Welcome To Surkhet Valley
Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.
Surkhet, young and dynamic state is moving
Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".
Kanti Adhikari

पिता परशुराम पौडेल र माता तिलाकुमारी पौडेलको कोखबाट २०३१ पौष ३१ का दिन सुर्खेतको वीरेन्द्रनगर इत्राममा जन्मिनु भएका प्रकाश पौडेलले २०४३ सालबाट रंगमञ्मा प्रवेश गर्नुभएको हो । पौडेलले हाल सम्म करिब ५ दर्जन वटा नाटकमा अभिनय गरिसक्नु भएको छ । त्यसै गरि वीरेन्द्रनगर नगरपालिकाको जिम्मेवार पदमा रही सुर्खेती जनताको सेवामा लागि पर्नु भएको छ । यसै सेरोफेरोमा रहेर हाम्रा वेवसाइटका सहकर्मी प्रवाशकुमार शाक्यले गर्नुभएको कुराकानीः नमस्तेः रंगकर्मी भन्नु भयो कहिले देखि यस क्षेत्रमा लाग्नु भएको हो ? नमस्तेः तपाईले अभिनय गर्नुभएको पहिलो नाटकमा के को भुमिका गर्नुभएको थियो ? नमस्तेः यो क्षेत्रमा तपाई विषेश कुन कलाकारबाट बढी प्रभावित हुनुहुन्छ ? नमस्तेः तपाईले नाटक लेखन निर्देशन गर्नुभएको छ कि छैन् ? नमस्तेः रेडियो, सडक तथा रंगमञ्को नाटकमा भिन्नता के पाउनु भयो ? नमस्तेः नाटक के हो र किन गरिन्छ ? नमस्तेः तपाईले त चलचित्रमा पनि अभिनय गर्नुभयो नी पहिलो चलिचत्र कुन हो नी ? नमस्तेः तपाई एउटा नगरपालिकाको कर्मचारी पनि हुनुहुन्छ कसरी नाटक खेल्ने समय मिलाउनु भएको छ ? नमस्तेः नगर पालिकाको कर्मचारी भएको नाताले कहिले काँही नगर क्षेत्रमा काम कारवाही गर्न जाँदा कुनै सम्झन लाएकका घटना छन् की ? नमस्तेः सुर्खेतमा नाट्य क्षेत्रको अवस्था कस्तो देख्नु भएको छ ? नमस्तेः तत्कालै कुनै नाटक गर्न लाग्नु भएको छ ? नमस्तेः नाटक के हो र किन गरिन्छ ? नमस्तेः तपाईलाई सुर्खेतको नाट्य क्षेत्रमा मनपर्ने कलाकारको हुनुहुन्छ नी ? नमस्तेः अन्तमा हाम्रो वेभसाईट मार्फत के भन्न चाहनु हुन्छ ? नमस्तेः आफ्नो व्यस्त समय निकालेर हामीलाई समय दिनुभयो त्यसकालागि तपाईलाई हार्दिक धन्यवाद । समाप्त 
पौडेलः सुर्खेती जनताहरुले मलाई विषेश गरेर दुई किसिमले चिन्ने गरेका छन् जस्तो लाग्छ । पहिलो रंगकर्मी र दोश्रो वीरेन्द्रनगर नगर पालिकाको कर्मचारीको हैसिएतले ।
पौडेलः रंगकर्म क्षेत्रमा मैले २०४३ सालदेखि एउटा हाँस्य पात्रबाट प्रवेश गरेको हुँ । पूर्णरुपमा मैले २०४७ देखि यो क्षेत्रमा निरन्तर लागिरहेको छु । रंगमञ्मा मेरो विधा भनेको नाटक हो ।
पौडेलः त्यस्तो लामो प्रशिक्षण त लिएको छैन् । केहि १ हप्ता, केही दिनको प्रशिक्षणहरुमात्र हो । बाँकी काम गर्दै जाँदा सिकियो ।
पौडेलः मलाई सम्झना छ । २०४३ साल तिर हो हाम्रो ईन्द्रेणी पुस्तकाल थियो त्यसैले आयोजना गरेको एउटा नाटकमा मैले चना चटपटे वेच्ने व्यापरीको रोल गरेको थिए । जुन सुर्खेतमा त्यतिवेला चना चटपटे व्यापारीले भन्ने गरेको थेगो "पेक वाला पेकिङ्ग वाला हरिया मटर" थियो । हो मैले त्यसैको भूमिका गरेको थिए ।
नमस्तेः हाल सम्म तपाईले कतिवटा नाटकमा अभिनय गर्नुभयो र सन्तुष्टी प्राप्त भएको नाटक कुन हो नी ?
