Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

साहितà¥à¤¯ संगà¥à¤°à¤¹

"पक्कै मरिन्छ" - नाटक

स्थानः- कुनै पनि
समयः- रात बाहेक

मान्छेहरुको भिडभाड छ । एउटा व्यक्ति बीचमा उभिन्छ । उसको भेषभुषा सामान्य छ । मान्छेहरुको आपसी गुनगुन्माझ उ केहि उचो स्वरले बोल्न थाल्छ ।

सचेत मान्छेहरु । चुप लाग्नुस् होहल्ला नगर्नुस । हल्ला गर्ने गफ गर्ने समय छैन अब, कुरा गरेर गफ लडाएर अल्मलिइ रहने समय हैन यो । देशमा परिवर्तनहरु भइसकेका छन् । देशको राजनितिले भिन्दै मोड लिइसकेको छ । क्रान्ति अघिको देश अनि आम जनताको मनस्थितिमा उथुलपुथुल भइसकेको छ । यस्तो स्थितिमा हामी सबै सजग सतर्क रहनु पर्छ । तपाई हाम्रो जिम्मा लिएर देशको उन्नति र प्रगति गर्न गएका अगुवाहरुले कस्तौ बाटो समाइरहेकाछन् र राजनिति ...........

(युवकको प्रवेश)

युवकः- राजनिति साजनिति राजनिति, थुक्क राजनिति मलाई यो राजनितिसंग घृणा उठेको छ । राजनिति गरेर जनतालाइ ठगीखाने मलाई रिस उठेको छ । चुप लाग्नुस, तपाई यस्ता राजनितिका वाइहात कुरा नगर्नुस । भाषण गरेर देशको विकाश हुन्न महाशय, चौतारा खुल्ला मञ्च र सडकहरुमा हात हल्लाइ हल्लाइ चर्का चर्का भाषण गरेर जनताको रासनको मर्का पुरा हुन सक्तैन बुझ्नुभो ।

सचेतः- यहाँको परिचय

युवकः- (फिक्का हासो) परिचय ? मेरो परिचय? अनावश्यक मेरो के परिचय हुन सक्छ ? मेरो कुनै परिचयनै छैन, कि चोर डाका र गुण्डालाइ चिन्छन् मान्छेले ,

सचेतः- उनीहरुको लुटाइ पिटाँइबाट बच्न होला ।

युवकः- कि त नेतालाइ चिन्छन् नेतालाइ पार्टी नेतालाई  ।

सचेतः- चुनावताका गाउघरमा छ्याप्छ्याप्ती देखिने भएर होला हैन ?  उसो त टि.भी.सी.भी.मा पनि त देखिरहन पाइन्छ नि त

युवकः- कि त हिरो हिरोनी ......

सचेतः- हो हो लाजै नमानी सबैको अगाडी चूम्मा खाने, अङ्गालो हाल्ने, लडीबुडी खेल्ने, मडारिने ...

युवकः- मत यी मध्य केहि पनि परिन मलाइ कसरी चिन्ने मान्छेले ल भन्नुस त । अँ यो परिचय को कुरा छोड्नुस परिचय लेनदेनको समय हैन यो । अहिले त खाने पिउने मोज गर्ने समय हो । मर्ने दिन आइसक्यो महाशय मर्ने दिन । नचाहिने गफ गरेर यत्रो मान्छेहरुलाइ याहा नअल्मल्याउनुस सबैलाइ आ-आप्नो इच्छा पुरा गरेर मर्न दिनुस ।

सचेतः- (हल्का रिस) वाइहात कुरा त तिमी गर्दैछौ तिमी । काम कुरो यकातिर कुम्लो बोकी ठिमीतिर भन्या यहि हो । तिमीलाइ मात्र थाहा छ कि क्याहो बडो आफैलाइ दार्शनिक ठान्दोहो । सबै त मर्छन नि एक दिन कोपो यहा सधै बाचिरहन्छ र ।

