Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

बाणिज्य संघका अध्यक्ष श्री विष्णुबहादुर शाही सँगको कुराकानी

दैलख जिल्ला बाँसी गाविसमा २०२६ सालमा जन्मनु भएका विष्णुबहादुर शाही, दैलेखको डाडीमाडी स्थित हिमाल माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभएका शाहीले २०४२ साल देखि सुर्खेत जिल्लामा किराना पसलबाट आफ्नो व्यवसाय थाल्नु भएको हो । हाल सम्म विभिन्न कम्पनीका ऐजेन्सीको व्यवसाय गर्दै आउनु भएका शाही २०५८ सालदेखि व्यवसायी हकहितको संरक्षणको लागि संस्थागत रुपमा सुर्खेत उद्योग बाणिज्य संघमा आद्धव हुदै २०६६ सालमा संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रस्तुत छ सुर्खेतको व्यापारको अनि विकासका बारेमा गरिएको कुराकानी

नमस्तेः तपाई भरखरै ब्यापार संघ सुर्खेतको अध्यक्ष पदमा निर्वाचित भए पछी सुर्खेतको ब्यापार र जिल्लाको विकासका योजनाहरु के के रहेका छन्?
शाहीः सुर्खेत जिल्ला उद्योगको क्षेत्रबाट निकै पिछडिएको हुदाँ विभिन्न व्यवसायहरुलाई एकिकृत गरी सहकार्यको माध्यम बाट जिल्लालाई औधोगिक क्षेत्र बनाउने तिब्र इच्छ भए पश्चात हाम्रो नयाँ कार्य समितिले केही उद्योग स्थापना गर्न सकियो भनेर असार ४ गतेदेखि  ९ गते जिल्ला उद्योग बाणिज्य संघबाट औधोगिक भ्रमण गरेर आयौं त्यस पश्चात विभिन्न उद्योग कसरी स्थापना हुन्छ भन्ने थाहा पायौं । हाम्रो यो क्षेत्रमा प्रचुर मात्रा टर्पन टाइन घ्यु प्रशोधन केन्द्र, जडिबुटी प्रशोधन केन्द्र र स्टोन को उद्योग स्थापना गर्न सक्ने रहेको छ त्यसै गरी १५ जिल्लाको यस सदरमुकाममा पर्यटकीय क्षेत्रको पनि प्रचुर सम्भावना रहेकाले यहाँ देखि मुगुको राराताल, दैलेख लगाएतका ठाँउमा पर्यटक भित्र्याउनका लागि हर्रे देखि छिन्चु, धुल्याविट सम्म विभिन्न स्थानमा धार्मिक र पर्यटक क्षेत्रको जानकारी दिन त्कालै होडिङ बोर्ड राख्ने र  संघमा पनि सुचना केन्द्रको रुपमा एउटा डाट राख्ने योजना पनि रहेको छ । त्सतै वि.सं. २०११ मा पर्यटक महोसत्सव मनाउनका लागि क्षेत्रिय प्रशासकज्यूको संयोजकत्वमा एउट समिति बनेको छ त्यसमा हाम्रो संघले सदस्य सचिवको भुमिका निर्वाह गर्नेछ ।

नमस्तेः अब अहिलेको कुरा गरौ तराई तिर ब्यापारीहरुलाई अपहरण गर्ने फिरौती लिने चन्दा उठाउने कार्य भैरहेछ यहाँको ब्यापारीहरुको अवस्था के छ नी ?
शाहीः वास्तमा भन्नु पर्दा यो क्षेत्रमा त्यस्तो नभए पनि हामी पनि अछुतो भने रहन सकेको छैन् । व्यवसायिक रुपमा भन्नु पर्दा संक्रमणकालीन अवस्था भन्दा पनि झनै नाजुक रहेको छ किनभने अहिले आर्थिक मन्दीले पनि नेपालका ७५ प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा छ त्यसैले पनि हामी व्वसायीहरुको पनि व्वसाय पनि खस्कदो अवस्थामा रहेको छ ।

