Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

गणेशभक्त गौतम संगको कुराकानी

गणेशभक्त गौतम अब आम सुर्खेतीहरुका लागि चिनाई रहनुपर्ने नाम होइन । कमारो, सहनाई रोइरहेछलगायतका आधा दर्जनजति भीडियो र टेलिचलचित्र र बन्धकी नामको ठूलो पर्दाको चलचित्रमा समेत अभिनय गरिसक्नु भएका गौतमले ढुंगाजस्तो माया नामको भीडीयो फिल्मको निर्देशन पनि गर्नुभएको छ । पेशाले निजामति कर्मचारी गौतमले अहिलेपनि आफ्नो रंगकर्मलाई संगसंगै डोर्याईरहनु भएको छ । २०३८ सालदेखि नाटकका विभिन्न विधामा आफ्नो बेग्लै पहिचान बनाउनु भएका गौतमसंग यस अनलाईनका लागि सहकर्मी प्रवाशकुमार शाक्यले गरेको कुराकानी ।

नमस्तेः तपाईको कलायात्रा कहिले देखी शुरु भयो ?
गौतमः म सानैदेखी नै नाँच्थे रे मैले नाचेको सबैले मनपराउँथे रे ! यसरी थाहै नपाएर कला क्षेत्रमा लागिएछ । जबदेखि होश सम्हाले आफै सानोतिनो कार्यक्रम गर्ने स्कुलमा पढ्ने वेलामा पनि गरियो र औपचारिक रुपमा मैले २०३८ सालमा केटीको भूमिकाबाट रंगमञ्चको अभिनय शुरु गरे ।

नमस्तेः तपाईको बुवापनि यस क्षेत्रमा भएकोले तपाईपनि यतैतिर लाग्नुभएको हो ?
गौतमः त्यो पनि सही हो । मेरो बुवापनि भजन लेखन गाएन साथै राम्रो तबला बजाउनु हुन्छ । दाईहरु पनि संगीतमा हुनुहुन्छ त्यसैले पनि म यसक्षेत्रतिर आकर्षित भएको हुँ कि जस्तो लाग्छ ।

नमस्तेः कलाक्षेत्रमा तपाइको सबैभन्दा रुची के मा रहेको छ ?
गौतमः मेरो रुची भनेको रंगमञ्च हो । अभिनय मेरो प्रमुख रुची हो साथै लेखन निर्देशन पनि गर्ने गर्छु । नाट्य विधा मेरो प्रमुख रुचीको विषय हो ।

नमस्तेः अहिलेसम्म कतिवटा जती नाट्क लेखन निर्देशन र अभिनय गर्नुभयो ?
गौतमः अहिलेसम्म मैले २० वटा जती नाटक लेखे अभिनय करिब १०० भन्दा बढीमा गरे भने निर्देशन करिव ६० जती गरे त्यसका अलावा केही विधुतीय संचार माध्यममा पनि काम गरे

नमस्तेः २०३८ सालदेखि यसक्षेत्रमा लागेदेखि अहिलेसम्म कति नाटकहरु राष्ट्रिय स्तरमा प्रदर्शन भएका छन् तपाईको ?
गौतमः २०५१ सालदेखि बर्षेनी जस्तो प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रियस्तरका नाटक महोत्सवमा भाग लिदैं आएका छौं र अहिलेसम्म नतिजा पनि राम्रै हात लागिरहेको छ । भर्खरै मात्र साँस्कृतिक संस्थानले आयोजना गरेको नाटक महोत्सवमा मेरो लेखन र निर्देशनमा रहेको सति कलशा नामक नाटकले सर्वोत्कृष्ट नाटकको उपाधि जित्न सफल भयो । अन्य प्रतियोगिता र नाटक महोत्सवहरुमा पनि उत्कृष्ट स्थान हात पार्न सफल भएका छौं ।

नमस्तेः आफैले लेखेको र निर्देशन गरेकामध्ये तपाईंलाई सबै भन्दा मन परेको चाहिं कुन हो ?
गौतमः आफ्नो सिर्जना त सबै नै राम्रा लाग्छन । जसरी एउटा आमाबुवालाई आफ्ना सबै सन्तानप्रतिको माया समान हुन्छ त्यसरी नै सर्जकका लागि सिर्जनापनि सबै प्यारा र राम्रा लाग्छन । सन्तुष्टिकै कुरा गर्ने हो भने मान्छे जब सन्तुष्ट हुन्छ त्यसपछि उसको सफलता र सिर्जनामा पूर्णविराम लाग्छ । त्यसैले म सन्तुष्ट भने छैन तैपनि आफ्ना सिर्जनामध्ये आम जनमानसमा बढी प्रभाव परेको र आफुलाई राम्रो लागेको नाटक युगारम्भ र त्यसपछि अहिले आएर सती कलसा हो ।