युवकः- मैले त्यस्तो मृत्युको कुरा गर्या हैन महाशय, मैले त महा प्रलयको कुरा गर्या महाप्रलयको यो अथाह विश्व ब्रहृमाण्ड एकै पटक ध्वंसहुने कुरा गया । हो त्यहि भएर अहिले आदर्शका सिद्घान्तका कुरा गरेर अल्झिरहने समय छैन । यो त अन्तिम घडी हो, अहिलेको समय भनेको आ-आफ्नो परम इच्छा जे छ त्यहि पुरा गर्ने समय हो । तर्सथ छोडीदेउ यी मान्छेहरुलाइ । मान्छेहरु जानुहोस यो मान्छेको कुरामा नअल्झि रहनुस जानुस आ-आफ्नो परम इच्छा पुरा गर्नपट्टी लाग्नुस मर्ने समय नजिक आइसक्यो मर्ने समय ।

सचेतः- (रन्कदै) चुप लाग । अनावश्यक कुरा गरेर जगत दर्साउने पेशा तेरो हो भने छोड्देउ त्यस्तो पेशा ।

युवकः - मैले गरेको प्रचार हैन यो यो त पत्रिकामै लेखेको छ । नपत्याए हेरन यी (पत्रिका देखाउदै) अर्को महिनाको १ गते एउटा ग्रह आएर बृहस्पतीमा ठोक्कीने छ , त्यसबाट यति उर्जा पैदा हुने छ की जो आजसम्म पृथ्वीमा तयार भएका आणविक भट्टबिाट निस्केको ताप भन्दा लाखौं गुणा शक्तिशाली हुने छ । जुन ताप पृथ्वीले सहन गर्न सक्नेछन् फलतः डढेर भस्म हुनेछ ।

सचेतः- जोडले हाँस्छ ।

युवकः- (आश्चर्य) किन किन हासेको

सचेतः - तेरो कुरा सुनेर, ग्रह आएर ठोक्किने कहाँ ?

युवकः- बृहस्पतीमा

सचेतः- अनि मान्छे मर्ने चाहि पृथ्वीमा ? जे हुनु पर्ने हो त्यहि बृहस्पतीमा होला नि हामी पृथ्वीका बासिन्दा किन तर्सने ? उहि पनि हामी तर्सेर जतिनै हो हल्ला गरे पनि रोकिने हैन होला  क्यारे ।

युवकः- त्यो त ख्वै ?

सचेतः- यो सब पितपत्रकारिताको काम हो । पत्रकारहरु केहि मसला पाउदैनन् । अनि पत्रिका बिकाउन यस्ता वाइहात कुरा छाप्ने गर्छन । यो सरासर ठगी हो बुझ्यौ जनता माथि गरिएको ठगी । ढाटेर जनता तर्ससाउनेहरुलाइ.........

(भिडबाट पत्रकार निस्कन्छ)

पत्रकारः- खवरदार ? कसैको पेशागत कुरालार्इ इश्यु बनाएर सार्वजनिक वेइज्जत गर्न पाइदैन बुझ्नुभो ।

सचेतः- फेरि अर्का  को हरिलठ्क निस्क्यो । को हो तपाइ ?

पत्रकारः- म यो देशको पहरेदार हुँ, पत्रकार हु, सुतिरहेका जनतालाइ झक्झकाउनु व्युझाउनु सजग गराउनु मेरो काम हो । कुनै आधारहिन तथ्यहिन  खवर छापेर म चर्चामा आउन चाहान्न बुझ्रनुभो आइन्दा फेरि यसरी मेरो पेशागत कुरा माथि हिलो छ्याप्ने काम बिर्सेर पनि नगर्नु होला । अन्यथा म तपाइको बिरुद्घमा मुद्दा हाल्न पनि पछि पर्ने छैन बुझ्नुभो

युवकः- ओहो पत्रकार साप नमस्कार म तपाइलाइ भेट्न जादैथिए तपाइनै यहि आइपुग्नुभो, भन्नुस त भन्नुस के मरिने भनेको साच्चै हो त ? मलाइ त कस्तो डर लागिरहेको छ । अरुले भनेको पत्याएको थिइन पत्रिकामै लेखेको देखेपछि त मेरो त सात्तै गयो भन्या । कस्तो डर लागिरहेको छ भन्नुस भन्या पत्रकार साप के साच्चै मरिनै होला त ?