नमस्तेः तपाई अध्यक्ष भए यता सुर्खेतको व्यापारलाई राम्रो संग अगाडी बढाउन के कस्ता चुनौती हरुको सामना गरी रहनु भएको छ ?
शाहीः विषेशत सुर्खेतको भन्दा पनि देशकै व्यवसायमा राजनैतिक उथलपुथले वा राजनितीले स्थायित्व नपाउनु नै मुल कारण हो । अर्को कारण भनेको बन्द हडतालले व्यवसाय क्षेत्रले निकै नै मारमा परेको छ । त्यसैले चारैतिर चुनौती नै चुनौती छन्  । भरखरै हामीले ११ वटा च्याम्बरमा गरेको जुन अवलोकन भ्रमण गर्यौ त्यसमा हाम्रो नारा उदेश्य भनेको अब व्यवसाय क्षेत्र सडक क्षेत्र शान्तिपूर्ण क्षेत्र घोषणा हुनपर्दछ बन्द हडतालका कार्यक्रमहरुको अन्य हुनुपर्छ बन्दका रुपहरु परिवर्तन हुन पर्छ ।

नमस्तेः अध्यक्ष भएपछि तपाईले सुर्खेतबासीहरुका लागि सर्वपक्षिय भेला गरेर सुर्खेत बन्दमुक्त जिल्ला घोषणा गर्नुभयो तर सफल भएननी कमजोरी कहाँनेर भए होला ?
शाहीः वास्तवमा भन्नुपर्दा यो दुर्भाग्य नै हो । हामीले सुर्खेतलाई बन्द निषेधित क्षेत्र घोषणा गर्नु पर्छ भनेर पहल गर्यौ र सम्पूर्ण राजनैतिक दलहरुलाई संघमा आमन्त्रणा गरेर अब बन्दको नाममा बन्द गरेर ब्वसायीहरुलाई धरासायी गर्ने अवस्थामा जानु हुदैन सम्बन्धित क्षेत्रमा प्रभाव पर्ने गरी बन्दका रुपहरुलाई परिवर्तन गरिनुपर्छ अन्यथा हामी सम्पूर्ण व्यवसायीहरु पनि त्यसका लागि आन्दोलन गर्ने नआवस भनेर समन्वय गर्यौ वहाँहरुले पनि स्वीकार भयो तर १ महिना नपुग्दै बन्द शुरु भयो । त्यसका बारेमा छलफल गर्यौ तर राजनितिक दलहरुले यो माथीबाटै तय भएको कार्यक्रम हो भन्नु भयो र पनि हाम्रो पुरै टिम यो कार्यमा अझै लागेको छ ।

नमस्तेः तपाईको यो कार्यकालमा ठूला उद्योगहरु स्थापना हुने सम्भावनालाई के गरिरहनु भएको छ ?
शाहीः यसै सन्दर्भमा सुर्खेत उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघले संयूक्त प्रयास भनौ सम्पूर्ण च्याम्बरहरुको लागि सिमेन्ट उद्योग, जलविधुत र उर्जा सम्बन्धिको सम्भाव्यता अध्ययनका लागि साउनको १२ गते सुर्खेतबाट ५ जनाको गरि करिब १५० जनाको टिम चीन जादैछ । त्यहाँ हामीले विषेश गरि सुर्खेतमा सिमेन्ट उद्योग स्थापनाको लागि जोड दिन हामी त्याहाँ जान लागेका हौ साथै यस क्षेत्रमा साना जलविधुतको पनि प्रशस्त सम्भावना रहेकाले गर्दा लघु जलविधुत र सिमेन्ट उद्योगलाई विषेश गरेर हामीले यस क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भन्ने उदेश्यले संस्थागत रुपमा नभए पनि ब्यक्तिगत रुपमा आफ्नो खर्चमा हामी जान लागेका छौ ।

नमस्तेः त्यसका लागि पुर्वाधरहरु के के हुन नी ?
शाहीः त्यसका लागि पहिलो भनेको नै चौकुने सिमेन्ट हो । किनभने यो पटक पटक कुरा उठ्ने अनि कार्यान्वयन हुन नसक्ने भएकोले चीन सरकार संग हामीले पार्टनरसिप प्रोग्राम अन्तरगत केही चीन सरकार केही नेपाल सरकार र स्थानीय बासीको लगानीमा भएपनि तत्काल छिटो भन्दा छिटो चौकुने सिमेन्ट उद्योग जसरी पनि संचालन हुनपर्छ र अन्य उद्योगहरुपनि संचालनमा आउनु पर्छ भन्नेमा हाम्रो विषेश पहल रहेको छ ।