नमस्तेः तपाईलाई नाटक विधा अर्थात रंगमन्च र भिडियो चलचित्रमा तपाईलाइ कुन राम्रो लाग्यो र अभिनय गरेको पहिलो भिडियो चलचित्र कुन हो ?
गौतमः वास्तवमा यो दुईवटै विधा फरक हो मान्छेमा एउटा भ्रम के छ भने नाट्य विधालाई एउटा चलचित्रको पहिलो खुड्कीलो मान्ने गर्छन् पहिला नाटक अनी टेलिचलचित्र भिडियो चलचित्र हुदैं अन्तिममा ठूलो पर्दाको चलचित्रमा जाने गर्छन् । नाटकलाई चलचित्रको खुड्कीलो मान्नु भ्रम हो । यो विधा हेर्दा उस्तै लागेपनि यी दुबै फरक छन् । यिनीहरुको दुबैको स्वाद फरक हुन्छ । नाटकमा जीवन्त हुन्छ यो सजिव विधा हो । चलचित्रमा त्यो हुदैंन त्यसैले मलाई नाटक नै बढी मनपर्छ ।

नमस्तेः तपाईको पहिलो भिडियो चलचित्र कुन हो र कति वटा भिडियो चलचित्र निर्देशन गर्नुभयो ?
गौतमः वास्तवमा भन्नु पर्दा एक पटक भिडियो फिल्म बनाउने लहर नै चलेको थियो २०४६ सालतिर हो मैले कमारो नामक भिडियो चलचित्रमा अभिनय गरेको थिए र त्यसले चर्चापनि पाएको थियो । त्यसपछि टेलिफिल्म सहनाई रोइरहेछ, बस्ती मलाई खोजीरहेछमा खेले र ति टेलिफिल्म पनि चर्चित भए त्यसपछि गएर हाम्रै स्थानीय स्तरमा जीवनकुमार शाक्य दाजुको इच्छा र निर्माणमा स्थानीय स्रोतसाधनमा हामीले बढो मेहेनतका साथ नै हामीले ढुङ्गा जस्तो माया नाम निर्माण गर्यौ त्यसमा मैले निर्देशन गर्ने मौका पाए त्यसमा हामीले हामीसंग जे जस्तो स्रोतसाधन छ त्यसैलाई प्रयोगमा ल्याएर निर्माण गर्यौ त्यसलाई पनि मैले सफलताको रुपमा लिएकोछु ।

नमस्तेः तपाईलाई नाटक र भिडियो चलचित्र निर्देशनमा कुन राम्रो लाग्यो ?
गौतमः मलाई नाटक नै मनपर्छ किनभने नाटकमा प्रत्यक्ष र जीवन्त हुने काम गरिन्छ । चलचित्र भनेको कसैले शौख यात ब्यापारको लागि बनाउने भएकोले नाटकनै मनपरेको हो ।

नमस्तेः तपाई त ठूलो पर्दाको चलचित्र बन्धकीमा पनि खेल्नुभयो अनी चलचित्र महोत्सवमा नोमिनेशनमा पनि पर्नुभयो अनुभव के रह्यो ?
गौतमः फिल्म सफल भयो चर्चा पनि निकै पायो १० भन्दा बढि विधामा पुरस्कार नै पायो त्यो हाम्रोलागि खुशीको कुरा हो । त्यसमा खेलेका स्थानीय अभिनय गरेका करिव ८०प्रतिशत कलाकारले यो फिल्म स्थानीय ब्यक्तीले बनाएको हो भनेर आफ्नै घरको जस्तो काम सम्झेर गरे तर ति स्थानीय कलाकारको कुनै मुल्यनै भएन किनभने उनीहरुले पनि आफ्नो श्रम खर्च गरेका छन् उनीहरुलाई उचित पारिश्रमी दिनुपर्थ्यो त्यो भएन निर्माताले स्थानदिन खोज्नु राम्रो हो । तर सम्मान दिन जानेनन् ।

नमस्तेः तपाई नोमिनेशनमा परेको तर चलचित्र महोत्सव कार्यक्रममा देख्न पाईएन नी ?
गौतमः म त्यतिवेला आफ्नो सरकारी जागिरको सिलसिलमा जुम्ला जिल्लामा थिए । म नोमिनेशनमा परेको थाहापनि पाँए त्यतीवेला मलाई निकै खुशी लाग्यो किनभने म नेपालका चर्चित कलाकार मेरो सम्मानी व्यक्ती नीर शाह संग नोमिनेशनमा पर्नु भनेको मेरोलागि एकदमै गौरबको कुरा थियो । तर निर्माताको राम्रो रेस्पोन्स नभएका कारणले म त्यहाँ गइन ।  

