरी परेको अनुभूति भएको छ । एक त सुर्खेतमा ठूला र महत्वपूर्ण भन्नेखालका कुनै प्रतियोगिताको आयोजना पनि हुन सकिरहेका छैनन् भने पछिल्लो समययता सुर्खेतले  कुनै क्षेत्रीय, राष्ट्रिय या भनौ ठूला खेलकूद प्रतियोगिताहरुमा आफ्नो उपस्थितिलाई प्रशंसा योग्य बनाउन सकेको छ न त कुनै खेलाडीले गर्व गर्न लायक प्रदर्शन नै । यसो भन्दैमा नयाँ पुस्तामा राम्रा खेलाडीले नै छैनन् भन्ने पनि होइन । तर निरन्तर प्रशिक्षण र जिल्लास्तरमै पनि छिटपुट रुपमा खेलकूद प्रतियोगिताहरुको आयोजना नहुँदा नयाँ पुस्ताका राम्रा खेलाडीहरुले पनि आफूमा निखारता ल्याउन सकेका छैनन र आफ्नो दक्षता तिखार्न पनि पाएका छैनन । त्यसमा खेलाडीहरुको पनि केहि कमजोरी छ भन्नैपर्ने हुन्छ । किनकी अहिले सम्भावना बोकेका अधिकांश खेलाडीहरु पनि कि त कुनै सानो तिनो प्रतियोगिता हुने भएपछि मात्रै प्रशिक्षणमा जुट्छन कि टाइम पासको लागि मात्र भनेर ।

Pradip Raiएक जमाना थियो जतिबेला कराँते भन्ने वित्तिकै तेजु, सोना, प्रदिप राई र दिनेश पुरीको नाम पनिसंगै जोडिएर आउँथ्यो, जसले राष्ट्रियस्तरमै पदक जित्दै आफूलाई अब्बल दर्जाको खेलाडीका रुपमा स्थापित गरेका थिए । त्यसैगरी उसुमा रमेश तुलाधर स्थापित भएका थिए । सुर्खेतको फूटबल खेलमा पहिलो पुस्ता मानिने दीपककुमार राई, नवीन भण्डारी, गोवर्धन खड्का, जनक रावललगायतले जसरी फूटबलप्रति समर्पित भएर क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सुर्खेतको उपस्थितिलाई दमदार बनाएका थिए । दोश्रो पुस्ताका प्रल्हाद वीसी, भोला थापा, प्रकाश र प्रदीप शाक्यले त्यो इतिहासलाई केहि हदसम्म निरन्तरता त दिए र त्यसपछिको पुस्ताले भने त्यो विरासतलाई कायम राख्न सकेन । फलतः अहिले हुने ठूल्ठूला भनिएका प्रतियोगिताहरुमा सुर्खेतको उपस्थिति केवल औपचारिकता मात्र हुने गर्दछ । अरु पनि थुप्रै यस्ता खेलाडीहरुको नाम यहाँ छुट्न गएको छ जसको नाम लिनासाथ फूटबलप्रेमीहरु कुइनेपानीस्थित रंगशाला नगई धरै पाउँदैनथे । हुन त वर्तमान पुस्ताका केहि खेलाडीहरु पनि छन जसले धेरै सम्भावना बोकेका छन । खाँचो छ त केवल उनीहरुको निरन्तरता र समर्पणको । विक्रम खड्का, दिलिप वस्याललगायतका केहि फूटबल खेलाडीहरुबाट अझैं केहि आश भने गर्न सकिन्छ ।

पहिलो पुस्ताका चन्द्र गिरी, कृष्ण श्रेष्ठ, कुमार वस्नेत, अमर थापा मात्र हैन दोश्रो पुस्ताका चन्द्र विष्ट, मंगलसिंह श्रेष्ठ आदिको नामले विर्सनै लागिएको भलिवल खेल हेर्ने दर्शकको संख्या पनि उल्लेख्य हुन्थ्यो । तर अहिले भलिवल खेल्ने र हेर्ने संख्या औंलामा गन्ती गर्न सकिने जत्ति मात्र छ । तैपनि केहि पुराना खेलाडीहरु यसलाई निरन्तरता दिन र पहिलेझैं भलिवललाई पनि एउटा रोमाञ्चक र मनोरञ्जनपूर्ण खेलका रुपमा निरन्तरता दिन प्रयासरत छन, उनीहरुको यो प्रयासलाई स्याबासी दिनैपर्छ ।