नमस्तेः मध्यपश्चिम क्षेत्रमा धेरै नै जडीबुटिहरु पाईन्छ । तर सुर्खेतका ब्यापारीहरुले यस्को फाईदा लिन सकेका छैनन् । तपाईको यो कार्यकालमा सुर्खेतमा नै जडिबुटी प्रशोधनशाला स्थापना गरे कसो होला ?
शाहीः गर्न सके निकै नै राम्रो हुन्छ त्यसका लागि हामीले उद्योग बाणिज्य महासंघमा यसकालागि कुरा पनी राखिसकेका छौ व्वसायीहरुले आफै नसके पनि अब त्यसका लागि फाइनान्सिएलको समस्या छैन् किनभने हाम्रो जिल्लामा अहिले प्रशस्त कमर्शियल बैंकहरु खुलीसकेका छन् त्यसैले पनि अब उद्योगहरु स्थापना गर्न सकिन्छ र त्यसका लागि हाम्रोले संघ अध्ययन थालीसकेको छ ।

नमस्तेः तपाई भन्दा अगाडीको कार्यकालमा सम्पन्न भएको महोत्सव सुर्खेतको हिसाब किताब पारदर्शी भएन भन्न् गुनासो छ । के अबको कार्यकालले त्यसलाई पूरा गर्ला ?
शाहीः त्यसबेला समयमा हिसाब सार्वजनिक गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो र पनि महोत्सवमा कुनैपनि आर्थिक हिनामिना भएको छैन् । म त्यतीवेला संघको प्रथम उपाध्यक्ष थिए साथै महोत्सवमा ठूलो आर्थिक पाटो स्टल कलेक्सनको जिम्मा पनि मेरै थियो पनि भएको हुनाले भन्छु कुनै हिनामिना भएको छैन बरु हामीले करिब १३ लाख जति बचाएर संस्थालाई दिएकाछौ । अब हामीले दोश्रो सुर्खेत महोत्सव २०६७ सालमा अर्को महोत्सब गर्ने जमर्को गरेकाछौ ।

नमस्तेः सुर्यबहादुर खड्काको भन्दा अगाडीको कार्यसमितिमा सर्वसम्मतबाट पदाधिकारी निर्वाचित हुन्थे त्यसपछिका कार्यसमितिमा भने सर्वसम्मत भएन फेरी अहिले तपाईको बामपन्थी प्यानलले बहुमत ल्याउन सकेन यस्तो बेलामा अन्य प्यानलका साथीहरुले कतिको सहयोग गर्नुभएको छ त ?
शाहीः तपाईले बडो महत्वपूर्ण प्रश्न राख्नु भयो । सुर्खेत उद्योग बाणिज्य संघको स्थापना २०३८ सालमा भएको हो । त्यसबेला देखिका सम्पूर्ण अध्यक्षज्यूहरुले जे जति काम गर्नुभयो त्यसको म सम्मान गर्न चाहन्छु । उहाँहरुले गर्नुभएका कामहरुलाई हामी सुर्खेत जिल्लालाई योगदान दिएको ठान्दछौ । रहयो निर्वाचनका कुरामा सर्वसम्मत हुनुपर्थ्यो हामी संघसंस्थामा लागेका ब्यापारीहरु त्सका स्वयमसेवक हौ । त्यसैले हामीमा कुनै तिक्तता छैन् हामीमा एकता छ किनभने हामी ब्यवसायीहरु व्यवसायको हकहितका लागि त्यस संस्थमा आवद्ध भएका हौ । निर्वाचनको क्रममा हामी जुन कित्ताबाट प्रशस्तु भएतापनि निर्वाचन पश्चात हामी व्यवसायीहरु व्यवसाय हकहितका लागि एक ढिक्का भएर लागेका छौ ।