नमस्तेः बन्धकी चलचित्र पछि तपाईलाई कुनै अरु चलचित्रमा अफर आयो की ?
गौतमः केही चलचित्रबाट अफर त आएको हो । त्यती खेर आफ्नो जागिरको कारणले पनि ती अफरलाई स्वीकार गर्न सकिएन फेरी चलचित्रमा खुट्टा तान्ने प्रवृतिले गर्दापनि मलाई काठ्माण्डौं गएर चलचित्र खेल्ने रहर पनि जागेन ।

नमस्तेः हाल सम्म नाट्य विधामा कतीजना चेलाहरु उत्पादन गर्नुभयो ?
गौतमः त्यसरी गन्ती त गरेको छैन् । धनगढी, भैरहवा, नवलपरासी लगाएत थुप्रै ठाउँमा तालिमहरु दिइयो । अहिले समूहहरु उत्पादन भएका छन् त्यो हिसाबले कती उत्पादन भए थाहाभएन तालिम लिएका साथीहरुपनि अहिले राष्ट्रियस्तरमा काम गरिरहेका हुनुहुन्छ । त्यसैले खुशी छु ।

नमस्तेः तपाई केही समय अगाडी बागिना समूहमा हुनुहुन्थ्यो तर अहिले आएर त्यो समूह छोडेर आरंग नेपाल नामक संस्था खोल्नुभएको छ । बागिनाको त तपाई संस्थापक नै होइन र ?
गौतमः वास्तवमा यो साह्रै दुखलाग्दो कुरा हो । मैले कहिले पनि कल्पना समेत गरेको थिएन २०५० सालमा आफैले स्थापना गरेको संस्थालाई छोड्नु पर्छ भनेर परिस्थित बस बागिना छोड्नु पर्यो । बागिनामा संस्थामा केही व्यक्ती हावी भएका कारणले हामी नाट्य विधाका साथीहरु त्यहाँ बसेर काम गर्न नसक्ने भएपछि हामीले विशुद्ध नाट्यकर्म गर्नका लागि त्यहाँबाट अलग भएर आरंग नेपालको स्थापना गर्यौ र अहिले हामी विशुद्ध नाट्यविधामा नै काम गरिरहेका छौं ।

नमस्तेः पहिला त तपाईहरुको संस्थाको नाम आरंग बागिना थियो अहिले नाम परिवर्तन गर्नुभयो किन ?
गौतमः खासमा कुरा के भने हामी जहाँजहाँ कार्यक्रम देखाउन गयौं त्यहाँ स्थानीयबासीले हामीलाई पहिला बागिनासंग सम्वन्धित भएकोले होला बागिना भनेर चिने त्यसरी आफै नाम जोडिएकाले त्यो हाम्रो साख हो भन्ने केही साथीहरु तर्क रहेकाले हामीले आरंग बागिना नाम राख्यौ पछि हामीले फेरी सल्लाह गरेर किन विवाद गर्ने हामी आफ्नै छुट्टै पहिचान बनाउ भन्यौ र आरंग नेपाल नाम जुरायौं ।

नमस्तेः आरंग नेपाल स्थापना भएदेखी अहिले सम्म कतिवटा नाटक मन्चन गर्नुभयो ?
गौतमः स्थापना भएपछि हामीले महत्वपूर्ण काम भनेको संविधानसभा सम्बन्धि जनचेतना जगाउनका लागि रोल्पा देखी बैतडी सम्म सडकनाटक यात्रा गर्यौ त्यसका लागि हामीलाई डबली थिएटर काठमाण्डौबाट पनि सहयोग भएको थियो । त्यस्तै हामीले विभिन्न जिल्लाको ४० स्थानमा महिला हिंसा सम्बन्धी सडकनाटक पनि गर्यौ भने स्वतन्त्ररुप, सामाजिक र राजनितिक भएको खुल्ला सडक नाटकहरुपनि धेरै गर्यौ । रंगमन्चमा हामीले सतीकलशालाई दैलेख, नेपालगंज र सुर्खेत लगाएतका ठाँउमा मन्चन सफल गर्यौ ।

नमस्तेः तपाईले नाटक लेखन, निर्देशन सम्बन्धी तालिम लिनु भयो की काम गर्दै जाँदा आफै सिक्नुभएको हो ?
गौतमः वास्तवमा भन्ने हो भने क्षमता, प्रतिभा भन्ने प्राकृतिक रुपमा नै हुँदो रैछ त्यसमा सिंगारपटार गर्ने काम भनेको तालिमले गर्दोरहेछ । मैले औपचारिक तालिम भनेको तत्काली नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानबाट १ बर्षे रंगमन्च कोर्ष लिएको छु । त्यस्तै ब्रिटस काउन्सीलले स्माल थिएटर सम्बन्धी दिएको तालिमलाई मैले महत्वपूर्ण लिएको छु । मैले आफ्नो आदर्श गूरुमा हरिहर शर्मालाई मान्छु । मैले उहाँबाट स्वाभिमान, जिउने कला लगाएत धेरै कुराहरु सिकेको छु ।

