Welcome To Surkhet Valley
Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.
Surkhet, young and dynamic state is moving
Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".
Kanti Adhikari

२०११ साल पौष २२ गतेका दिन बुवा स्व. मानिकलाल शाक्य र आमा श्रीमती अष्टमाया शाक्यको कोखबाट जेष्ठ सुपुत्रको रुपमा रुपन्देही जिल्लाको बुटवलमा जन्मिनुभएका श्री जीवनकुमार शाक्य २०४० साल देखि सुर्खेतमा स्थाई बसोबास गरी निजामती कर्मचारी पत्रकार अनी समाजसेवी भएर सेवा गर्दै आउनु भएका श्री जीवनकुमार शाक्य संग सुर्खेत जिल्लाकै सेरोफेरोमा रहेर गरिएको कुराकानी नमस्तेसुर्खेतः बुटवलमा जन्मीएको व्यक्ति कसरी सुर्खेतमा आईपुग्नु भयो ? अनि धेरै बर्षदेखि सुर्खेतमै हुनुहुन्छ ? हो म बुटवलमा जन्मेर बिभिन्न परिस्थितिहरु सित संघर्ष गर्दै सुर्खेतमा कर्मोथलो बनाएर बसेकोछु । २०२७ सालमा एस.एल.सी.को परिक्षा दिएपछि आमाबुवाको साथमा बसाई सरेर नेपालगंज आई आईपुगें । घरायसी समस्याले गर्दा दिनमा प्रेसमा काम गरेर १० कक्षा महेन्द्र मा.बि.मा रात्री कक्षामा पढें । २०३० सालमा फेरि एस.एल.सी परिक्षा दिएर सुर्खेत आएको थिएं । २ बर्ष शिक्षकमा जागीर खाएपछि २ बर्ष प्रहरीमा जागीर खाएं । २०३४साल देखि फेरि निजामती तर्फ खरिदारमा जागीर खाएपछि २०४० सालमा सरुवा भएर सुर्खेत आएदेखि यहिं छु । नमस्तेसुर्खेतः तपाईं त कर्मचारी भएर पनि पत्रकारिता गर्नुहुन्थ्यो नि । सरकारी कर्मचारी भएर पनि कसरी पत्रकार हुनुभयो ? २०३४ सालमा बझाङ जानुपर्दा "निष्पक्षध्वनी" साप्ताहिकको सम्बाददाता हुने मौका नेपालगंज पूर्णलाल चुकेज्यूले दिनुभयो त्यतिबेलामा मलाई सरकारी कर्मचारीले पत्रकार हुन पाउंदैन भन्ने थाहा थिएन बझाङ जस्तो बिकट ठाउंको समाचार सम्प्रेषण गर्ने मौका पाएं साथ साथमा आफ्नो कबिता रचनाहरु पनि समावेश गर्ने मौका पनि पाएं । नमस्तेसुर्खेतः त्यो बेला त पंचायति व्यवस्था थियो तपाईंलाई समस्या भएन ? नहुने त कुरै थिएन तर मैले आफुलाई पत्रकार भनेर परिचय दिन्थेन समाजमा भएमा खराब कुराहरुको, कार्यालयका भ्रष्टाचारका कुराहरु, अपराधलाई उजागर गरें । थुप्रै धम्कीहरु पनि पाएं । पत्रकारिता बाटै बालाराम शर्माजीले संघर्ष गर्नुभएको थियो । सुर्खेतमा मैले सुरुवातमा पत्रकार भनेर चिनेका पुराना पत्रकार भनेको टंकप्रसाद भट्टराई हो । अहिले पेशागत रुपमा थुप्रै युवा पत्रकारहरु छन् समय अनुसार सबै परिवर्तन भयो परिस्थिति पनि बदलिंदै गयो । नमस्तेसुर्खेतः पत्रकारताबाट कति पारिश्रमिक पाउनुहुन्थ्यो र पत्रकारिताबाट जिविको पार्जन हुन सक्छ ? मैले मोफसलमा पत्रकारिता गरेर अनुभव बटुल्ने मौका पाएं राष्ट्रिय समाचार समितिमा हुंदा मासिक ३०० पनि भएन अन्य पत्रिकामा समाचार सम्प्रेषण गर्दा आफ्नै खर्चले आ.