नमस्तेः अब बजार बन्दको कुरा गरौ संघबाट प्रत्येक महिनाको पहिलो शनिबार बन्दको आह्वान संघबाट भएको छ । तर विभिन्न व्यवसायका बस्तुगत समितिहरुले आ–आफ्नै तरिकाबाट बन्द गरिरहेका छन् । एकरुपता  देखिएन नी ?
शाहीः प्रष्ट रुपका कुरा के भने हामीले विगतका दिनहरुमा प्रत्येक महिनाको १५ गते बजार बन्द गर्ने गरेका थियौ । अब व्वसायीकरुपमा के हो भने व्यवसाय बढ्दो रुपमा छ त्यसमा पनि व्यावसाय पहिला भन्दा फरक छ । खासमा हाम्रो संस्थागतरुपमा प्रत्येक शनिबार बजार बन्द गर्ने हो । यस्समा साना व्यवसायी जस्तै खुद्रा खाध्यान्न व्यापारीहरुले त्यसलाई तोडेर महिनाको पहिलो शनिबार बन्द गर्ने र अन्य ऐजेन्सी र ठूला ब्यावसायहरु प्रत्येक शनिबार बन्द गर्ने निर्णय भएको छ जस अनुसार ठूला व्यवसायहरु शनिवार नै बन्द गर्ने गरेका छौ । यस्मा व्यापारीहरुको पनि चेतना जानुपर्ने हो । हामीले एउट नियम बनाईदिने हो नियम नमान्नेलाई पुलिस प्रशासन लगाएर कारवाही भने गर्न मिल्दैन । हामी व्यवसायीहरुले ले संस्थाको मर्यादा गर्न सकेनौ भने संस्थाले पनि व्यवसायको मर्यादा गर्न सक्दैन् र व्यवसायहरुको हकहितको लागि पनि संस्था लड्न सक्दैन् त्यसैले व्यवसायीहरुले संस्था बचाउनु पर्छ र संस्थाले पनि व्यवसायीलाई बचाउनका लागि हर प्रयास गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

नमस्तेः हाल कति जना व्यवसायी यस संस्थामा आवद्ध छन् ?
शाहीः हाल हाम्रो संस्थामा आधिकारी साधारण सदस्य ९५२ जना र विशिष्ट सदस्य पनि छ । उद्योग बाणिज्य क्षेत्रमा एकदमै योगदान पुर्याएको र संस्थालाई आर्थिक रुपमा पनि सहयोग गर्न सक्नेलाई हामी विशिष्ट सदस्य प्रदान गर्छौ जुनकुरा हाम्रो विधानमा पनि उल्लेख छ । त्यस्ता सदस्य १ जना मात्र हुनुहुन्छ ।

नमस्तेः तपाईको कार्यकालमा आफुले काम गर्ने योजनाहरु कसरी गर्ने सोच राख्नु भएको छ ?
शाहीः निकै राम्रो प्रश्न राख्नु भयो । हामीले अल्पकालिन र दिर्घकालीन कार्य गर्नका लागि कुनै प्लानिङ गरेनौ भने काम हरु अघि पछि हुने भएकोले भदौको ३० र ३१ गते जि.टि.जेड संस्थाले हामीलाई प्लानिङ वर्कसप २ दिने कार्यक्रम हामीलाई दिदैछ । त्यसमा हामीले प्रत्येक बर्ष कामहरु कसरी गर्ने भन्ने वर्कसप गर्छौ त्यसको आधारमा संस्थालाई कसरी अगाडी बढाउने, व्यवसायीहरुलाई कस्तो किसिमको सुविधा दिने, यस क्षेत्रलाई विकास गर्नको लागि कुन कुन कुरामा पहल गर्ने भन्ने सारा कुराहरु लाई हामीले प्लानिङ अनुसार गर्ने निर्णय गरेकाछौ ।

नमस्तेः हाम्रो बजारमा बटुवा हिड्‌ने बाटोमा आधा भन्दा बढी ठाँउ व्यापारीहरुले आफ्ना सामान हरु राख्ने गरेका छन् यस्मा तपाई के भन्नु हुन्छ ?
शाहीः सर्वप्रथम त हामीहरु हाम्रो काम अरुले गरिदियोस भन्ने बानी छ । आफ्नो व्यवसाय गर्नको लागि अरुलाई अप्ठ्यारो पार्नु हुदैन । अब यस्कालागि हामीले बजार सरसफाई बजार व्यवस्थापन देखिका कुराहरुलाई केही भएपनि बजेट छुट्याई नगरपालिका संग सहकार्य गरी काम गर्नमा हामी ढृढ भई यस्सलाई कार्यान्वयन गर्ने पक्षमा छौ ।