नमस्तेः कलाक्षेत्रका लागेको मानिसको आर्थिकस्थिती राम्रो हुदैंन भनिन्छ । त्यसैको कारणले कतै तपाईले सरकारी जागिर खानु भएको हो ?
गौतमः जागिर खाने मेरो ईच्छा त पटक्कै थिएन तर मेरो ३,४ पुस्ता नै सरकारी जागिर खाएको हुनाले मेरो जागिर पनि परम्परा जस्तै भयो । फेरी बुवाको ईच्छा पनि सरकारी जागिर अनी त्यतीवेला चलेको कलाक्षेत्रमा लागेपछि विग्रन्छ भन्ने हल्लाले पनि बुवाको करकापले सरकारी जागिरमा खाएको हुँ ।

नमस्तेः जागिरले तपाईको कलाक्षेत्रमा कतिको बाधा अड्चन गरेको छ त्यतीखेर जागिरनै छोडीदिँउ जस्तो भा छ की छैन् ?
गौतमः त्यस्तो लागेको छ । जती काम गर्न सकिन्थ्यो त्यती गर्न सकिएको छैन् राज्यले पनि आफ्ना कर्मचारीहरुलाई कर्मचारीको दखल भए अनुसारको ठाँउमा काम गराउन सकेको भए राम्रो हुन्थ्यो । त्यसैले बाधा अड्चन आउने गर्छनै ।

नमस्तेः तपाई सरकारी जागिर अनी कलाक्षेत्रमा हुनहुन्छ । परिवारलाई कसरी समय दिनुभएको छ ?
गौतमः वास्तवमा महत्वपूर्ण कुरा गर्नुभयो । सायद मेरो परिवार बुझ्न नसक्ने भएको भए परिवारमा संधै कलह हुन्थ्यो होला । फेरी अर्को कुरा मेरो कार्यालय पनि प्रत्यक्ष जनसरोकारको नभएको हुनाले पनि जागिरले पनि केही सहयोग गरेको छ । त्यसैले पनि परिवारलाई समय दिन त्यती गाह्रो भा छैन् ।

नमस्तेः सुर्खेतमा नाटकको प्रभाव कतिको भएको देख्नु हुन्छ ?
गौतमः सुर्खेतमा करिव १००बर्ष पुरानो रंगमन्चिय नाटकको इतिहास छ । अहिले आएर थुप्रै नयाँ पिडीहरु जुर्मुराएर आएका छन् ति सम्पूर्ण साथीहरुले आफ्नो कलालाई सही सदुपयोग गरेभने सुर्खेतको नाट्य भविष्य राम्रो छ ।

नमस्तेः सुर्खेतको कलाक्षेत्रको विकासमा आरंग नेपालको योजनाहरु के के छन् ?
गौतमः त्यसकालागि हामीले योजना बनाएका छौ । विभिन्न विद्यालयहरुमा तालिमहरु दिने प्रतियोगिताहरु गराउने र सुर्खेतमा क्षेत्रीयस्तरको कला सम्बन्धी कार्यालय स्थापना हुनहुर्छ । साथै हामी नाटक सम्बन्धीको एकेडेमी बनाउने सोचमा पनि छौं ।

नमस्तेः अन्तमा विदेशमा रहनुभएका नेपाली दाजुभाईहरुलाई के सन्देश दिनहुन्छ ?
गौतमः अन्तमा साह्रै राम्रो प्रश्न गर्नुभयो । वास्तवमा भन्नुपर्दा नेपालबाट विदेशमा रहनुभएका नेपाली दाजुभाईलाई मनोरन्जन दिन गईरहेका छन् । तर त्यसमा नाँचगान नै मात्रै हुन्छन् । म विदेशमा रहनु भएका दाजुभाईलाई के अनुरोध गर्न चाहन्छु भने नेपाली नाटकलाई पनि हेरेर माया गरिदिनुहोस त्यस्कालागि हामी तयार छौं ।

नमस्तेः अन्तमा आफ्नो व्यस्त समयबाट केही समय निकालेर हामीलाई दिनुभयो त्यसकालागि तपाई धन्यवाद र शुभ दिपावली २०६६को हार्दिक मंगलमय शुभकामना ।
गौतमः तपाईलाई र तपाईको वेवसाईटलाई पनि धन्यवाद मेरो मनका केही कुराहरुलाई वेवसाईट स्थान दिनुभएकोमा र शुभदिपावली २०६६को देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा मंगलमय शुभकामना ।

Date of Interview: 2009-10-08

Interview By: Prawash Kumar Shakya