Welcome To Surkhet Valley
Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.
Surkhet, young and dynamic state is moving
Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".
Kanti Adhikari

लेख अनुशासन र प्रतिलिपी कानून –मौसम, सुर्खेत
आजभोली संचार जगतले व्यापकता छाएको छ देशमा अनगिन्ति पत्रिकाहरु पुस्तकहरु र वेवसार्इडहरु खुलेर पाठक तथा अध्यार्थीहरु विद्यार्थीहरुलार्इ सजिलो भएको अवस्थाछ । र्इन्टरनेट र साप्ताहिक तथा दैनिक पत्रिकाहरु अनेकौं स्तरीय लेख रचनाहरु पढन पार्इन्छ र दृष्यहरु पनि देख्न पार्इन्छ । लेखकहरुलार्इ लेख रचना कथा नाटकहरु तयार गर्न सरल पनि भएकोछ । कुनै पनि लेखकले लेख रचना कथा वा नाटक लेख्दा सन्दर्भ सामग्रीको आधार लिनु पनि आवश्यक नै हुन्छ र आधार सामग्री लिनुपनि पर्छ । आफ्नो लेख रचनालार्इ उच्च स्तरीय बनाउन यस्ले सघाउ पनि पुगाउंछ । तर यसो भन्दैमा सोझै पुस्तकबाट पत्र पत्रिका र वेभसार्इडबाट नक्कल गरेर आफ्नो नाउंमा प्रकाशन गर्नु उचित होर्इन र लेखकीय अनुशासन पनि होर्इन । आज भोली पत्र पत्रिकामा तथा र्इन्टरनेटहरुमा देखिने थुप्रै लेख रचना तथा चित्रहरु अन्यत्रबाट नक्कल गरेको पार्इन्छ । अर्थात वेभसाइडबाट सोझै डाउनलोड गरेर आफ्नो नाम अंकित गरेको देखिन्छ यो ठाडै चोरी वा डकैति नै भनेमा अत्युक्ति नहोला । मूलत: कुनै पनि श्रष्टाले मष्तिष्कको कृयाशिलताबाट उत्पादन गरेको सामग्रही बौद्धिक सम्पत्त हुन । त्यस्तो बौद्धिक सम्पत्तीको आविष्कार,खोज,विचार आदि हुन सक्छ जो अभिव्यक्ती भएर बाहिर निस्कन्छ । हाम्रो देशको बर्तमान अवस्था शलिवान हुन सकेको छैन । मानिसको मन उत्ताउलो र उच्छखलन भएकोछ । कसैको अभिव्यक्ती मूर्त र प्राणी बिहिन भए पनि परिस्थितिलार्इ उजागर गरेको हुन्छ । आजभोली कतिपय लेख रचनाकारहरु लेखकहरुले ठूलठूला ग्रन्थहरुबाट साभार गरेता पनि आफ्नै अभिव्यक्ती वा विचार बनाएर लेखेको पार्इन्छ । उदाहरणको लागि कतिपय बुद्धकालिन कथाहरु, बुद्धका उपदेशहरुलार्इ आफ्नै वाक्य वा आफ्नै रचना दर्शाएर उल्लेख गरेको पार्इन्छ । यसो गर्नु एउटा अनुशासित लेखकको उच्च स्तरीय विचार हुनै सक्तैन । कस्ले कहां कहां मूल्यांकन गर्न कस्ले चोर्यो वा नक्कल गर्यो भनेर अनुसन्धान गर्दै हिंडने । लेखकले वा स्रष्टाले आफ्नो कुनै विचार वा सामग्री उत्पादन गरेमा त्यस्को प्रमाण निर्माण गरिरहंदैन किनभने उस्को पबित्र विचार हुन्छ । त्यसैले कैयौं पुस्तकहरुको चोरी प्रकाशन,चलचित्रहरुको अनाधिकार प्रतिलिपी गरेर बिक्री गरिरहेको हुन्छन् जस्ले मूख्य श्रष्टा वा निर्मातालार्इ लाखौको क्षति भएको हुन्छ । एउटा असल लेखकले त्यस्तो