सचेतः- बेकारका कुरा गरेर लाटा सोझा जनतालाइ कर्त्तव्यपथबाट बिचलित गर्दैहुनुहुन्छ तपाइहरु । यो सरासर चोरी हो ठगी हो पत्रिका बिकाउनका लागि गरिएको राजनिति हो । मान्छेहरु पैसाकोलागि जति पनि गिर्नसक्दा रहेछन् । पत्रकार तर्फ कान खोलेर सुन तिमि, अधिकार पाए भन्दैमा मुलुकमा यस्तो संत्रास फैलाउन पाउँदैनौ तिमी । यस्तो खवर छापेर तिमी जनतालाइ तर्साउने ख्याक भैसक्यौ, हाँउगुजी भएकाछौ डराउन दिने ।

पत्रकारः- तँ साले गधा । (जाइलाग्छ युवकले समातेर तान्छ) भीडबाट पानी पानी को कारुणिक आवाज आइरहन्छ, सबैको ध्यान उतै केन्द्रित हुन्छ ।)

मान्छेः- पानी, पानी  (लरखराउदै प्रबेश गर्छ र बीचतिर पल्टन्छ ।)

(उनीहरु उतिर दौडन्छन् छामछाम छुमछुम गर्छन्, हल्लाउछन् ।)

सचेतः- हेलो, हेलो (व्युझाउने चेष्टा ) ल यो त मुर्छा परेछ । (युवक तिर) लल तपाइ गएर पानी लिएर आउनुस त  लहेर विचरा कहा जान हिडेको हो बाटैमा यो विजोक अब के गर्ने होला

(पत्रकार केहि लेखिरहेको छ अरुसंग सोधेको झै गर्छ । कागजमा टिप्ने काम गर्छ ।)

सचेतः- जानुस तपाइ पनि पानी खोज्न, के लेखेर बसीरहनुभा ? कि त मर्ने बित्तिकै तात्तातो खवर छापौला भनेर

पत्रकारः- चुप लाग्नुस फेरि तपाइ ।

सचेतः- लल तपाइ उता जानुस म यता जान्छु । (दुबै जान्छन्)
      

(भिडबाट) पानीमन्त्री जिन्दावाद भन्ने नारा दोहोरिरहन्छ पानीमन्त्री आफ्ना लावालस्कर सहित देखा पर्छ । एक जनाले छाता ओढाएको छ ।  अर्कोले अघि पछि धुलो झार्ने र झिगा धपाउने काम गरि रहेको छ ।)

चम्चा १ -  हा हा यो झिगा पनि कति मात्तेको भन्या मन्त्रीज्यूलाइ पनि नर्टेने जा भाग । पानी जे जस्तो समस्या भए पनि साता पन्ध्र दिनमा नुहाउने धुवाउने काम त भएकै छ नि फेरि यो झिगा केमा आकर्षित भएको छ कुन्नी?

चम्चा २ - ल ल सबै जना जम्मा भइसक्नुभएको रहेछ  ल यहिबाट शुरु गरे हुन्छ ल ल आदणीय बाजे वज्यै, जेठबा जेठीआमा बा आमा काइलाबा काइली आमा...............साली सोल्टी ...........

चम्चा १ - चुप लाग पागल, अँत सबैजनालाइ नमस्कार हाम्रो निम्तो स्वीकारेर पाल्नुभएकोमा धन्यवाद । अलि हतार छ के त्यहि भएर ..हे हे । मन्त्रीज्यु आज एउटा अन्तराष्ट्रिय स्तरको सौचालय उद्घाटन को काममा जानु पर्ने भएकोले....। ल त ल हाम्रा माननीय पानीमन्त्री श्री जलजलानन्द जलेश्वर जलोपाद्यायज्युबाट हाम्रा सामु अति महत्वपूर्ण अमृतमय वाणीहरु राख्न जादैहुनुहुन्छ कृपया हल्ला खल्ला नमच्चाइदिनुहोला ।