पौडेलः त्यस्तै करिव ६० जती पुग्यो होला मै अभिनय गरेको नाटकहरु र मैले सन्तुष्टी पाएको भनेको सायद सुर्खेतको पहिलो सडक नाटक नै भन्नुपर्ला "म भनेको हामी" भन्ने र "युगारम्भ" हो ।
पौडेलः म विषेशत गुरुकुलका सुनिल पोखरेलबाट प्रभावित छु ।
पौडेलः मैले लेखन निर्देशन गरेको छु । रेडियो नाटक, विज्ञापन नाटक, सडक नाटकहरु छन् भने म संलग्न रहेको संस्था आरंग नेपालबाट प्रशिक्षण पनि दिने गरेको छु ।
पौडेलः रंगमंच र रेडियो नाटकमा थुप्रै भिन्नता छ, प्रस्तुतिकै कुरा गर्ने हो भने सडक तथा रंगमंचमा गरिने नाटकमा प्रशस्त तयारीहरु गर्नुपर्छ । सडक तथा रंगमन्चमा विग्रियो भने फेरी सपारे गर्छु भन्न सकिन्न तर रेडियोमा भने जति विग्रेपनी त्यसलाई सुधारेर गर्न सकिन्छ । त्यस्तै नाटक गर्ने स्थान एवं रंगमंचिय सामाग्री र भेषभुषा प्रयोगमा पनि भिन्नता छ। मंचं नाटकमा धेरै सामाग्री चाहिन्छ भने सडक नाटक म कम रेडियोमा यस्ता सामाग्रीको आवस्यकता पर्दैन। केबल स्वर एवं आवाजबाट नै सबै काम हुन्छ। त्यसैले मलाई सडक तथा रंगमञ्चको नाटक नै मनपर्छ ।
पौडेलः नाटक भनेको समाजमा भएका बिभिन्न घटनाक्रम (सामाजिक , राजनैतीक आदी) को यथार्थ चित्रण जसलाई सम्बाद, अभिनय भेषभुषा एवं रंगमंचिय सामाग्रीका माध्यम्बाट दर्शक , श्रोता र पाठक सामु राखिन्छ।।
पौडेलः हो मैले एउटा भिडियो र अर्को ठूलो पर्दाको चलचित्रमा अभिनय गरे मेरो पहिलो भिडियो चलचित्र जीवनकुमार शाक्यले निर्माण अनी गणेशभक्त गौतमले निर्देशन गर्नुभएको "ढुंगा जस्तो माया" हो भने ठूलो पर्दामा "बन्धकी" हो । पहिलो पटक "ढुंगा जस्तो मायामा" अभिनय गर्दा एउटा छुट्टै किसिमको पृथक अनुभव पाँए ।
नमस्तेः तपाईले अहिले सम्म अभिनय गर्नुभएको नाटकबाट कुनै अवार्ड पाउनु भएको छ ?
पौडेलः मैले अभिनय गरेका थुप्रै नाटकहरुलाई हामीले राष्ट्रिय स्तर सम्ममा मञ्चन गर्न अनी अवार्ड पाउन सफल पनि भएका छौं सामुहिक रुपमा तर व्यक्तीगत रुपमा कुनै अवार्ड हासिल गरेको छैन् ।
पौडेलः मैले प्राय नाटकको लागि समय साँझको दिने गरेको छु । बाहिर जानु परेमा कार्यालयका अन्य साथीहरुलाई काम सिकाएर विदा लिएर जाने गरेको छु ।
पौडेलः छन् नी कती पटक त्यस्तो भएको छ । कतीपयले भनेका छन् ओहो सर त यहाँ पनि नाटक खेल्न थाल्नु भयो की क्याहो भन्छन् । त्यस्तो वेला मैले भन्ने गर्छु हेर्नुस मेरो दुई वटा भुमिका छन् एउटा कलाकारिताको अर्को प्रशासनिक भनेर भन्ने गरेको छु ।
पौडेलः मैले यस्को बारेमा केही अध्ययनहरु पनि गर्ने मौका पाएको छु । जस अनुसार पुराना अग्रज भिमबहादुर बस्नेत, पदमबहादुर खड्का लगाएतका अनुसार सुर्खेतमा १९९० तिरपनि नाटकहुने गरेको पाएको छु । त्यसपछिका पिढीले पनि नाटकलाई अंगालेका छन् । तर यसैलाई कसैलेपनि पेशा बनाउन नसकिरहेको अवस्था छ ।
पौडेलः हामीले आँउदो माघ २४ गते बालकृष्णसमको जन्म जयन्तीमा समकै एउटा नाटक गर्ने जमर्को गरेका छौ ।
पौडेलः नाटक परिभाषा विभिन्न किसिमका छन् तर मलाई के लाग्छ भने नाटक भनेको वास्तवमा समाज, राजनैतिक लगाएत देशमा भैरहेको घटनाक्रमको चित्रण हो । जस्ले विभिन्न सकारात्मक सन्देशहरु प्रवाह गर्छ भने मनोरन्जन पनि दिन्छ । यसैका लागि पनि नाटक गर्ने गरिन्छ ।
पौडेलः सुर्खेतको सन्दर्भमा भन्नुपर्दा मेरो अग्रज र गुरु जस्ले मलाई समय समयमा सल्लाहहरु दिनुहुने श्री गणेशभक्त गौतम हुनुहुन्छ ।
पौडेलः अहिले जताततै प्रविधीको विकासको प्रभावले गर्दा आम मानिस चलचित्र, वेव लगाएत विभिन्न प्रविधी तर्फ आकर्षित भएका छन् । त्यसैले अभिनयको वास्तविक स्वाद लिनका लागि रंगकर्मलाई माया र सहयोग गरौं भन्न चाहन्छु ।
पौडेलः तपाईहरुलाई पनि धन्यवाद तपाईहरुको वेवसाईटमा केही कुरा राख्ने मौका दिनुभएकोमा साथै तपाईहरुको वेवसाईटको उत्तरोत्तर प्रगतिको कामना गर्दैछु ।
Date of Interview: 2010-01-14
Interview By: प्रवाशकुमार शाक्य