वा. ट्रंकल, रजिष्ट्री, डकुमेन्ट गरेर पठाउंथें । मातृभूमि साप्ताहिकले र जनआस्था साप्ताहिकबाट संचार खर्च भनेर डकुमेन्टको खर्च पाउंथे अरु कुनै पनि पत्रिकाबाट पाईन । कान्तिपुर दैनिकको सुरुवात देखि २ बर्षजति समाचारदाता हुने मौकापाएं पछि साथीहरुको खुराफातले अवसर गुमाएं । पत्रकारिताबाट जिविको पार्जन आजभोली अरुको भैरहेको देख्छु सुधार हुंदै जाला बिस्तारै । नमस्तेसुर्खेतः तपाईं त कलाकार र साहित्यकार पनि हुनुहुन्छ कहिले देखि कलाकारिता गर्नुभयो नमस्तेसुर्खेतः अनि समाजसेवा पनि गर्नुभयो यस तर्फकेहि प्रकाश पारि दिनुहोस न ? हो म विद्यार्थी देखिनै हास्य अभिनय गर्थे, कबिता कथा, नाटक लेख्ने र मन्चन गर्थें । २०३१ सालमा "अन्तिम अभिलाषा" नाटक लेखेर सुर्खेतमा मन्चन गरेको थिएं । "प्रतिबिम्ब" पनि मन्चन गरेको थिएं "ढुङ्गा जस्तो माया" कथा लेखेर भिडियो फिल्म पनि निर्माण गरें । तर दुःखलाग्दो कुरा बाहिरीयाले गरेको सुर्खेतमा कुनै मूल्यांकन हुंदैन । "शाक्यमुनी बुद्ध र उहांको शिक्षा" र "सुर्खेत एक चिनारी" पुस्तक लेखें कुनै मूल्यांकन भएको पाईन । हुन त मलाई कुनै राग र द्वेष छैन । गरीब मानसिकता भएपछि के लाग्छ र इतिहांस मेटाएर मेटिन्न । चार बर्ष वीरेन्द्रनगर जेसीजको माध्यमबाट समाज सेवा गर्नेमौका पाएं । २०४१ साल देखि रेयूकाईको माध्यमबाट समाज सेवा गर्ने मौका पाएं, नेपाल पत्रकार महासंघ सुर्खेतको स्थापनाकाल देखि सदस्य भएर सचिव र कोषाध्यक्ष हुने मौका पाएं, हाल नेवा देय् दबु (नेवार राष्ट्रिय संगठन)सुर्खेत शाखाको अध्यक्षको स्थापना गरेर नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुर्खेतको कार्यसमितिको सदस्य हुने मौका पाएर अभ्यास गर्ने मौका पाएकोछु । स्थानीय पत्रिकाहरुमा आफ्नो लेखहरु मार्फत बौद्ध दर्शन लगाएत समसामयिक बिषयमा समाजमा आफ्नो बिचार सम्प्रेषण गर्ने मौका पाएकोछु । त्यस्तै स्थानीय पत्रिकाहरुले लेखकहरुलाई न्युनतम पारिश्रमिक दिएर प्रोत्साहन गर्न सकेमा राम्रो हुने थियो । पत्रिकाहरुमा मेरो लेख राखिदिनुहोस भनेर अनुरोध गर्नुपर्ने अवस्था छ । सुर्खेतमा मैले समाज सेवा र पत्रकारिता बाट स्थापित हुने मौकापाएकोछु । नमस्तेसुर्खेतः भिडियो बाट र पुस्तक प्रकाशनबाट नाफा गर्नुभयो होला नी ? सर्बप्रथम त मैले नाफा होस भनेर धन कमाउने मेरो उद्देश्य थिएन । केवल आफ्नो विचारलाई जीवन दिने प्रयास गरेको थिएं । रह्यो नाफाको कुरा नाफा त के कुरा लगानी पनि उठ्न सकेको भए राम्रो हुन्थ्यो । अरुको प्रकाशनलाई मैले किनेर लिएं तर मेरो उहांहरुले किन्न सक्नुभएन संस्थाहरु तथा राजनैतिक व्यक्तित्वहरु र गा.बि.स.हरुबाट समेत सहयोग पाउन सकिन । सुर्खेत एक चिनारी प्रकाशन गर्न मैले प्रशस्त मेहनत गरें । थुप्रै कुरा छुटेको पनि छ आफ्नो विवरण छुट्यो भनेर कतिपय रिसाउनु पनि भयो । हुन त म अन्तरयामी होईन सबैको बारेमा जानकारी गर्नसक्ने । पत्रिकामा दुई दुई पटक विवरण पाउन त्रिज्ञापन गरेको थिएं । उपलव्ध भए सम्म र भेटीए सम्म सबैको समाबवेश गरें कुनै पक्षपात गरेकोछैन । मेरो किताबलाई तरकारीको जस्तै मोल तोल गर्नुभयो साथीहरुले कसैले निशुल्क पाउनुपर्ने पनि भन्नुभयो । मलाई साथीहरुको वैचारिक स्तर प्रति विचरा भन्न मनलाग्यो निशुल्क वितरण गर्न सकेको भएपनि हुन्थ्यो । कति साथीहरुले पछि दिन्छु भनेर दुई बर्ष बित्दा पनि भुक्तानी पाईन । एउटा संस्थामा १० प्रति विमोचनको दिनमा लिएको लेखाशाखामा कमिशन नपाएकोले भुक्तानी नै पाईएन । "सुर्खेत एक चिनारी"मा वास्तवमै