मन्त्रीः- (अघि बढ्छ । लुगा सुगा तान तुन पार्छ  घाटी सफा गर्छ । खोक खाक गर्छ । चम्चाहरु अघि पछि गर्छन्  केहि भन्न खोजे खोजे जस्तो गर्छ । चम्चाले कानैमा केहि फुस्फुसाउछ । )
   अँ त हो त लौ  आदरणीय सप्पै जनालाइ  असाध्यै नमस्कार छ । कुरो के भने देखि  आज उहाँ ठूला ठूला देश बनाउने कुराहरुलाइ चटक्कै छोडेर  केवल तपाइहरुकै मायाले २/४ कुराराख्न तपाइहरु सामु उपस्थित भएको छु । के भनेर भने देखि न हाम्रो देश जलस्रोतको धनी देश हो पाइला पाइलामै असंख्य नदी नालाहरु बगिरहेका छन् । यस्तो पानीनै पानीले भरुकिो भण्डारमा बसेका तपाइहरुसंग पानीकै बारेमा कुरा गरेर म तपाइहरुको समय बरबाद गरेर मुर्ख बन्न र बनाउन चाहन्न । हस् त धन्यवाद । (जान खोज्छ चम्चाले रोकेर कानमा केहि भन्छ) ए अँ त जडीकुरो त मर्लक्कै बिर्सेछु  अँ हामीले मुलुकमा पानीको आपूर्ति सुव्यवस्थित पारेका छौ । हाल मुलुक भरी संविधानका धाराहरुको कुरा भैरहे पनि हामीले मुलुकका प्रत्यक घरमा एकएक ओटा ओभाना धाराहरु जडान गर्ने व्यवस्था मिलाएका छौ । हाल लाइ ती अधिकांश धाराहरुमा पानीको वहाव छैन । जुन धारामा पानी बग्छन् जुन धारामा पानी बग्छन् ती धाराबाट आउने पानीलाइ भने सके सम्म बिभिन्न गुणले युक्त बनाउने प्रयास गरिएको छ । जस मध्य एउटा गुण के भने पानी जब रातो रङ्गको आउछ त्यतिबेला त्यो पानीलाइ र्सवतको रुपमा उपयोग गर्नुहोला किनकि पानी आफै रातो छदैमा त्यसमा अलिकति चिनिको मात्रा थप्नु पर्छ । जव पानी खैरो रङ्गमा आउन थाल्छ त्यति बेला त्यो पानीलाइ चियाको रुपमा प्रयोग गर्न सकिन्छ । पानी स्वयं खैरो छदैछ त्यसमा चिनी र चियापत्ति थोरै राख्दीए भैहाल्छ दुधको आवश्यक्तै पर्दैन । यती महङ्गो दुधको पैसा ड्याङ्गै बचत ।

(पानी खोज्न गएका सचेत र पत्रकार हतार हतार आइपुग्छन् ।)

सचेतः- ओ हो कत्रो समस्या बस्तीमा कहि पनि पानी छैन । सारा बस्तीका मान्छेहरु पानी नपाएर हाहाकार गरिरहेकाछन् (नेतातिर हेर्दै) ओ हो तपाइहरु को नि पानी लिएर आउनु भएको हो पानी खुवाउनु भयो उसलाइ -- मन्त्री घाटी सफा गर्दै चम्चाहरुलाइ हेर्छ ।)

चम्चा १ - तपाइ कस्तो मान्छे उहाँलाइ चिन्नुभएको छैन ? उहाँ पानीमन्त्री हुनुहुन्छ झुकेर नमस्ते गर्नुस उहाँलाइ ।

चम्चा २ - हामीलाइ के सोच्नु भएको छ हँ पानी बोक्दै हिड्ने मान्छे सोच्नु भएको हो कि क्याहो मान्छे पनि नचिन्ने कस्तो  मन्त्रीज्यू पानीको विषयमा भाषण दिन आउनु भएको हामी चाहि उहाँको सहयोग गर्न आएको कहाँको पानी बोक्नु कहाको खुवादै हिड्नु

सचेतः- हामीलाइ भाषण हैन पानी चाहिएको हो मन्त्रीज्यू । घाटी भिजाउने एक घुट्को पानी । (मान्छे पानी पानी भन्दै  तन्कन्छ ।) लौ लौ अव के गर्ने होला? (युवक आइपुग्छ ।)