तल्लो स्तरको काम गर्न सुहाउंदैन तर चोर ठग मानसिकता भएकोलार्इ यो संग के सरोकार । तर चोरी गरेर पनि आफैले उत्पादन वा निर्माण गरें भनेर ढुक्क लागेर नबस्दा हुन्छ किनकि समयको खेल कस्ले बुझ्छ । केहि नभए सम्म त केहि भएन तर जब कानूनको बलियो घेरामा पर्छ तब छटपटाउने बाध्यता बाहेक केहि हुंदैन । यहि श्रष्टाको अधिकारलार्इ सुरक्षित गर्न नेपाल सरकारले प्रतिलिपि अधिकार ऐन २०५९ जारी गरेता पनि अधिकाधिक लेखक तथा स्रष्टाहरु यस बारेमा अनभिज्ञ छन् । न त कसरी आफ्नो श्रृजनालार्इ कानूनको परिधिमा प्रतिलिपि अधिकार सुरक्षित राख्ने भनेर बुझ्ने र जानकारी लिने प्रयास नै गर्छन । वास्तवमा एउटा स्रष्टाले यस तफ ध्यान दिनु पनि नित्तान्त आवश्यक देखिन्छ । अत: प्रतिलिपि अधिकारको बिषयलार्इ लिएर आज विश्वका बिभिन्न देशहरुले अत्यन्त सम्बेदनशील बिषयको रुपमा लिन थालेकाछन् । के हो त प्रतिलिपि अधिकार र तत्सम्बन्धि अधिकार:प्रतिलिपि अधिकार भन्नाले स्रष्टाका त्यस्ता अधिकार बुझिन्छ जो साहित्य,कला,ज्ञान,बिज्ञान,सूचना प्रबिधि लगाएतका क्षेत्रमा मौलिक एवं बौद्धिक रुपमा स्रष्टा द्वारा सिर्जना गरिएका सिर्जनामा उत्पादन,पुनरुत्पादन,प्रचार,अनुकरण,संयोजन,अनुवाद,परिमार्जन,संशोधन गर्न पाउने स्रष्टाको एकलौटी अधिकार हुन्छ र जुन कानूनद्वारा प्रत्याभूत गरिन्छ । प्रतिलिपि अधिकार ऐन भित्रका केहि परिच्चछेद र दफाहरु यस प्रकार रहेकोछ ( परिच्छेद(१ को दफा १ २ मा परिभाषा को उपदफामा (क) मा रचना भन्नाले साहित्य,कला,ज्ञान( बिज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बोद्धिक रुपले प्रस्तुत गरिएका रचना सम्झनुपर्छ र सो शव्दले देहायका रचना समेतलार्इ जनाउंछ:( (१) किताब,पर्चा,लेख,शोधपत्र (२) नाटक,नाट्य(संगीत,मुक चित्र र यस्तै किसिमले मन्चनका लागि तयार गरिएका रचना,(३)शव्द सहित वा शव्द रहित सांगितिक रचना (४) श्रव्य दृष्य रचना,(५) आर्टिटेक्चरल डिजार्इन।(६) चित्रकला,पेन्टिङ्ग,मूर्तिकला,काष्ठकला,लिथोग्राफी र आर्टिटेक्चरल सम्बन्धी रचना (७) फोटोजन्य रचना .(८) प्रयोगात्मक कला सम्बन्धी चना (१०) कम्प्युटर प्रोग्राम ।परिच्छेद (२ दफा ३.मा प्रतिलिपि अधिकाको संरक्षणमा (१) कुनै पनि रचनालार्इ प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ ।दफा ४.