सुर्खेतको चिनारी देखाउने प्रयास गरेकोछु । नमस्तेसुर्खेतः त्यसो भए अब पुस्तक प्रकाशन र फिल्म निर्माण बाट निराश हुनुभयो ? म निराश भएको छैन । पुस्तक प्रकाशनको लागि सामग्री तयार अवस्थामा छ अलिकति पैसाको जोहो भएपछि प्रकाशन गर्छु अनि फिल्म निर्माण गर्ने धोको पनि पनि मेटिएको छैन समय आए पछि हुन्छ । नमस्तेसुर्खेतः तपाईंले त राजनीतिमा पनि हात हाल्नुभयो संबिधान सभा सदस्यको निर्वाचनमा सहभागि हुनुभयो के उपलव्धी पाउनुभयो ? हो मैले मौका पाएं । धन भएर धन खर्च गर्न राजनीतिमा लागेको पनि होईन । ठूला पार्ट भनाउँदाहरु सित प्रतिष्पर्धा गरेर जितुंला भन्ने आस गरेर लागेको पनि होईन । मलाई नेपाल मजदूर किसान पार्टीले मौका दिए स्थानीय साथीहरु र केन्द्रले पनि मौका दियो र जनताको माझमा पार्टी समाजवादी सिद्धान्तलाई राख्ने मौका पाएं । जनताको दुःख मर्मलाई नजिक बाट बुझ्ने मौका पाए । राजनीतिलाई किन फोहोरी खेल भन्दारहेछन भनेर बुझ्ने मौका पाएं दुखि गरीबहरु सामन्तिहरु बाट मुक्ति पाउन गाह्रो भएको महसुस गरें एक समन्तिको अन्त भएजस्तै भएकोछ र नव सामन्तिको उदय भएकोछ । नमस्तेसुर्खेतः बर्तमान राजनीतिलाई कसरी लिनुभएकोछ ? यो शिशु लोकतान्त्रिक गणतन्त्र हो । सबै अभ्यासमा जुटेकाछन् । नागरिक सर्बोच्चताको नाटक चलिरहेकोछ । पृष्ठभूमिबाट निर्देशकको निर्देशन अनुसार चलखेल भैरहेकोछ । राजनैतिक व्यक्तिहरुमा शील समाधी र प्रज्ञाको अभाव छ । आफ्नो हितको लागि जे पनि गर्न तयार हुन्छन् । देशको हितमा राष्ट्रिय स्वाभिमानमा अटल हुन सकेको भए हुन्थ्यो । आदिवासी जनजातीहरु एक हुन सकेकोछैन । सुर्खेतमा विश्व विद्यालयको लागि देश हांक्न सम्विधान सभामा प्रतिनिधित्व गर्ने हाम्रा छ जनाले इमान्दारी र संघर्ष गर्न सकेको भए ढिलाई हुने थिएन । पार्टी हुकुमका गुलामहरु विचरा के गरुन सत्यको राजनीतिलाई संचालन गरेको भए सुर्खेतवासीले दुख झेल्नुपर्ने थिएन । नमस्तेसुर्खेतः सुर्खेतमा विकासका पूर्वाधारहरु के के देख्नुहुन्छ ? विकासका पूर्वाधारहरु प्रशस्तछन् । चिङ्गघाट खोला राजनीतिको मुद्दामात्र भएकोछ र पृष्ठभूमिमा राखेर कमाईखाने साधन भएकोछ । झुप्रा खोला खानेपानी योजना दीर्घ राजनीतीको राम्रो स्थल भएको छ । भेरी नदीबाट उपलव्धी लिन सकिन्छ, कांक्रेबिहारको बिकासको लागि सरकारको तर्फाबाट बजेट बिनियोजन भएको छैन यस्को विकास भएमा पर्यटन विकासको राम्रो सम्भावना रहेकोछ, चमेरे गुफाँ बराह तालको विकास लगाएत त्यस्ता थुप्रै विकासका सम्भावनाहरुछन् । सुर्खेत जुम्ला सडक योजना चांडै पूरा हुनुपर्छ र मध्यपश्चिम विश्वविद्यालय अबिलम्ब संचालन हुन्छ विकासका सबै बाटोहरु खोलिंदै जान्छ । नमस्तेसुर्खेतः अन्तमा हाम्रो वेभसाईट मार्फत के सन्देश दिन चाहनुहुन्छ ? सर्वप्रथम त सुर्खेतको विकासको लागि हामी सम्पूर्ण सुर्खेतीहरु एकजुट हुनपर्छ हातेमालो गरी अगाडी बढेमा मात्र सुर्खेतको विकास सम्भव छ । नमस्तेसुर्खेतः अन्तरबार्ताका लागि हामीलाई समय दिनुभयो त्यसका लागि तपाईलाई धन्यवाद मेरो विचार पोख्ने मौका पाएकोमा नमस्ते सुर्खेत डटकमलाई धन्यवाद ।
Date of Interview: 2009-08-23
Interview By: Buddha Kumar