युवकः- पानी त सारा बस्तीभरि कहि पनि छैन, सारा बस्ती चहारे कहि एक थोपा पानी भेटिन । एउटा धारामा एकदमै धमिलो पानी आइरहेको थियो । पत्रकार केहि टिपी रहन्छ, मन्त्रीसंग कुरा गरिरहन्छ ।)

सचेतः- त्यहि भएपनि ल्याउनु पर्दैनत फिटकिरी हालेर खुवाउन भइहाल्थ्यो नि ।

युवकः- त्यहि भएपनि ल्याउछु भनेर भाडो खोज्दै थिए । भाँडो खोज्दा खोन्दै धारो त सुकीहाल्यो । (मान्छे जीउ तन्काएर मर्न खोज्छ ।)

पत्रकारः- लौ लौ लैजाउ लैजाउ अस्पताल लैजाउ । (लैजाने तरखर गर्छन्)

मन्त्रीः- हैन हैन पख्नुसु् पख्नुस् ।

सचेतः- किन

युबकः- छिटो लैजाउ छिटो ढिला गर्ने बेला छैन ।

मन्त्रीः- पख्नुस त, उहाँले प्राण त्याग गरिसकेको जस्तो छ । पानी भाषण गर्दा गर्दै पानी पानी भनेर हाम्रो पाटीको तर्फाबाट पानीको लागि ज्यान अर्पण गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । तर्सथ उहाँको यस महान कार्यको उच्च मुल्याङ्कन गर्दै हामी उहाँलाइ हाम्रो पार्टी पानी शहिद घोषणा गर्दछौ । साथीहरु पाटीको झण्डा ल्याउनुस उहाँलाइ ओढाउनु पर्यो । (नारा लगाउछन्)

मन्त्रीः- पानी शहिद

चम्चाहरुः- जीन्दावाद । (नारा जोडदार संग लगाइरहन्छन्)

युवकः- ओ ओ मन्त्री दाइ यो त भएन नी । अरुलाइ अरुको तरखर घर ज्वाइलाइ खानको तरखर भन्या जस्तो । मान्छे जीउदै छ उसको उपचार गर्ने त कता हो कता तपाइलाइ भने आफ्नो पार्टीको शहिद घोषणा गर्न हतार भइसक्यो, यो कस्तो चाला हो तपाइको हा

चम्चाः- हैन कस्तो कुरा गर्नुहुन्छ तपाइ पानी खान नपाए पछि त मान्छे मरिहाल्छ नी त्यो पनि कहि सोच्ने कुरा हो र उहाँ मर्ने निश्चित भइसक्यो  तर्सथ हाम्रो पार्टी हेडक्वाटर बाटै उहाँलाइ सहिद घोषणागर्ने कुरा निर्णय भएर आइसक्यो । (नारा लगाउछन्) पानी शहिद जिन्दावाद ।

सचेतः- हैन के उडन्ते कुरा गरिराख्या छिटो गरौं, छिटो । उसलाइ अस्पताल पुर्याउ ज्यान बच्न सक्छ ।

पत्रकारः- ल ल आउनुहोस तपाइहरु पनि ।

युवकः- आउनुस आउनुस, यस्तो काममा पनि केको गचक्क परिराख्या -- मन्त्री चम्चाहरुलाइ त्यतै तिर लाग्ने इसारा गर्छ, सबै जना मिलेर बिरामीलाइ लिएर जान्छन् मन्त्री पनि पछि पछि लाग्छ ।)

दृश्य - २

(रङ्गमञ्च सुन्य छ, एक्कासी एक कुनाबाट एउटा बन्दुकधारी  निस्कन्छ र चनाखो हुदै पोजिसन लिएर अर्को कोण तर्फ जान्छ । त्यसैगरी अर्को कुनाबाट अर्को बन्दुकधारी निस्कन्छ र त्यसै गरी पोजिसन लिदै विपरित कुना तर्फजान्छ । यत्तिकैमा एक असक्त बृद्घ सानो बालकलाइ डोर्याउदै  देखापर्छ ।)

बालकः- बाजे, हाम्रो बा अब कहिल्यै नआउने रे हो?

असक्तः- चुप लाग, फेरि त्यहि कुरो, फेरि त्यहि कुरो किन के तँ कुरो बुझ्.दैनस् हँ ?