मा प्रतिलिपि अधिकारको संरक्षण प्राप्त नहुने: दफा ३मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विचार,धर्म,समाचार,संचालन,विधि,अवधारणा,सिद्धान्त,अदालतको फैसला,प्रशासनिक निर्णय,लोक गीत,लोक कथा,उखान र सामान्य तथ्यांक जस्ता कुराहरुलार्इ व्यक्त वा बर्णन वा व्याख्या गरिए वा कुनै रचनामा समावेश गरिएको भए तापनि यस ऐन बमोजिमको संरक्षण प्राप्त हुने छैन । दफा ५. दर्त्ता अनिवार्य नहुने । (१) यस ऐन बमोजिमको अधिकार प्राप्त गर्न कुनैपनि रचना, ध्वनि अंकन,प्रस्तुति वा प्रसारण दर्त्ता गराउन अनिवार्य हुने छैन । भनेर उल्लेख गरेकोछ । परिच्छेद(३मा प्रतिलिपि अधिकार संरक्षणको अवधि उल्लेख गरेकोछ । परिच्छेद ४ मा अनुमति बिना प्रतिलिपि अधिकार प्राप्त सामग्री प्रयोग गर्न पार्इन अवस्था बारे दफा १६ मा यस प्रकार उल्लेख गरेकोछ दफा १६. व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पार्इने: (१) दफा ७ को खण्ड(क)मा जुन सुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि कुनै पनि प्रकाशित रचनाको केहि भाग पुनरुत्थान गर्न रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति आवश्यक पर्ने छैन । तर माथि उपदफा (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि ....पुनरुत्थान वा डावेसको सम्पूर्ण वा उल्लेखनीय हिस्सा डिजिटल ट्रान्समिसनको प्रकयाद्वारा पुरुत्थान गर्दा रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पर्न गइ पुरुत्थान गर्न पार्इन छैन । भनेर उल्लेख गरेकोछ । त्यस्तै गरेर लफा १७ मा रचनाको केहि अंश सत्कार्यको लागि रचयिताको वा प्रतिलिपि अधिकार धनिको अधिकारमा प्रतिकूल असर नपर्ने गरी अनुमति बिना नै उदाहरण गर्न पाइनेछ तर त्यसरी उदाहरण गर्दा रचयिताको नाम उल्लेख गर्नु पर्नेछ । भनेर उल्लेख गरेकोछ । परिच्छेद ५ मा प्रतिलिपि अधिकारको हस्तान्तरण को बारेमा दफा २४मा प्रतिलिपि अधिकार धनिले सबै वा केहि अंश लिखित सम्झैता गरी अरुलार्इ हस्तान्तरण कुनै शर्त तोकि वा नतोकि प्रयोग गर्न अनुमति दिन सक्नेछ उप दफा ३ मा हस्तान्तरण गरी दिएको अधिकार बाहेक अरु कुनै काम कारवाही गर्न पाउने छैन । परिच्छेद ६ को दफा २५मा उप दफा(१)मा कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम अधिकार उलंघन गरेको मानिनेछ :(.. अनुमति प्राप्त नगरी प्रतिलिपिहरु उत्पादन गरी विक्री वा सार्बजनिक संचार गरेमा वा भाडामा दिएमा ।दफा २७ मा संरक्षति अधिकारको उल्लंघन गरेमा दण्ड सजाय:(१) कसैले दफा २५ उल्लंघन गरेमा त्यस्तो गर्ने व्यक्तिलार्इ कसूरको मात्रा अनुसार दशहजार रुपैया देखि एक लाख रुपैयासम्म जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनेछ । त्यसरी दोश्रो पटक देखि पटकै पिच्छे बीसहजार रुपैया देखि दुर्इलाख रुपैया सम्म जरिवाना वा एक बर्ष कैद वा दुबै सजाय हुनेछ र त्यसरुी प्रकाशन वा पुनरुत्थान गरेको वा बितरण गरेको वा पुनरुत्थान गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुनेछ । भनेर उल्लेख गरेकोछ । ऐन कानूनमा जस्तो सुकै कडा सजाए उल्लेख गरेको भएतापनि लुकि चोरी प्रतिलिपि गर्दै बिक्री बितरण गरी अकूत धन कमार्इ रहेकोछ । उदाहरणको लागि कैयौं चलचित्रहरु डिभिडी तथा सिडी चक्कमा प्रतिलिपि गरेर निर्माताहरुलार्इ आघात पारिरहेको अवस्था छ भने र्इन्टरनेट वेभसार्इहरुमा प्रशारण भएका डाटा,लेख रचना, चित्रहरु लगाएत अन्य सामग्रीहरु प्रतिलिपि गर्ने अधिकार नदिए तापनि बिभिन्न उपाए गरेर जस्ताको तस्तै वा रचनालार्इ बंग्याएर प्रस्तुत गरेको पार्इएकोछ । यस ऐनको दफा ३६ मा रोक्का गर्न आदेश दिन सक्ने:...... सम्बन्धित विषयको निवेदन माग बमोजिम जिल्ला अदालतले यस ऐन विपरितको कुनै काम कारवाही तत्काल रोक्न मनासिव अप्ठयारामा सम्बन्धित व्यक्ती वा निकायलार्इ त्यस्तो काम कारवाही रोक्का गर्न आदेश दिन सक्नेछ । दफा ३७ मा सरकारवादी मुद्दा हुने :(१) दफा २७ र २८ अन्तरगत सजाय हुने मुद्दा सरकारवादी हुनेछ र सो मुद्दा सरकारी मुद्दा सम्बन्धि ऐन २०४९को अनुसूचि (१मा परेको मानिनेछ ।(२) यस ऐन अन्तरगतको मुद्दाको अनुसन्धान र तहकिकात कम्तिमा प्रहरी निरिक्षकले गर्नेछ । भनेर उल्लेख गरेकोछ । सुर्खेतमा यस घटनाको सम्बन्धमा केहि मुद्दाहरु चलेको पनि देखिन्छ जस्तै चलचित्र "बन्धकी"को गीतको रचनाकार सम्बन्धमा त्यसैगरी हालै सुर्खेतको पहिलो वेवसार्इड नमस्ते सुर्खेत डटकमको केहि महत्वपूर्ण लेखहरु सुर्खेतकै अन्य अनलार्इनले चोरेका छन् । नमस्ते सुर्खेत डटकमले सुर्खेत जिल्लालाई विश्व सामु चिनाउन अनि सुर्खेतको विकासमा काँध मिलाउन लागि परेको छ । त्यसका सम्पूर्ण टिमनै दिनरात भोकप्यास नभनि आफ्ना हातखुट्टा शरिरलाई प्रयोग गरि आफ्ना काम र कर्तब्यलाई गर्दै आईरहेको छ । सुर्खेत जिल्लाका विभिन्न ठाँउका बारेमा विश्व सामु जानकारी दिनकालागि सम्बन्धित ठाँउमा गई त्यहाँका स्थानीयबासी संग छलफल गरि लेखहरु लेखिएको हो । तर अहिले हाम्रै साईटबाट सुर्खेतकै अर्को अनलाईनले हुबहु कपी गरेर आफ्नो वेभसाईटमा राखेकोछ । यदी प्रतिस्पर्धा गर्नुनै छ भने स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ । त्यसै गरी हाम्रो साईटमा अमर्यादित शव्द प्रयोग गरेको मेल आएको छ । त्यैले अनुशासन शिष्टाचारलार्इ पालना गर्न हो भने एक आपसमा मिलेर सुर्खेतको समग्र विकासमा एकताबद्ध भएर काम गर्नु अत्युत्तम हुन्छ । जस्को लागि भगवान बुद्धले भन्नु भएकोछ " नहि वेरेन वेरानी सम्मन्तीध कुदाचनम्, अवेरन च सम्मन्ती यस धम्म सनन्तनो" अर्थात(" वैरभावले वैरभाव शान्त हुंदैन मैत्रिभावले मात्रै वैर भाव शान्त हुन्छ। यहि नै सनातन देखि चलि आएको धर्म हो भवतु सब्ब मङ्गलम्