Ramesh Tuladharएथ्लेटिक्समा सुर्खेतको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरसम्म आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने रामु वली र सोनी लिष्टन राईका नाममा बक्सिङको रिङमा छिर्नुअघि जो–कसैलाई पनि एकछिन घोत्लिन बाध्य पार्ने सुदिप राईको नाम सायदै अहिले कसैलाई याद होला । अन्य खेलका अरु खेलाडीपनि छन जसले आफूलाई मात्र हैन समग्र सुर्खेतलाई पनि राष्ट्रियस्तरमा चिनाउन सफल भएका छन । सबैको नाम लिएर यहाँ साध्य पनि लाग्दैन । तर आज ती सबैं खेलाडीहरु गुमनाम भएका छन । जीवन गुजाराका नाममा उनीहरु आम मानिसको भीडमा मिसिएका छन, हराएका छन । हिजो खेलकूदलाई नै भविष्य ठानेर यसैमा समर्पित भएका खेलाडीहरु आज खेलकूदमा भविष्य नै नदेखेर पलायन हुन थालेका छन । यो नै सबैभन्दा दुःखद् र विडम्बनाको कुरा हो । हुन त यो सुर्खेतका खेलाडीले मात्र नभई मलाई लाग्छ देशभरीकै सम्पूर्ण खेलाडीहरुले भोगेको कुरा हो ।

Dipak Rai सुर्खेती खेलकूद फष्टाउन नसक्नुको वैराग लाग्दो कारण हो प्रशिक्षक, प्रशिक्षण स्थल र प्रशिक्षण सामग्रीको अभाव । पक्कै पनि जसरी एउटा मान्छेलाई बाँच्नका लागि हावा, पानी र खानाको आवश्यकता पर्छ त्यसरी नै खेलकूदका लागि माथि उल्लेखित ३ चिजको नितान्त जरुरी छ जुन सुर्खेत अहिलेसम्मको स्थितिमा हेर्ने हो भने कहिल्यै पनि खेलाडीले सन्तोषजनक रुपमा प्रयोग गर्न पाए होलान । सरकारी नियुक्तिमा एक जमानादेखि फूटबलका प्रशिक्षकका रुपमा सुर्खेतमा खटाइएका सानु तामाङको प्रशिक्षण त परै जाओस दर्शन पनि कमै फूटबल खेलाडीहरुले मात्र पाए होलान । उनी नेपालगञ्जका रैथानै भएकाले होला उनको वसाईं सुर्खेतमा कम नेपालगञ्जमा बढी हुने गरेको गुनासो यसअघि बारम्बार खेलाडीवृत्तबाट नउठेको होइन । अहिले सुर्खेतमा फूटबलको प्रशिक्षक को छ भन्ने कुरा सायदै कसैलाई थाहा होला । जे जति सिकेका छन बुझेका छन खेलाडीहरुले आफ्नै बलबुताले भ्याएसम्म गरेका छन । बाँकी अधिकांश खेलहरुका प्रशिक्षकहरु त स्थानीय भएकाले र खेलाडीबाट मासिकGobardhan Khadka रुपमा उठ्ने थोरै भएपनि शुल्कले जीवन निर्वाहमा केहि मद्दत पुग्ने भएकाले पनि होला प्रशिक्षणलाई निरन्तरता दिएका छन । खेलकूद प्रशिक्षण स्थलकै कुरा गर्ने हो भने फूटबलका लागि कुइनेपानी नजिकैको मैदानलाई रंगशालाको रुप दिन झण्डै एक दशकअघि पूर्वबाट पश्चिम फर्किएको मैदानलाई उत्तर–दक्षिणतिर फर्काउनु र मैदानको तीनतिर अलि अलि इंट्टाको चाङलगाएर पर्खाल निर्माण गरिनुबाहेक अर्थोक केहि प्रगति हुन सकेको छैन । त्यसरी लगाइएका इँट्टापनि वरिपरिका मान्छेले उप्काउँदै लगेर आफ्नो घर,चर्पी बनाइसकेका छन भने रंगशालाको हालत कुनै भग्नावशेषभन्दा कम छैन । त्यो पुनःनिर्माणतिर कसैको ध्यान जान सकिरहेको छैन । केहि महिनाअघि मात्र फेरि इँट्टा थप्नका लागि १० लाख रुपैयाँ आएको छ भन्ने सुनिएको छ तर काम भने शुरु भएको छैन । अझ कराँते, ते–क्वान्दो र बक्सिनङलगायतका इन्डोर खेलको प्रशिक्षण स्थलका लागि भनेर बनाइएको कभर्ड हलका झ्याल ढोका कतिखेर झरौंला भने पर्खेर बसेजस्ता छन । कभर्ड हल हो कि बाख्रा थुन्ने गोठ छुट्याउन मुश्किल छ । जिल्ला खेलकूद विकास समितिका पदाधिकारी माथिबाट बजेट नआएको भन्दै पन्छिने गरेका छन । स्थानीयस्तरको पहलबिना माथिबाट कसले कसरी र कहिले बजेट पठाइ दिने हो अत्तोपत्तो छैन । भएका पूर्वाधारको हालत यस्तो छ भने खेलाडीलाई चाहिने अन्य खेलकूद सामग्री कत्तिको पाए होलान त्यो हामीले सजिलै अनुमान लगाउन सक्छौं ।

Teju Gurungअब एकछिन खेलाडीहरु पलायन हुनुका केहि कारणबारे चर्चा गरौ । सुर्खेतमा खेलकूद क्षेत्रको विकास नहुनुमा सबैभन्दा मुख्य कारण हो सीमित मात्रामा हुने खेलाडीहरुको पनि निरन्तरता नहुनु । खेलाडीहरुको निरन्तरता नहुनुको मुख्य कारण हो खेलकूदमै लागेर जीवनयापन गर्न नसक्ने स्थिति । एउटा खेलाडीले आफू समर्पित भएको खेलमा लागेर आफ्नै भविष्य देख्दैन भने त्यसलाई चट्टै छाड्नुको विकल्प पनि देख्दैन र रहँदैन पनि । जतिबेला पेटको कुरा आउँछ निश्चय नै त्यतिबेला खेलकूदको पदकभन्दा पेटको आवश्यक्ता ठूलो हुन्छ । र एउटा खेलाडीले त्यतिबेला आफ्नो पदकभन्दा पनि आफ्नो पेटको आवश्यकतालाई बढी प्राथमिकता दिन्छ जतिबेला राज्यले खेलाडीलाई प्राथमिकता दिन छाड्छ । खेल खेल्ने आखिर कस्का लागि । यो सवाल टड्कारो बनेर आउँछ त्यतिबेला । निश्चय पनि खेलाडीले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र भनेर आफ्नो जीवनकालका अमूल्य समय र दिनहरु खेलकूदमा लगाउँदैन । उसको त्यो मिहिनेत, लगन र परिश्रममा राज्य इज्जत प्रतिष्ठा र गर्व पनि जोडिएको हुन्छ । र, त्योसंगै जोडिएको हुन्छ राज्यको जिम्मेवारी, दायित्व र कर्तब्य पनि । जब राज्यले जिम्मेवारी, दायित्व र कर्तब्य बिर्सन्छ त्यतिबेला एउटा असल खेलाडी सामू आफ्नो वर्षौको मिहिनेतलाई थाँती राख्नुको विकल्प हुँदैन/देख्दैन । राज्यले खेलाडीलाई एउटा ट्याग दिएको छ, खेलाडी भनेका राष्ट्रका गहना हुन । तर त्यो गहनाको इज्जत भने त्यहि राष्ट्रले गर्न सकिरहेको छैन ।

Dinesh Puri अन्य जिल्लामा यदाकदा सुनिन्छ खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्थानीयस्तरबाटै पनि धेरै लगानी लगाव र मिहिनेत गरेको देखिन्छ सुनिन्छ । जस्तो केहि समयअघि मात्रै नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय भारोत्तोलन प्रतियोगिता कुनै सरकारी निकायको सहयोगमा नभै स्थानीय व्यापारीको पहलमा भएको थियो । यो त एउटा उदाहरण मात्रै हो । तर सुर्खेतको सन्दर्भमा भन्ने हो यस्ता कुरामा कोही व्यापारी, संघसंस्था, समाजसेवी वा खेलप्रेमीको ध्यान जान सकेको छैन अझ स्पष्ट भन्नुपर्दा यहाँ खेल र खेलाडीको सम्मान गर्न कसैलाई आउँदैन । त्यसैलेपनि खेलाडीहरुको मनोवल खस्किएको हो । कहिलेकाहिं सानोतिनो प्रतियोगिताको आयोजना गर्ने वा सक्दो रुपमा खेलाडीको सम्मान गर्ने हो भने सुर्खेती खेलकूदको भविष्य एकदमै उज्जवल छ । यसका लागि सरकारी निकायको मात्र मुख ताकेर बस्नुभन्दा स्थानीयस्तरबाटै कम्मर कस्नुपर्ने बेला भईसकेको छ ।

Written By: विनायक केसी