बालकः- नाइ नाइ साँच्ची भन्नुस न बाजे बा आमा दुबै जना .........।

असक्तः- हो हो तेरो बा लाइ दुवै तिरकाले मारेका हुन् । पखेराको उ त्यहि अगलो रुखमा घास झार्दै थियो  तेरो बा, तलपट्टी घास सिमल्दै थिइ तेरी आमा, एक्कासी डाडातिर बाट बन्दुक पड्केको आवाज आयो के हो कसो हो चाल नपाउदै गैह्रातिरबाट पनि झन् ठूलो आवाजमा बन्दुक पड्क्यो, अनि त केथियो र दुबै तिरबाट ड्वाङड्वाङ र डुङडुङ  ....अरु केहिपनि सुनिएन (गला अवरुद्घ हुन्छ ।) त्यसको केहि वेर पछि त तेरो बा आमालाइ  ल्याएर आगनमा तेर्साइहाले नि । (रुन्छ )

बालकः- मेरो बा आमाले के गर्नुभा थियो र?

असक्तः- गोली खानका लागि के गर्नु पर्दा रहेछ र बाबै उहि पनि गैह्राबाट पनि डाडाँबाट पनि एकै पटक गोली चल्न थाले पछि बीचमा पर्नेलाइ अरु केनै गर्नु पर्यो र गोली खएर मर्नका लागि । भो भो अव यी कुरा नगर । किन तैले फेरि खाटो बस्न लागेको घाउलाइ कोट्याइ रहन्छस् हँ  एैया एैया कस्तो दुखेको ऐया .....।

बालकः- बाजे अब अस्पताल पुग्न कति हिड्नु पर्छ ? कस्तो थकाइ लागि सक्यो । भोक पनि लाग्यो (बाजे नाती गफ गर्दै हुन्छन्।) एक्कासी बन्दुक पड्केको आवाज आउन थाल्छ । दोहोरो भिडन्तनै शुरु भैहाल्छ । बालक कहालिएर बृद्घसंग टासिन पुग्छ । असक्त पनि भयवित भएर चारैतर्फ नजर घुमाउन थाल्छ । यत्तिकैमा बालकलाइ गोली लागिहाल्छ ।

बालकः- वाजे..........-ढल्छ ।)

असक्तः- साना ......-समाउन खोज्छ तर उसको खुट्टामा पनि गोली लाग्छ ।) ऐया.....(घस्रदै गएर ) साने साने  मेरो बाबा साने के भो लौन यो के भो (काखमा लिन्छ र अलौना बिलौन गर्न थाल्छ ।) मलाइ मात्र किन यो विपत्ति यहा हान गोली यहा (आफ्नो छात्ती देखाउछ ।)

(एकथरि बन्दुकधारी देखा पर्छन ।)

बन्दुकधारीः- ए बुढा । यता कतै शत्रुका कुकुरहरु लुकेका त छैनन्?

असक्तः- ऐया मलाइ केहि पनि थाहा छैन । किन तिमीहरु बन्दुक चलाउछैा हँ मेरा छोरा बुहारी मारी दियौ । बुढेसकालको सहारा यहि एउटा नाती थियो टुहुरो । त्यसैलाइ पनि बाकि राखेनौ  कस्को के बिराएका थियौ  हामीले ?

बन्दुकधारीः- खै हाम्रो गोली त हैन होला । त्यो त शत्रुका कुकुरहरुले चलाएको गोली हुनुपर्छ । चुप लाग बुढा बढि कुरा गर्नेहैन (बुढालाइ धक्याउदै  बालकको लासलाइ नाघेर जान्छ ।)

(अर्क दिशाबाट अर्क बन्दुकधारीको प्रवेश )

बन्दुकधारी २ - ए बुढा ए तिनीहरु आएका थिए कि तिनीहरु यता हँ ?