नमस्तेः अब केही तपाईको पारिवारिक कार गरौ खाली समय तपाई कसरी विताउनु हुन्छ ?
शाहीः वास्तविक भन्ने हो भने मसंग खाली समय भन्ने छदै छैन् विहान ५ बजे मेरो ब्यापार शुरु हुन्छ । दिउँसो बाणिज्य संघ अनि विभिन्न संघसंस्थामा नै मेरो समय वित्ने गर्छ । मेरो खाली समय भनेको बेलुकाको टिभीमा समाचार हेर्नु नै हो ।

नमस्तेः पारिवारिक जीवन सफल भयो भने मानिसले सम्पूर्ण जीवनमा सफलता पाउँछ भनिन्छ । तर तपाईसंग खाली समय छैन् भन्नुहुन्छ । पारिवारलाई समय नदिदाँ कुनै कलह त भएको छैन् ?
शाहीः वास्तवमा निकै महत्वपूर्ण प्रश्न राख्नु भयो । हामी जुन यो बजार बन्द गरेकाछौ त्यो भनेकै परिवारलाई समय दिनलाई हो । त्यो दिन म आफ्ना परिवारसंग ३/४ घण्टा समय विताउने गर्छु ।

नमस्तेः समग्रमा भन्नुपर्दा सुर्खेत जिल्ला र स्थानिय व्यापारीहरुको उद्योग बाणिज्य संघको भूमिका के कस्तो हुनुपर्ला ?
शाहीः विकास अनि उद्योका कुरा गर्दा एक्लो उद्योग बाणिज्य संघले केही गर्न सक्दैन सम्पूर्ण व्यवसायी साथीहरु एकजुट भयौं भने सम्पूर्ण काम गर्न सक्छौ हाम्रो एकजुटको उदाहरण भनेको २०६४को सुर्खेत महोत्सब हो । त्यसै अनुरुप हामी सम्पूर्ण व्यवसायी सुर्खेतबासी एक जुट भयौं भने सुर्खेतको विकास भन्ने असम्भव छैन् त्यसैले हामी व्यवसायी एकजुट भएकाछौ आशा छ यो ३बर्षे कार्यकालमा केही न केही गर्न सक्छौ हाम्रो पहिलो ठूलो सपना भनेको नै चौकुने सिमेन्ट उद्योग हो । यो पुरा भयो भने सुर्खेतको आर्थिक स्थितीमा ठूलो सुधार आउने छ ।

नमस्तेः अन्त के व्यवसायीहरुको तर्फबाट सन्देश दिन चाहानुहुन्छ ?
शाहीः सम्पूर्ण व्यवसायीहरुलाई काँधमा काँध मिलाई हिड्ने वातावरण सरकारले गरिदिनु पर्छ । चाहे त्यो धुम्तीमा पसले नै किननहोस ढुक्कसंग आफ्नो ब्यवसाय संचालन गर्न पाउनु पर्छ । हाम्रो ब्वयसाय सुचारुरुपले संचालन भयो भने राज्य पनि सुचारुरुपले संचालन हुन्छ । त्यसैले हामी सम्पूर्ण व्वयवसायीहरुलाई निर्भएका साथ व्यवसाय संचालन गर्ने वातारण तयार गरिनुपर्छ ।

नमस्तेः एकदमै व्यस्तताका बावजुद पनि हामीलाई समय दिनुभयो त्यसकालागि तपाईलाई धेरै धेरै धन्यवाद ।
शाहीः यसरी मेरै अफिसमा आएर २,४ वटा कुरा राख्न मौका दिनुभयो यहाँलाई पनि धन्यवाद । तपाईहरुको वेभसाईटबाट अब हाम्रा व्यवसायीहरुलाई अबदेखि यस क्षेत्रलाई शान्त र बन्दमुक्त गर्नुपर्छ भन्ने सन्देश जाओस । धन्यवाद  

Date of Interview: 2009-07-23

Interview By: Prawash Shakya