असक्तः- को तिनीहरु भनेको म चिन्दैन कसैलाइ ।

बन्दुकधारी २ - चिन्दैन रे ए  तँ पनि उतैको होस् (जगल्ट्याउछ)

असक्तः- हैन म कतैको पनि हैन । किन ममाथि खनिएका छौ तिमिहरु छोरो मार्यौ बुहारी मार्यौ । अहिले यो टुहुरो नाती पनि खोस्यौ  तिमिहरुले ।

बन्दुकधारी २ - हाम्रो गोली लागेको हैन उनीहरुकै गोली लागेको होला । ए बुढा बढि बोल्नेहैन । (बृद्घलाइ विपरित दिशामा हुत्याएर बालकलाइ नाघेर उ पनि अर्क दिशातिर जान्छ ।)

(असक्त रुन्छ कुडिन्छ । हारगुहार गर्छ तर कोहि पनि आउदैनन् अन्तमा खोच्याउदै नातीको लासलाइ घिर्सादै लैजान्छ ।)

दृश्य --३

(पत्रकार, युबक, र सचेतको प्रबेश, युवक अघि अघि छ अरु पछि पछि )

पत्रकारः- ए पख्नुस् न भन्या के गर्न खोज्या होला धत्तेरि

सचेतः- हेलो हेलो पख्नुस् त भन्या के तालको मान्छे रहेछ ।

(दुबै जना उसलाइ समात्न पुग्छन् )

युवकः- छोड्नुस भनेको मलाइ, किन समात्नु भएको मलाइ? किन, किन अव के गर्न सक्छु र मैले ? सब खत्तम सबखत्तम, हैन मलाइ नै यस्तो हुनु पर्ने किन ? हैन छौड्नुस् भन्या (फुत्केर जान खोज्छ )

सचेतः- (थाम्दै) कुरा त सुन्नुस तपाइ ।

पत्रकारः- कहाँ जाने भन्नुस त यस्तो अवस्थामा ?

युवकः- जाने नि भेरी तिर भेरीमा झवाम्म हाम फाल्ने खत्तम कुरै खत्तम ।

सचेतः- धत् त्यस्तो कुरा पनि सोच्ने हो अहिले नै के भइहालेको छर ?

पत्रकारः- (कागजमा केहि टिप्दै) हैन एच.आइ. भी. हुदैमा त्यसरी आत्तिहाल्नु हुदैन नि साथी । विचरा एक छिन अघि कति उत्साहित भएर रक्तदान गर्न तम्सीएको मान्छे लौ एकाएक यस्तो विजोक ।

सचेतः- मर्न त जो पनि जतिखेर पनि त मर्न सक्छ नि कस्को जिन्दगी पो के ग्यारेन्टी छ र । बाच्न पो त गाह्रो छत । तपाइ अझ धेरै बाच्न सक्नु हुन्छ त्यसरी किन निरास हुने भन्नुस त ?

पत्रकारः- हामी सबैको जिन्दगी उधारो नै हो  त्यसरी निरास....

युवकः- अब मैले कसरी मेरी रश्मीलाइ मुख देखाउने ?  (विक्षिप्त ) रश्मी म गए ..रश्मी म गए  (जान्छ उनीहरु रोक्न खोज्छन् तर असफल । दुबै केहिवेर  झोक्राउछन्  सन्नाटा  झै हुन्छ ,।)

सचेतः- (एक्कासी ) हो पत्रकार महोदय तपाइको कलम सत्य वाक्छ एक मात्र सत्य मृत्यु सत्य, यो बाच्नु असत्य छ, सत्य त मृत्यु छ केवल मृत्यु सत्य ।

पत्रकारः- हैन के भो एकाएक तपाइलाइ यो ?

सचेतः- तपाइले भने जस्तै कुनै उल्का आएर बृहस्पतिमा ठोक्कीरहनु जरुरी छैन, यहाँ त क्षण क्षणमा मान्छे रुपी उल्का मान्छेनै माथि बज्रीएको बज्रीयै छ । रोग व्याधी, अभाव अनि प्रकृति पनि .......

(एक्कासी खैलावैला होहल्ला मचीन्छ । बन्दुकधारीहरु मान्छेहरुलाइ खेद्दै ल्याउछन् ।)

असक्तः- हरायो हरायो जीन्दगी हरायो ।

युवकः- बिलायो, बिलायो जिन्दगी विलायो ।

(बन्दुकधारीहरुका बन्दुकका थुतुनाले दुवैतिरबाट घोच्दै सचेत, पत्रकार अनि असक्त र युवकलाइ बीचमा पार्दछन् ।)

सचेतः- लौ लौ के भयो यो ?

पत्रकारः- हैन तपाइहरुले यो के गर्न खोज्नु भा ?

सचेतः- हैन हैन बन्द गर बुझो लगाउ तेरा बन्दुकका थुतुनाहरुमा ।

पत्रकारः- काकाकुल भएर मर्न लागेका मान्छेलाइ ....

सचेतः- रोग भोक र शोक ले थिल्थीलिएर धुजा धुजा भएको मान्छेलाइ, हक छैन, हकछैन तिमिहरुलाइ, यी नाङ्गा बन्दुकका थुतुनाहरुले घोच्ने हक कत्ति पनि छैन । यी नाङ्गा निर्लज्ज बन्दुकका थुतुनाहरु बुद्घ जन्मदा मायादेवीले नुहाएको पोखरीमा लगेर चोबल, शान्त र शितल जलदेखि कहिल्यै बाहिर नआउने गरी ।

(मान्छे अत्यन्त क्षीण र विक्षीप्त अवस्थामा प्रवेश)

मान्छेः- पानी, पानी ....उ पानी उ धारो बन्दुकको नालको थुतुनो छाम्दै) ए बन्दुके, ए बन्दुके दाइ गोली निलेर अब पानी निकाल शितल कञ्चन पानी यहाबाट, म पीउछु म पिउछु घट्घट् म बाच्न चाहन्छु, तातो तातो गोली हैन म शितल कञ्चन पानी पिएर बाच्न चाहन्छु ।

(अचल)
(सबै हेरिरहन्छन्)

।।पटाक्षेप । ।


२०५१/२/३१ मा लेखी सुर्खेतका विभिन्न स्थानमा भव्यताका साथ प्रदर्शित
पात्रहरुः यामनारायण आचार्, प्रकाश पौडेल, ललित सिजाली, नवराज देवकोटा, राजेन्द्र गौली र गणेश गौतम । लेखन /निर्देशनः गणेश गौतम
२०६०/४/१२ मा पुनर्लेखन
 

(गणेश गौतम)


अनà¥à¤¯ साहितà¥à¤¯ संगà¥à¤°à¤¹

  • गाई करायो

    गाई करायो, गाई कराई रह्यो । रातको दुइ बजेको हुँदो हो पोख्रेल बुढा ब्युझिए । सिरानमा छामछाम छुमछुम गरेर लाइटर निकाले, झुण्डाइ राखेको सद्दरीको खल्तीबाट चुरोट निकाले, चुरोट मुखमा च्यापेर लाइटर पार्न खोजे, read more »

  • गजल

    भारत जाग्यो चिन जाग्यो के हेर्दै छौ तिमिहरु
    महंगीले सिमा नाघ्यो के हेर्दै छौ तिमिहरु
    नेपालीको अस्मिता र अस्तित्वलाइ वचाउ भनि
    देशले फेरी सपुत माग्यो के हेर्दैछौ तिमिहरु

     

    read more »

  • गहमा मलाई पारी खुनिले

    गहमा मलाई पारी खुनिले
    विरहमा मलाई पारी खुनिले
    प्रेमको सयर विश्वासघाती तालमा
    दहमा मलाई पारी खुनिले
    read more »

  • क्षितिज एक्लै टोलाउँदै छ जुनका कुरा गरौं ।

    अर्जुन भण्डारी "कुण्ठीत"

    क्षितिज एक्लै टोलाउँदै छ जुनका कुरा गरौं ।

    अलिकति फुर्सद भए उनका कुरा गरौं ।

    शिक्षा लिनु भन्छन् विहे गर्नु बिसपारी ।

    साँच्चै मन छुने भए सुनका कुरा गरौं ।

    हेर्दा सबै राम्रा लाग्ने बस्तु छ नजरमा ।

    read more »

  • शहिदको पुजा र सपना (कविता)

    शहिदको पुजा र सपना
    धर्म तिम्रँे सपना अझै आकशिएर
    महत्वकांक्षी बन्दै गईरहेको छ
    सगरमाथा भन्दा पनि अग्लीएर
    भासिदै छ एकाएक हिमपहिरो भै
    तिम्रो बलिदानीको उपहास भई
    read more »